Thursday, June 27, 2013

विषय सूची

विषय सूची

१. नयाँ साहित्य  
२,सरणको साहित्य विवेचना
३ . उडान युवा मनको
(इन्टरनेटमा प्रकाशित  पहिलो नेपाली उपन्यास , हालसम्म इन्टरनेटमा मात्र प्रकाशित )




सरणको साहित्य हेर्न --
 
कविता     ..
https://saranr.blogspot.com/
(कविता) समावेसी
👩‍🎓👩‍🎓👩‍🌾👨‍🎓👨‍🎓https://www.facebook.com/sarankumar.rai/videos/1311607672233207/
🌻🌻🌿🌿🌵🌵🌼


कथा   ..   
https://kathaasansar.blogspot.com/

निबन्ध    .. 
https://saraneassay.blogspot.com/

उपन्यास ..   
https://saran-r.blogspot.com/

सरणको कृतिहरु र विवेचना..

https://saranbooks.blogspot.com/

फेस्बुके साहित्य..
https://facebooklit.blogspot.com/

आज मलाई मन पर्यो ..
https://likedtoday.blogspot.com/

लघुकथा ...
https://chhinaamakhu.blogspot.com/

बाल साहित्य (बाल संसार )
https://pyaarosansaar.blogspot.com/


सरण राईको पेज  LIKE गर्नुहोस् -   
https://www.facebook.com/SaranRaisaranaRai?ref=hl

सरण राईको परिचय


नाम - सरण राई   (पुरा नाम -सरणकुमार राई )
सेवा निवृत सह प्राध्यापक (त्रि. वि. )
 जन्म स्थान -छिनामखु , भोजपुर 
जन्म मिती - २००४ चैत २४  सोमबार 
शिक्षा  - एम . ए.
ठेगाना - धरान , १९/१३९ , नेपाल 
प्रकाशित  पुस्तकहरु -
१.  केहि कथा (कथा सङ्ग्रह )--२०३९ (हाल  बजारमा उपलब्ध छैन )
२.साथी  (निबन्ध सङ्ग्रह )-२०६४ ...मुल्य १०५/-
३.मानव संसार (उपन्यास )-२०६५ ...मुल्य३०० /-
४. अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह )- २०६६  साझा प्रकाशनबाट प्रकाशित ...मुल्य १५०/-
५ . ओइलिने फूल (कविता  सङ्ग्रह)  .मुल्य ५०/-
६ .'.उडान युवा मनको'   इन्टरनेटमा मात्र प्रकाशित पहिलो नेपाली उपन्यास
http://saran-rai.blogspot.com/  

७. अन्तिम आयाम (कथा सङ्ग्रह ) पाँचपोखरी प्रकाशन गृह ,न्युरोड,. काठमाडाै । मुल्य ३०० /- फोन न- ०१-४२२१६३४ ; ०१-४२२३५७५ 
     ८.नाैरङ्गी  (एक सय एक लघुकथा )--  पाँचपोखरी प्रकाशन गृह ,न्युरोड,. काठमाडाै । मुल्य ३०० /- फोन न- ०१-४२२१६३४ ; ०१-४२२३५७५ 
९ . फुली (कथा सङ्ग्रह)
नयाँ आयाम र उचाइ छुन सफल कथा "फुली"
प्रकाशक- पाँचपाेखरी प्रकाशन गृह, न्युरोड, काठमाडौं
(०१ ४२२१६३४)


१०.बाटाभरि अाेइलिरहने फूल (
उच्छ्रवास
कविता सहितका कविता सङ्ग्रह) पुस्तक पाइने ठेगाना पाँचपाेखरी बुकस्टाेर, न्युरोड, काठमाडौं
(०१ ५३२१६३४)
१२. साथ 
(उपन्यास)
 पुस्तक पाइने ठेगाना पाँचपाेखरी बुकस्टाेर, न्युरोड, काठमाडौं
(०१ ५३२१६३४)



 



प्रकाशोन्मुख पुस्तक -  
1. Another Ray Of Sunshine  ( A Collection Of Short Stories )  

पुरस्कारः—
(१) राष्ट्रिय शिक्षा पुरस्कार (२०४७)
 (२) त्रि.वि. दिर्घ सेवा पदक (२०५८) 

(३) भानु रचना पुरस्कार  (२०७१ ),भानु वर्ष ५१, अङ्क १७८  मा प्रकाशित कथा 'आमाको मन ' का लागि 
(४ं) बबरसिंह थापा स्मृति सम्मान पुरस्कार (२०७७)
सम्मान अभिनन्दन
(१) नेपाल प्राध्यापक संघ, महेन्द्र ब. क्याम्पस एकाइ समिति, धरान (२०६३ं)
(२) त्रि.वि. प्राध्यापक संघ, महेन्द्र ब. क्याम्पस एकाइ समिति, धरान (२०६४)
(३)कवि बिमल गुरुङ स्मृति पुस्तकालय (२०६६)
अभिनन्दन 
 (४) नेपाल बुद्धिजीवी परिषद, सुनसरी (२०६६)
 (५) नेपाल प्रगतिशील प्राध्यापक संघ, पूर्वाञ्चल  (२०६६)
(६)सुनसरी साहित्य परिषद (२०६७)
अभिनन्दन
 (७) लक्ष्मी वाचनालय , धरान (२०६८)अभिनन्दन
  (८)जनसाहित्यिक मञ्च, नेपाल (२०६८)
(९) किरात राई पत्रकार संघ, सुनसरी जिल्ला समिति (२०६८)
(१०)प्रबोध, मासिक पत्रिका (२०६८)
 (११)प्रगतिशील लेखक संघ नेपाल ,सुनसरी शाखा (२०६९)
( १२)पीण्डेश्वर बिद्यापीठ, धरान (२०६९) र (२०८०)
अभिनन्दन 
(१३) श्यामराज दुब्देङहाङ्ग राई स्मृति प्रतिष्ठान, किरात व्याक्तित्व सम्मान (२०६९)
 (१४) समिट उच्च मा. वि., धरान (२०७०)
अभिनन्दन
(१५ )धरान साहित्य महोत्सव समारोह समिति - २०७१ अभिनन्दन
(१६) कवि शिरोमणि साहित्य-साधना समाज . धरान (२०७१ ) अभिनन्दन
(१७) धरान प्रज्ञा प्रतिस्थान (२०७८) अभिनन्दन
(१८) धरान उपमहानगरपालिका (२०८०)




सरण राई   (पुरा नाम -सरणकुमार राई ),धरान , १९/१३९

Email--   rai.saran50@gmail.com 
फोन. न. +९७७ २५ ५२०७४२ 
मोबाइल -+९७७  ९८४२०५५२६२ 



Thursday, April 25, 2013

नयाँ साहित्य



सरण राई

जहिले पनि नयाँ, कहिल्यै पुरानो नहुने ‘नयाँ’ हो । हरेक युग नयाँको खोजी र प्राप्तिमा सार्थक भएको छ । नयाँनयाँप्राप्ति उद्देश्य भएको छ । नयाँ ब्रम्हाण्ड, नयाँ विश्व, नयाँ समाज नयाँ साहित्य र नयाँ ज्ञानको खोजीले मानव प्रगति भएको छ ।
नेपालको सन्दर्भमा पनि नयाँको खोजी निरन्तर भइरहेको थियो र भइरहेको छ । ‘नयाँ नेपाल’को सपना कति पटक बाँडियो, पूरा भएन भनि साध्य छैन । तापनि ‘नयाँ नेपाल’को चाहना सकिएको छैन । ‘नयाँ नेपाल’को अनुकूल हुने साहित्य ‘नयाँ साहित्य’ हो ।
अहिलेसम्म नेपालमा लेखिएका ८० % साहित्य पुरानो परम्परा, पुरानो नेपाल एवं पुरानो सामन्ती मान्यता र सोचमा आधारित रहेर लेखिएका छन् । ती साहित्यको पुनर्मूल्याङ्कन हुन थालेको छ । समयले छाडिसकेका पुराना, थोत्राहरू स्वतः मिल्किने तुरिने अवस्थामा छन् । त्यसलाई अनेकौँ नयाँ जामा भिराए पनि नयाँ विकासको बाधक मात्र बन्ने ती थोत्रा, पुरानाहरू मृत अवस्थामा छन् ।अब तिनीहरूको धङधङीमा नेपाली साहित्य जीवन्त हुन नसक्ने भएकाले ‘नयाँ साहित्य’ लेखनको आवश्यकता भएको छ ।
नेपाली साहित्यले विश्वमा आफूलाई चिनाउन र नयाँ सभ्यता, सर्वप्रिय विकास र उन्नत जीवन पद्धत्ति अनुकूल पार्न पनि नयाँ बन्नु पर्ने भएको छ । नयाँ वैज्ञानिक सोच, मान्यता एवं सभ्यता अनुकूल ‘नयाँ साहित्य’ लेखिनु जरुरी भएको छ । जुन नेपाली ‘नयाँ साहित्य’ले समस्त नेपालीहरू जो नेपाली भएर बाँच्न चाहन्छन् सबैलाई समेट्छ । उनीहरूको अनुभूति, वेदना , पीडा, इच्छा र आकाङ्क्षा ‘नयाँ साहित्य’मा व्यक्त हुन्छ र उनीहरूलाई नयाँ नेपालतर्फ  साथै नयाँ विश्वतर्फ  मार्ग निर्देशन गर्दछ ।
नेपाल पनि विश्वमा पृथक भएर एक्लै बेग्लै बस्न नसक्ने हुँदा विश्व सभ्यता र विकासमा नेपालले पनि सहभागिता र साझेदारी राख्छ । त्यस्तै प्रकारले नेपाली ‘नयाँ साहित्य’ले विश्व साहित्यकै अभिन्न अङ्गको रूपमा विश्व शान्ति, आधुनिक मानवियता, सभ्यता, संस्कार र विकासमा सहभागिता राख्दै महत्वपूर्ण योगदान गरेर आफ्नो भूमिका निर्वाह गर्दछ ।
अनुभूतिको जुनसुकै क्षेत्रमा नयाँ अनुभूत गराउने साहित्य ‘नयाँ साहित्य’ हो । नयाँ साहित्य नयाँ नेपालको साझा र सर्वप्रिय साहित्य भएकोले यो सबैलाई उत्तिकै प्रिय हुन्छ । यो नेपाली ‘नयाँ साहित्य’ विश्वमा नेपालको नयाँ परिचय–चिनारी हुनेछ ।
(२०७० वैशाख १२, धरान )

    • Shailendra Thapa  सबैको सोच यसतर्फ अभिप्रेरित होस | याहाँको यो बिचार संग १००% सहमति जनाउदै....मानिस सुन्यबाट उठेर उत्कर्समा पुग्न चाहने प्राणि हो। यसलाई स्वभाविक पनि मान्नु पर्छ। तर नेपालमा आज सम्म हामीले भोगेको सत्य के हो जस्तो लाग्छ भने, निर्णायक ठाउँमा बसेकाहरु(चाहे जुनसुकै क्षेत्रका किन नहुन)बाट आम मानिस ठगिदै आएका छन्। नविन नारा, पुराना सोच याहाँको निमितता बन्दै आएको छ। सरको यो अभिब्यक्ति वा सोचले आकार ग्रहण गरोस र साँचो अर्थमा नविन बनोस कामना छ।
      Narahari Sampang Rai एउटा महान साहित्य र बिचार

    • नाति र सरण राई 




Monday, April 16, 2012

सरणको साहित्यबारे विवेचनाहरु

 


  

यी पुस्तकहरु  निम्न पसलहरुमा पाइन्छ —  
  १. साझा पुस्तक पसलहरु 
२.पांचपोखरी प्रकाशन गृह , न्युरोडमा ( अन्तिम अायाम( कथा संग्रह)
३. बिहानी प्रकाशन सहकारी संस्था, धरान
पुस्तकहरुको लागि सम्पर्क - सरण राई -
०२५ ५२०७४२
 मोबाइल -९८४२०५५२६२

Monday, April 9, 2012

उडान(युवा) मनको (उपन्यास)

















   उडान  युवा  मनको
                 (उपन्यास)
            







                                                     सरण राई













उपन्यासको औचित्य :आफ्नै आत्मालाप

असल मनसायले लेखिएको यो उपन्यासको औचित्यमाथि निश्चित रूपमा धेरै प्रश्नहरू उठ्नेछन् ।
यो उपन्यासबारे आफैँले भन्नु पर्दा मलाई लाग्छ— यो मैले आत्मतुष्टिको लागि लेखेको नभई सुन्दर, शान्त, समुन्नत, सम्पन्न र सफल मुलुकको कल्पना गरेर लेखेको हुँदा पाठकहरूको सुझाव सदैव स्वागतयोग्य हुनेछ । कोही कसैको मनमा राष्ट्रप्रेम, देशभक्ति, नैतिकता, इमानदारी, मानवीय मर्यादा वा जीवनप्रति आस्था जगाउनु यसको उद्देश्य हो । त्यसमा केही अंशमा पनि सफल भयो भने म आफु  सफल भएको सम्झिने छु ।
 यो उपन्यास समयसापेक्ष छ । जीवन सोचेजस्तो, चाहेजस्तो हुँदैन, जुन भव्यता जीवनमा हुन्छ होला भन्ने लागेको हुन्छ जीवनको अन्तमा त्यस्तो नपाइनु जस्तै यो उपन्यास पनि  भएको छ । त्यही देखाउन खोज्नु पनि यसको सार्थकता हो । अहिलेको राजनीतिबाट शोषित, पीडित युवा, महिला र नागरिकहरूको पीडा बोलेर यसले एउटा शन्देस दिन खोजेको छ । त्यो शन्देस बुझ्ने युवाहरू नै हुन सक्छन् । युवाहरूकै लागि यो लेखिएको हो । ‘मानव संसार’  वृद्धको समस्यामा आधारित थियो भने  यो वर्तमान राजनैतिक, शैक्षिक र सामाजिक अवस्थाले बर्बाद गरेको युवाहरूको  करुणाजनक कथामा आधारित छ । यसमा उठाइएका मुद्दाहरू चानचुने छैनन् । राष्ट्रिय राजनीति, मुलुकको विकास र जनताको चाहनाको चुरो कुरो उठाइएको छ । तसर्थ पनि यो नेपाली उपन्यास जगतको एउटा नौलो उद्घाटन हो, नौलो प्रस्तुति हो,  प्रस्तुतीकरण हो र  प्रकटीकरण हो । यो बिल्कुलै नौलो विषय प्रस्तुति बोकेर आएको नयॉ  खालको साहित्यिक ‘स्पेसिज’ हो ।  यो वर्तमानले भोगिरहेको समस्या हो, समस्याको उजागर हो र समस्या सम्बोधन गर्ने समाधान पनि हो । देशलाई माया गर्नेहरूको आत्मा यहॉ बोलेको छ, धिक्कारेको छ ती आत्माहरूले बेइमान, स्वार्थी, राष्ट्रविरोधी, जनतामारा र भ्रष्ट नेताहरूलाई र फोहारी राजनीतिलाई ! तसर्थ पनि यो नेपाली उपन्यास जगतको एउटा ‘कोसे ढुङ्गा’ हुन पनि सक्छ, हुन सक्छ फगत ‘उन्यौँको रोदन’ मात्र पनि ।
हुन सक्छ गोरेटो देखाउने एउटा उज्यालो बत्ती पनि,  बेकामे गन्थन मात्र पनि ।
भर्खर खन्दै–बन्दै गरेको कच्ची, उबडखाबड, हिला, खाल्डाखुल्डी भएको पहाडी बाटोमा मालसामान ढुवानी गर्ने ट्र्याक्टर रोकिदै, बढदै गन्तव्यतर्फ बढेजस्तो निकै दुरुहतासाथ यो उपन्यास  लेखियो वा लेख्न सकियो । यात्रीहरूलाई पनि उबडखाबड कठिन अस्थिर यात्राले दिक्क पारेझैँ पाठकहरूलाई पनि हुन सक्छ ... तर यात्रा हो । गन्तव्यसम्म पुग्नै पर्ने बाध्यता छ । पुस्तकको शिर्षक पनि ‘उडान युवा मन’को भन्नेमा ‘युवा’ शब्द काटिएको छ । मन न युवा हुन्छ, न वृद्ध न बालक । मन सधै मनजस्तै हुने भएकोले ‘युवा’ विशेषण झुण्डाइरहनु पर्ने जस्तो लागेन । तर उडान युवाको हो भन्ने छनक पाठकहरूले पाउँन जरुरी देखिएकोले ‘युवा’ शब्द लेखेर पनि काटिएको हो ।
यो उपन्यास पाण्डुलिपीकै अवस्थामा  कष्टसाथ अध्ययन गर्नुहुने पहिलाे  पाठक र समीक्षकहरू सहप्राध्यापक श्री हरिप्रसाद दाहाल र सहप्राध्यापक डा. खेम दाहालज्युहरूको सल्लाह अनुसार कथा र अन्य संरचनामा केही परिवर्तन र परिमार्जन गरिएको छ र उचित सुझाव दिनु हुने उहॉहरू धन्यवादका पात्र हुनु हुन्छ ।
जे होस् पाठकहरू समक्ष प्रस्तुत भएको छ, राख्ने वा फाल्ने विज्ञ पाठकहरूकै हातमा छ ।
‘यो  कस्तो भएको छ ?’ पढ्ने पाठकहरूको सुझाव अनुसार अझै केही सुधार गर्न सकिन्छ भन्ने मनसायले वेभमा मात्र  प्रकाशित गरिएको छ, पुस्तकको रूपमा छाप्न योग्य छ ,छैन ? सुझावको अपेक्षा गरिएको छ ।


सुझाव पठाउनका लागि— सरण राई , धरान १९/१३९, नेपाल
फोन न —०२५ ५२०७४२ , मोबाइल— ९८४२०५५२६२
इमेल -  raisaran48@yahoo.com
raisaran50@gmail.com



















उडान  युवा  मनको 



 
अध्याय— एक 
 मन







  “जीवनको ठूलो उपलब्धि के होला ?”
  ऊ चिन्तित भइरहेको छ |
.उत्पत्तिकालदेखि मानव जातिको अस्तित्व रहेसम्म बारम्बार सोधिने शाश्वत प्रश्न !
हरेक मानिसले आफ्नो  जीवनको कुनै न कुनै कालखण्डमा कुनै न कुनै रूपले आफैँलाई सोधेको, सोध्ने वा सोधिरहने सर्वकालिक प्रश्न ! र, हरेक युगमा हरेक जीवनमा हरेक मानव मनद्वारा सोधिएको र सोधिने अनुत्तरित तर अति महत्वपूर्ण  प्रश्न !
प्रश्न उसको हृदयमा पनि गुन्जिन थालेको छ । सोचमग्न ऊ भावुक भइरहेको हुन्छ ।
मन आकाश ढाकेर भावनाको हुण्डरी चल्दै छ ।
अन्तिम परीक्षा सकिनासाथ सुनौलो विद्यार्थी जीवन अन्त भएको छ । सङ्घर्षपूर्ण जीवनमा पाइला चाल्नुभन्दा अगाडि जीवनका अनेकन् पक्षहरूबारे स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ । दृष्टिकोणविहीन भएर उड्दा ‘कुइरोको काग’ भइने डर हुन्छ । तसर्थ स्पष्ट दृष्टि, सोच, गन्तव्य, कार्ययोजना र अठोट बोकेर ‘मनको पुकार’ सुन्दै अविरल यात्राको पथिकझैँ  भावी जीवन पथमा  निरन्तर अगाडि अविरल अविचल बढिरहनु पर्ने हुन्छ । जीवन यात्रामा के के आइलाग्ने हुन् ? कसरी सामना गर्ने होला ?
जीवन पनि नानीजस्तै रहेछ, थइ थइ (थै थैं) पारिरहनु पर्ने । रुँदा  रोइरहेको जीवनलाई फकाई,फुल्याई गरिरहनु पर्ने...नत्र निराश, हताश, दिग्भ्रमित, कालो अँध्यारो अनन्त गहिरो खाल्डोभित्र खस्दै जाने, खस्दै जाने, ब्लाक होलमा विलीन हुने, तुरिने फासफुस फासफुस फुस्सा जिन्दगी हुने रहेछ । फासफुस फुस्सा नहुन जिन्दगीमा के गर्नु पर्ला ?
आजसम्म गरेको अनुभव, अध्ययन, तालिम र तयारी पर्याप्त छ, छैन ? भावी दिनहरूका मधुर, कठोर, कोमल, सुन्दर, सुखद, दुःखद, सजिलो, झन्झटिलोआदि अनेकौं प्रकारका क्षणहरूले नै निर्धारण गर्नेछ ।
हेरौ , त्यो भावी जीवन कस्तो होला ?

युवा मन— ‘जून पनि राम्रो, घाम पनि राम्रो ।’
‘चिची पनि, पापा पनि’ प्राप्त गर्ने अभिलाषामा निरन्तर उडिरहने पुतलीझैं  निरन्तर उडिरहेको छ, घुमिरहेको छ । ‘उडिरहनु, उडिरहनु’—मनको पुकार । ऊ निरन्तर जीवन पथमा अगाडि बढिरहन चाहन्छ ।
अहिले यहॉ  छ, भरे कहॉ  कताकता पुगेको हुन्छ । आज कलाकमलावतीसँग छ, हिजो सिम्मारानीसँग थियो । नायुमा, पल्पसा, हसिना, मधुरिमा, हाङ्गमा सबैका पनि ऊ त्यत्तिकै नजिक र प्रिय छ ।

मन नियन्त्रण गर्ने कला युवाहरूले सिकेका–जानेका हुँदैनन् ।  चञ्चले मनको पछाडि दगुर्दादगुर्दा युवाहरूको मन कहिले काहीँ  नराम्ररी भॉचिन  सक्छ, टुक्रिन, फुट्न र चकनाचुर हुन पनि सक्छ । त्यसलाई जोगाई राख्ने कला युवाहरूले सिक्न आवश्यक भएकैले युवाहरूले मानव मनबारे धेरैधेरै बुझ्न  र जान्न आवश्यक छ । मनलाई जोगाई राख्ने कला समयान्तरमा अनुभव, उमेर र समयले उनीहरूलाई सिकाउँदै लैजानेछ ।
‘मेरो मन ?! के चाहन्छ ? म के चाहन्छु ?’ ऊ आफैलाई प्रश्न गर्छ । सॉच्चै ऊ के चाहन्छ ?
‘मन कस्तो हुन्छ ?
.... र, मनको पुकार के होला ?’
ऊ भन्न सक्तैन, जान्न सक्तैन । ‘मन आफ्नै हो तापनि थाहा पाउन नसकेर अल्मलिन्छ, कल्पिन्छ— कठैबरा  ! यो मन के चाहन्छ ?


जबजब मनभित्र सन्ताप पर्छ, ऊ दोधार–दुबिधामा हुन्छ, दीपेशसँग परामर्श लिएर एउटा निर्णयमा पुग्ने गर्दछ ।
“दिपेश, अब म के गरूँ  ?”
“ के को सन्दर्भमा ?” —दीपेश प्रतिप्रश्न गर्छ ।
“के को सन्दर्भमा भन्नु नि । मन छटपटिइरहेछ । पढाइ सकियो, अब के गर्ने ? मानव मन के हो ? जीवन के हो ? प्रेम के हो ? प्रेममा जीवन अर्पण गर्न सकिन्छ, सकिँदैन ? कुन पेसा अपनाउने  र जीवन निर्वाह कसरी गर्ने होला ? म तिमीसँग यी धेरै विषयहरूमा सल्लाह गर्न चाहन्छु ।”
“ठीक छ, विचार विमर्श गरौँ  । म पनि सोच्दै छु ।  अँ ... साच्चै भन त, स्वाभिमान, तिमी कोसित प्रेम गरिरहेका छौ ? हुन त यो तिम्रो नितान्त निजी मामला हो, तापनि....”
ती दुईजना कुरा गरिरहेको बेला सम्देन  आइपुग्छ । दीपेशले बीचैमा कुरा रोकेको देखेर सम्देन सोध्छ—“तिमीहरू के गोप्य कुरा गरिरहेका छौ ?”
“ गोप्य कुरा खोल्न मिल्छ र !  तिमी आएर त्यो बिथोल्यौं । अब त्यो गोप्य रहेन । तिमीलाई पनि त्यसमा सामेल गर्दछौं । हा... हा ... हा ... ” तीनजना जोडसित हॉस्छन् । यसरी हॉस्न सक्नु युवा विशेषता !
“अँ , गोप्य कुरा हो ... अब कुन पेसा अपनाएर पेट पाल्ने ? प्रेम भन्ने कुरा हुन्छ कि हुँदैन ? हुन्छ भने प्रेममा जीवन न्यौछावर गर्न सकिन्छ, सकिँदैन ?”—स्वाभिमान सोध्छ ।
  “तिमी ! तिमी प्रेमको अस्तित्व हुन्छ कि  हुँदैन भनेर सोधिरहेका छौ ? आश्चर्य... महाआश्चर्य ! प्रेम, माया प्रीति तिमीले भरपुर पाएका र चाखेका छौ भन्ने मलाई लागेको छ ।”—सम्देन भन्छ ।
स्वाभिमान गम्भीर भएर भन्छ—“प्रेम, माया, प्रीति !? कहॉ  पाइएको छ र... चाख्नु ?”
सम्देन मनमा लागेको कुरा व्यक्त गर्छ— “हामीले देख्दा तिमी ‘लेडी किलर‘ देखिन्छौ । तिम्रो पछि तरुनीहरू ‘तँछाडमछाड’ गरेर लागेका देखिन्छन् ।”
“त्यो... तिमीहरूलाई त्यस्तो लागेको हो ।” स्वाभिमान भावुक  हुँदै भन्छ— “म पनि चाहन्छु म भाले मुजुर हुँ  । मेरा वरिपरि ती सात तरुनीहरू पोथी मुजुर समागमको लागि तयार हुँदा आफ्ना  सबै प्वाख र पंखहरू फिजाएर नाचेझैं  तिनीहरू पनि मेरा वरिपरि नाचून् ! प्रेमसाथ मलाई आमन्त्रण गरून् ! प्रेम निवेदन गरून् ! म ती सातैजनाको समान प्यारा भइरहूँ  तर प्रत्यक्षमा चाहीँ  म कसैलाई पनि वास्ता गरिरहेको छैन जस्तो देखिऊँ  । तिनीहरू मलाई आफुतर्फ  तान्न एक आपसमा प्रतिस्पर्धा गरून् । त्यो क्रममा संसारमा सबैभन्दा वेगले उड्ने पन्छिझैँ  तिनीहरूको माझमा उड्दै उड्दै तिनीहरूसँग साङ्ग्रीला पुगेर....त्यहॉ  त्यो स्वर्णिम, रमणीय, प्राकृतिक साङ्ग्रीलामा तिनीहरू माझ हराऊँ  ...!”
“वाओ ! कस्तो मिठासयुक्त बेजोड कल्पना !” सम्देन उदगार  पोख्छ ।
“हो त नि ! युवा मन प्रेममा, प्राप्तिमा, त्याग–बलिदानमा, समर्पणमा अनि हरेक हरेक क्षेत्रमा खुम्चिएर बस्न सक्तैन । धरती, आकाश, अन्तरिक्ष र ब्रम्हाण्डमा जहॉकहीँ  पनि वेगले उडान भर्छ, भरिरहन्छ, उडिरहन्छ निस्फिक्री स्वतन्त्रतासाथ !”—दीपेश थप्छ ।
सम्देन संवेग र आवेगमा जोडसित हात हल्लाउँदै मुस्कुराएर भन्छ— “कस्तो ट्वाक्क मिलेको शव्द सञ्योजन र अभिव्यक्ति तिमीहरूको । धन्य छौ तिमीहरू ! तिमीहरूको सङ्गतमा म पनि केही बन्नेछु । केही बन्न सकिनँ  भने पनि... बन्नेछु पक्कै ‘पागल प्रेमी’ ।”

*  *  *

“कल्पना र भावनामा हामी युवाहरू धेरै बग्छौँ  । के यो स्वाभाविक हो ?” दीपेश प्रश्न गर्छ ।
“हामी सित के छ र ? भावना पनि नभए युवासँग के थोक बाँकी रहन्छ र !” सम्देन भन्छ ।
स्वाभिमान जवाफ दिन्छ— “हामीसित के छैन ? हामीसित सबथोक  छ । हामी युवाबिना कोही वा केही पनि 'मल्टिप्लाइ' हुन सक्तैन । हामी सृजन संसारको महत्वपूर्ण हिस्सा हौँ  । हामी युवा १ या २ या ३,४,५,६,७, ८, या ९ अङ्क हौँ  । हामी यी 'पोजिटिभ' कुनै पनि अङ्क हुन सकेनौँ  भनेपनि हामी शून्य ० (जिरो) मात्र हौँ  रे । शून्य नभइ ९ बाट १० वा ९९बाट १०० हुन सक्तैन । हामी युवा १ मा थपिँयौँ  अथवा जोडियौँ  भने १० र १० मा थपिँयौँ  भने १००, र १००मा थपिँयौँ भने १००० र त्यस्तै प्रकारले जति थपिँदै जान्छौँ , १ बाट अनेक र अनेकबाट असंख्य हुन्छौँ । सृष्टि चलाउने हामी युवा हौँ  । पृथ्वी थाम्ने पनि हामी नै हौँ  । हामीले चाहँदा नहुने के छ र ? पृथ्वी पल्टाउने, सभ्यता उल्टाउने वा सबैतिर मानवीय मर्यादा र सुखको  रङ्गिचङ्गि उज्यालो फैलाउने तागत युवाहरूसॅग छ । त्यो तागत सुषुप्त छ, परिचालन गर्न जरुरी छ । जरुरी छ  ....।”
“भाले मुजुरको ! सातवटा पोथी मुजुरहरूले घेरिएर बस्ने–उड्ने भाले मुजुरको   ....।” सम्देन प्याच्च बोल्छ ।
“ हा... हा ... हा ... ” तीनैजनाको   एकैसाथ फुस्किएको सामूहिक उन्मुक्त निस्वार्थ हॉसो ! केही बेर हॉसिसकेपछि पुनः वार्तालाप चालु हुन्छ ।
“तिमी कहिल्यै ‘सिरियस’ हुँदैनौ । म कति ‘सिरियस’ थिएँ  । भावना र यथार्थको तस्वीर खिचिरहेको थिएँ । तिमीले त मलाई आकाशमा उडिरहेको बेलुनलाई प्याट्ट फुटाएर फुस्स पारेझैं  पा¥यौ । अब म जुन कुरा भन्दै  थिएँ , त्यो कहिल्यै पूरा गर्न सक्नेछैन ।”
सम्देन भन्छ— “शब्दहरूमा पूरा गर्नु भन्दा भावना, चाहना, सपना, इच्छा यथार्थमा पूरा गर्नु महत्वपूर्ण हो । आज जति हॉस्न सक्यौँ , प्रतीक्षारत सिंगो  जिन्दगीमा पाइला चालिसकेपछि फेरि त्यसरी हॉस्ने मौका पाइने हो कि होइन ?!”
स्वाभिमान जवाफ दिन्छ— “तिमी जहिले पनि निराशा मात्रै देख्छौ, निराशाकै कुरा गर्छौ । ‘बी अप्टीमिस्ट’ !”
दीपेश भन्छ— “हो, उसले भने जस्तै बितेको सुनौलो विद्यार्थी जीवन फर्केर आउँदैन । यो सुनौलो जीवनको बिदाईमा एउटा भव्य रमाइलो कार्यक्रम आयोजना गरौँ , जुन आयोजनामा सबै मन मिल्नेहरू, मनले खाएका साथीहरू सरिक होऊन् र त्यो कार्यक्रमले भावी पोल्ने यथार्थमा सम्झनामै भएपनि शीतलता प्रदान गरोस्... कोमलता प्रदान गरोस् !”
“त्यो कस्तो कार्यक्रम ?” दुवैजना एकसाथ सोध्छन् ।
साँच्चै उनीहरू भावुक हुन्छन् । जीवनको अर्को नयॉ  घुम्ती र मोड देखेर नौलो नमीठो आशा र आशङ्कामिस्रित अनुभूतिले आक्रान्त हुन्छन् ।
केही बेर चुपचाप बस्छन् । निस्तब्धता,.निरवता...मौनताको गहिराइमा चुल्र्लुम्म डुब्छन् । यथार्थ भावना जस्तो हुँदैन । भावनाले पनि यथार्थमै टेक्नु पर्नेहुन्छ । मनको उडान भर्नुभन्दा पहिले यथार्थमै टेकेर पखेटा फर्फराउनु पर्नेहुन्छ । काल्पनिक मनको उडान पनि यथार्थद्वारा एउटा निश्चित घेरा–परिधिभित्र सीमित, नियन्त्रित र शङ्कुचित पारिएको हुन्छ । त्यो घेरा–परिधिको सीमाना नाघेर उड्न खोज्दा बौलाउँने डर हुन्छ । र..त... यथार्थ पोल्ने आगोजस्तो हुन्छ, फूल जस्तो हुन्छ सुन्दर, चिल्ने सिस्नु जस्तो हुन्छ, चिसो हिउँजस्तो हुन्छ छोइने, बग्ने पानी जस्तो हुन्छ, कॉडा जस्तो हुन्छ घोच्ने, ऑखै तिर्मिराउने उज्यालो, अस्तित्व विलीन गराउँने अँघ्यारो, पोल्ने गर्मी, थुर्थुर कपाउने चिसो, बिझाउने, रुझाउने, हँसाउँने र रुवाउने,  कस्तो कस्तो..... आफ्नो  अंश–भागमा पर्ने यथार्थ यस्तै हुन्छ भन्न नसकिने हुन्छ । तर भोग्नै–बेहोर्नै पर्ने हुन्छ ।
“आयोजक को हुने ?” गम खाएर सम्देन सोध्छ ।
दीपेश भन्छ— “हामी तीनैजना । तीनजना मध्येका तिमी र तिम्रा सात रानीहरू पनि ..”
स्वाभिमान हॉसेर भन्छ— “तिमीहरूका पनि कोही रानी छन् भने राख्दा हुन्छ ।”
“छन् । छ, तर मनकी रानी मनमै  छे । प्रेमप्रस्ताव राख्न सकेको छैन ।” सम्देन निश्वास छाड्छ ।
 दीपेश पनि भन्छ— “मेरो पनि मनको कुरा मनमै रहेको छ । भन्न सकिएन ।”
स्वाभिमान सल्लाह दिन्छ— “त्यसो हो भने यो अन्तिम अवसर हो । को हुन् तिनीहरू ? प्रस्ताव राखिहाल, भनिहाल  !”
सम्देन प्रस्ट पार्छ— “तर.... म सक्तिनँ  ।”
दीपेश पनि थप्छ — “म पनि सक्तिनँ  । भविष्यमा प्रयास गर्नेछु ।”
स्वाभिमान हकार्ने पाराले सोध्छ— “पानीमरुवा, लाछी तिमीहरू ! खुलस्त भन, को हुन् तिनीहरू ? म मद्दत गर्नेछु ।”
दीपेश— “त्यसैले त म तिमीलाई सोधिरहेको थिएँ  कि सात रानीहरूमध्ये को तिम्रो प्रेमिका हो ?”
स्वाभिमान— “सातमध्ये तिमीहरूले मन पराएका बाहेक कुनै एउटा वा अरू कोही । त्यस्तो केही पनि छैन । मैले पनि कसैलाई प्रेमप्रस्ताव राख्न सकेको छैन । प्रेमप्रस्ताव राख्न धैरै सोच्नु पर्ने रहेछ, वातावरण, परिवेश र अन्य तारतम्य मिल्नु पर्ने रहेछ ...प्रतीक्षामा यति लामो समय बित्यो कि.... म अझै ढुलमुल छु, खान्नुछाले रित्तो पारेको मेरो प्रेमिल हृदयको त्यो कुना अर्की केटीले पुर्ताल गर्न सक्छे कि सक्दिन ? अनिश्चित छ... ”
“को खान्नुछा ?” दुवै एकसाथ सोध्छन् ।
“म स्वाभिमान, मेरो जन्म मध्यम वर्गीय गाउँले किसान परिवारमा भएको हो । मेरो परिवारमा बोजु, आमा, बुबा, एक जना भाइ र दुई जना बहिनीहरू र म छौँ  ।......अहिलेसम्म र यस्तो अवस्थासम्म म कसरी आई पुगेको छु ? एक एक घटना, परिवेश, स्थिति, परिस्थिति, अवस्थिति आदि र सबैभन्दा महत्वपूर्ण मानव सम्बन्धका दृश्य परिदृश्य अवलोकन गर्दा ‘म किन यस्तो भएको छु ?’ भन्ने प्रश्नको  जवाफ निस्कन सक्ला  ! म सबै विस्तारसाथ बयान–वर्णंन गर्नेछु ।’’
सम्देन भन्छ— “हुन्छ हामी ध्यान दिएर सुन्नेछौँ  ।”
“आमा बुबाको पहिलो सन्तान भएको हुदाँ  मलाई जेठो सन्तानप्रति  दिइने विशेष ध्यान दिइएको थियो । तर भाइबहिनीहरू जन्मिएपछि नजानिदो पाराले थुप्रै दायित्व र बोझहरू ममाथि  थपिए । भाइबहिनीहरूलाई खतराबाट जोगाई राख्ने, सतर्क गराईरहनु पर्ने र रक्षा गर्नु पर्ने दायित्वले आफ्ना इच्छाहरू दमित गरेर भएपनि उनीहरूको इच्छालाई पूरा गरिरहनु पर्ने बाध्यता र कर्तव्य पालनाको भारले नजानिदोँ  पाराले मेरो बाल्यकाल प्रभावित भएको हुन सक्छ ।” स्वाभिमान भन्छ, “जेठो भएको नाताले मैले  केही राम्रा र प्रभावशाली कुराहरू सिकेको छु । हर क्षण सानाहरूको नेतृत्व गर्दै निर्णय गर्नुपर्ने र निर्णयको कार्यान्ययन, परिणामको जिम्मेवारी लिनुपर्ने बाध्यकारी परिस्थितिले मलाई अलिक बढी सजग, कर्मठ, भावुक र कठोर पनि बनायो कि !  सराहना, प्रोत्साहन र प्रंशसा पाउने भन्दा पनि हकाराइ, हप्किदप्की, लाञ्छना, आरोप र दोषारोपणबाट आफूलाई बचाउन त्यतिबेलै ममा केही मानव सम्बन्धका कौशल, ऑट र कला  विकसित भएको हुन सक्छ ...
 “बाल्यकालमा केटाकेटीको भेदभाव हुने कुरा थिएन । सबै केटीहरूलाई म आफ्नो बहिनी सरह मान्थे र माया गर्थे । तर एउटी असाधारण किसिमकी केटी खान्नुछाप्रति भने मेरो हृदयको अन्तरकुन्तरमा एक प्रकारको अज्ञात आसक्ति थियो । त्यो आसक्तिलाई पूर्णता दिन हामी एकान्तमा नाङ्गा नाङ्गा भएर बस्थ्यौँ , सुत्थ्यौँ  । एकअर्कालाई हेरेर, छोएर र अङ्गालो मारेर लोग्ने स्वास्नीजस्तो हुने असफल निरर्थक प्रयत्न गथ्र्यौँ  । तर त्यो आसक्ति पूरा तवरले झ्याङ्गिन नपाउँदै उसको  विवाह भयो । उसको बिछोडमा मेरो हृदयको एउटा सानो कुना रित्तो भयो, र, त्यो अझै रित्तो छ । सायद सधैं रित्तो रहनेछ ....
 “म अहिले सम्झन्छु  खान्नुछाप्रतिको मेरो त्यो आसक्ति प्रेम थिएन, प्रेम होइन ।  त्यो एउटा बालपनको पहिलो आकर्षण, झुकाव, आसक्ति, प्राप्ति वा ख्यालख्याल खेल थियो तर त्यो व्यापक थियो, अमिट थियो, तीखो प्रहार त्यसको ....मुटुको पोखरीमा तरल रङ्गीन सङ्गीतजस्तो लहर उब्जाउदै–छचल्काउँदै बह–सूलजस्तो स्मृति भएर बस्यो जसलाई म तह लाउन सक्तिनँ , विस्मृतिभित्र धकेल्न सक्तिनँ  र जीवनभर  बिर्सन सक्तिनँ  ! बिर्सनै सक्तिनँ  !”— स्वाभिमानको स्वर रुन्चे हुन्छ । “त्यो बितेको कुरा विगत भइसक्यो ।  कवि र गायकहरूले आफ्नो  प्रियसी वा पत्नीको नाममा गीत गाएझैँ  र कविता रचना गरेझैँ  म खान्नुछाको नाममा कुनै गीत गाउन जान्दिनँ , कविता रच्न सक्तिनँ  । त्यो बित्यो, बितिसक्यो त्यसलाई बिर्सेर नयॉ  सृजनमा भुलिन चाहन्छु । विगतमै भुलाएर आफूलाई  नष्ट पार्न चाहन्नँ  । म पनि कोही कसैलाई प्रियतमा बनाउने कोसिस गरिरहेछु तर...
“त्यसपछि धेरै केटीहरूसँग मेरो हिमचिम, सङ्गत, सम्बन्ध वा मित्रता भयो तर खान्नुछासँगको जस्तो आसक्ति कहिल्यै भएन, हुन सकेन ।” स्वाभिमान कुटिल मुस्कान मुस्कुराउँने कोसिस गर्दै भन्छ, “अहिले पनि तिमीहरूले मलाई ‘लेडि किलर’ सम्झ्यौ, मेरो धेरै केटीहरूसँग ‘लभ एफायर्स’ छ भन्ने सोच्यौ, त्यस्तो केही छैन । खान्नुछाले पारेको रित्तो कुना अझै रित्तो छ ।”
“खान्नुछाप्रतिको तिम्रो आसक्ति के हो ? कस्तो हो ?” सम्देन सोध्छ, “ तिमी त्यसलाई प्रेम होइन भन्छौ, मात्र आसक्तिले मानिसको हृदयमा स्थान बनाउँन सक्छ र ?”
“हो, आसक्ति मात्र हो, त्यो प्रेममा विकसित हुन पाएको थिएन ।”
“तिम्रो भनाइ अनुसार प्रेमको आरम्भ आसक्तिबाट हुन्छ । अरु केटीहरूमा आसक्ति पाएनौ र प्रेम हुन सकेन । तिम्रो यस्तो भनाइ बुझिएन ।”
स्वाभिमान बताउँछ— “आसक्ति मात्रै प्रेम होइन ।  प्रेममा आसक्ति, आकर्षण, चाहना, माया–मोह, प्राप्ति, विरक्ति, त्याग, उत्सर्ग, बलिदान, समर्पण सब सब लुकेर बसेको हुन्छ ... मेरो कुरा छाडिदिऊँ ... तिमीहरूले प्रस्ताव राख्न चाहेका केटीहरूका नाम भन । को हुन्, को हुन् ?”
सम्देन ऑखा झुकाएर भन्छ— “सिम्मारानी... !”
दीपेश पनि भन्छ— “कलाकमलावती !”
दुवैका गाला राता हुन्छन् । जडवत उनीहरू भुँइतिर ऑखा गडाउँछन् । स्वाभिमानको अनुहारमा प्रफुल्लता देखा पर्छ— सच्चा साथी सम्झेर उनीहरूले मनको कुरा खोलेका छन् ।
‘युवा मन ! मनको पुकार ! भावी सङ्घर्षमय लामो जीवनमा मनले रोजेको जीवन साथी पाउन सके जस्तोसुकै दुःख, कष्ट र पीडा पनि सजिलै बेहोर्न सकिन्थ्यो । सुख पाउने लालसा ... सुख र दुःखमा मनको पुकार सुन्ने सहयात्री पाए जीवन रमणीय र सार्थक हुन्थ्यो ।’— उनीहरूको मन कल्पन्छ ।
प्रेमको तीव्र चाहना हुने उमेर!
युवा मन शाश्वत प्रेम चाहन्छ । आदर्श र असलका लागि बलिदान गर्न युवाहरू तत्पर छन् । सुखद, भव्य र रमणीय संसारको रचना गर्न परिश्रम गर्छन्, पसिना बगाउँछन् । मनको पुकार सुन्दै स्वप्निल गन्तव्य र यात्रा निर्धारण गर्छन् र त्यसका लागि मरिमेट्छन् ।
प्रेम , आदर्श र असलका लागि मरिमेट्ने स्वर्णिम युवा उमेर!
युवा उमेरै भावना र कल्पनामा डुब्ने उमेर हो । मनको सिंहासनमा सजाएकी युवती यथार्थमा पाइने हो कि होइन ? प्रयत्न गर्दा के होला ? उनीहरू सोच्छन् । तर फेरि ‘मन हो’ ऐनाझैँ  फुट्यो भने ?! जे, जस्तोसुकै परिणाम आओस्, अनुकूल समयमा प्रेम प्रस्ताव राख्ने निधो गर्छन् ।















प्रेमप्रस्ताव

कोठाभरि सरसामान र किताबहरू छरप्रष्ट छन् । विद्यार्थीको कोठा जस्तो हुनुपर्छ, त्यस्तै छ । कोठालाई सरसर्ति निहालेर सिम्मारानी सोध्छिन्— “ किन बोलायौ ?”
“एउटा जरुरी कुरा गर्नु छ । सम्देन मेरो मिल्ने साथी हो । ऊ जुनीभर छटपटिएको हेर्न म सक्तिनँ  । उसको बारेमा तिम्रो विचार बुझ्न चाहन्छुँ — स्वाभिमान भन्छ ।
“कस्तो विचार ?”
“विचार ! उप्रति तिम्रो दृष्टिकोण, अवधारणा, अनुराग वा प्रेम । ऊ तिमीलाई असाध्य मन पराउँछ र माया गर्छ । ऊ पनि आउदै छ । खुलस्त मनका कुराहरू.... तिमीहरू कुरा गर र छिनोफानो गर । मेरो अनुरोध छ ।”
सम्देन पनि आइपुग्छ । ऊ र सिम्मारानी हेराहेर–मुखामुख गर्छन्, दुवैका गाला राता हुन्छन् ।
“तिमीहरू एकैक्षण कुराकानी गर्दै गर । म चिया लिएर आइहाल्छु ।”— भन्दै स्वाभिमान निस्कन्छ ।
कोठामा दुइजना मात्र हुन्छन् । मुटुको स्पन्दन तीव्र हुन्छ दुवैको । को बोल्ने पहिले ? के बोल्ने ? अन्यमनस्क दुवै । केही बेर शीतयुद्धमाझैँ  शान्ति छाउँछ । मानौं निस्तब्धतामा मन र दुई मुटुहरू अव्यक्त प्रेम आभास गरिरहेछन् । मुक भाषामा प्रेम साटासाट गरिरहेका छन् ।
“अँ .. सिम्मारानी....!” अन्तमा सम्देन निस्तब्धता भङ्ग गर्छ ।
“अँ .. भन, तिमी के भन्न चाहन्छौ ?”
“म... म धेरैधेरै भन्न चाहन्छु । तिम्रो अन्तरकुन्तरमा के छ ? बुझ्न चाहन्छु ...।”
“तिम्रो अन्तरमनभित्र जे छ, सायद मेरोभित्र पनि त्यही होला कि...”
“प्रस्फुटन हुन दिनु प¥यो, व्यक्त गर्ने साहस बटुलिरहेको छु । स्वाभिमानले केही भन्यो ?”
“भन्यो, तर प्रष्ट भएन ।”
“प्रष्ट पार्न चाहन्छु, म.. आई ..आई....”
“के आई..आई.....”
“आई मिन् आई मिन् आई ... आई....”
स्वाभिमान कोठामा प्रवेश गर्दै वाक्य पूरा गर्न सघाउँछ - “वाक्य पूरा गर । सम्देन, बी ब्रेभ ।”
“सिम्मारानी, आई लभ यु ! म तिमीलाई माया गर्छु !” अकस्मात स्वस्फूर्त स्वचालित रूपमा  सम्देन वाक्य पूरा गर्छ ।
“आई लभ यु टु ...!” सिम्मारानी पनि भन्न पुग्छिन् ।
खुशी हुँदै ताली पिट्छ स्वाभिमान । “म तिमी दुइको अमर प्रेमको साक्षी भएँ  । बी हेप्पी होल लाइफ् । बधाइ तिमीहरूको सफल प्रेमका लागि !”
प्रसन्नता चारैतिर व्यप्त हुन्छ । प्रेमको उज्यालो झिलिमिलीझिलिमिली फैलिन्छ मनभरि !
*  *  *
“....राजनीति प्रिय पनि हुन सक्छ, हुनसक्छ फोहोरी पनि ।
दुई किसिमका राजनीतिमध्ये ठीक असल राजनीतिले उन्नति, सुख, सफलता, सौन्दर्य, प्रेम र सुन्दर संसार पैदा गरेर मानव जीवन रमणीय बनाउँछ भने फोहोरी राजनीतिले भ्रष्टाचार, अनाचार, अनैतिकता, विश्वासघात, धोका, जालझेल, षड्यन्त्रजस्ता फोहारी डङ्गुर थुपारेर मानिसहरूका जीवन कष्टकर, दुरुह, असहनीय बोझ बनाउँदै उनीहरूका ऑखाहरूलाई कहिल्यै नसुक्ने ऑसुको तलाउ बनाउँछ । यी दुई किसिमको राजनीतिको वर्णन–व्याख्या गर्दै ठीक असल राजनीतिको समर्थन गर्ने समष्टि वर्ष–२२ अङ्क –५ मा छापिएको कविता...”
दीपेश समीक्षा लेखिरहेको हुन्छ । स्वाभिमान र सम्देन आइपुग्छन् । कविता पढेर दीपेश उनीहरूलाई सुनाउँछ ।


राजनीति

संवेदनशील रोबोट हामी
स्वचालित भएको भ्रम पाल्छौँ
उफ्रन्छौँ  नाच्छौँ  र अनेक स्वर कराइरहेका हुन्छौँ
रिमोट कन्ट्रोलबाट सञ्चालित हामी
स्वतन्त्र, सक्रिय र सिर्जनशील भएको भ्रम पाल्छौँ
रिमोट कन्ट्रोल कस्को हातमा छ ?
कसरी  परिचालित भइरहेका छौँ  ?
थाहा नभएर— राजनीति गरिरहेको भ्रम पाल्छौँ  ।

भ्रमको खेती गर्न सक्नु
टाउका टाउकामा टेकेर भ¥याङ उक्लन सक्नु 
आदर्श र सिद्धान्तको मकुन्डो भिरेर
अवसरवादको भकुन्डो खेल्न सक्नु
कालोलाई सेतो देखाउन सक्नु
सब्जवाग देखाएर धेरैलाई बेवकुफ बनाउ“न सक्नु
हिप्नोटिज्म +निर्लज्जता
हिप्नोटिज्म +निर्लज्जता +रिमोट कन्ट्रोल
फोहोरी राजनीति हो— राजनीति ।

हिमालझैँ  स्वच्छ, कञ्चन र अडिग
निष्कपट, स्वार्थरहित, तरल तर सबल
जनसमर्पित–समर्थित जहॉ  छल हुँदैन
जनता, राष्ट्र र विकासको निम्ति
स्पष्ट, सुन्दर र सॉचो
प्रिय राजनीति हो— राजनीति ।

कविता सुनेपछि सम्देन सोध्छ— “साहित्यमा राजनीति । राजनीति र साहित्य बेग्ला बेग्लै विषय भएकोले साहित्यले राजनीतिसँग कुनै सरोकार राख्नु  हुँदैन भन्ने केही साहित्यकारहरू पनि छन् नि । के त्यो सही हो ?”
दीपेश व्याख्या गर्छ , “त्यो, त्यसो भन्नु पनि राजनीति हो । राजनीति वायु जस्तै हो, पानी जस्तै हो अर्थात् राजनीति प्राण हो । जुन शुद्ध भए मात्र जीवन रहन्छ... र, राजनीति पवित्र हुनुपर्छ भन्ने कविताको भाव हो ।”
“तिमी चाहीँ  कविताको सागरमा डुबिराख, पौडी बस । कलाकमलावतीलाई अर्कैले उछिट्याउला । अनि खुइय गरेर बसिराख । सम्देनले त सिम्मारानी पाइसके । उनीहरूको प्रेम सफल भइसक्यो ।” — स्वाभिमान भन्छ ।
“त्यो तिम्रो सहयोगले सम्भव भएको हो ।” सम्देन आभार व्यक्त गर्छ ।
“त्यसो हो भने  दिपेशको प्रेम पनि सफल पार्ने पट्टि लागौँ  । कि कसो दीपेश ?” स्वाभिमान सोध्छ ।
दीपेश भन्छ— “अँ , अझै म ढलपल ढलपल नै छु । प्रेमप्रस्तावको कुरा आयो कि मुटु ढ्याङ्ढ्याङ् बज्न थाल्छ । अत्यास लागेर आउँछ । के, के, कस्तो, कस्तो हुन्छ ।”
“द¥हो मुटु बनाऊ !  अधुरो प्रेम किन ?! ऑट गर, जीवन परीक्षा हो । ‘पास फेल’ जे भएपनि  दिनै पर्छ । अन्तिम प्रयत्न गरौँ  ! साइत हेर्दाहेर्दै दस गाउँ डुबेझैँ नहोस् । हिँडिहाळौँ , भेटौँ  कलाकमलावतीलाई ... भनौँ  मनको कुरा ..।”
दीपेश अकमकिन्छ— “यति सजिलो र सस्तो पाराले ? मुटु ढुक्ढुक् भइरहेको छ ।”
 “कसरी गर्ने  भन्ने सोच्तासोच्तै यतिका दिनहरू बिते । ‘गर्छुगर्छु नभन्नु कहिले, गरिहाल्नु पहिले’ भनेझैँ  गरिहाल्नुपर्छ ।”
*    *   *
सम्देन भन्छ— “तिमी विद्यार्थी राजनीतिमा यति धेरै सक्रिय रह्यौ कि तिम्रो हर गतिविधिले विद्यार्थी राजनीति अघोर प्रभावित भएको छ ।”
“कस्तो  प्रभाव ? सकारात्मक कि नकारात्मक ?” —कलाकमलावती  सोध्छे ।
“दुवै प्रकारको ।” दीपेश भन्छ, “पोहोरको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दुई विद्यार्थी संगठनहरूको भीडन्तमा दुर्गाराजमाथि विपक्षी कार्यकर्ताहरूले सांघातिक हमला गरेपछि त्यसको प्रतिकारमा तिमीले आÏनो पक्षका विद्यार्थीहरू भेला गराएर पुनःआक्रमण गर्न उक्सायौ । तिमी कराइरहेकी थियौ— ‘यो जीवन मरणको प्रश्न हो, आक्रमण गर्नुहोस् !’ आक्रमण भयो, भीडन्त भयो, लाठी, तरवार, खुकुरी आदि घातक हातहतियारहरूको प्रयोग ....कुवेरमान र भानुभक्तको ‘स्पट डेथ’ भयो । पछि अस्पतालमा देवकुमारको पनि मृत्यु भयो । हरिकृष्ण र तुलाराम  अपाहिज–अपाङ्ग भए र जीवनभर अपाङ्ग भएर बस्नेछन् । अनाहकमा विद्याआर्जन गरिरहेका विद्यार्थीहरू मारिए । राजनैतिक दलहरूले तिनीहरूलाई विद्यार्थी सहिद घोषणा गरे तर अनाहकमा मारिएका तिनीहरू सहिद हुन् ?”
“सहिद नै हुन् ।” कलाकमलावती आँसु पुच्दै भन्छिन् , त्यसमा मेरो के दोष ? सिद्धान्तका खातिर उनीहरू सहिद भए ।”
“सिद्धान्त, मुलुक र जनताका लागि ज्यान गुमाएका भए त बेसै हुन्थ्यो नि । नेताका स्वार्थ खातिर फोकटमा उनीहरूको ज्यान गयो ।” —हाङ्गमा भन्छे ।
“यी नरमाइला विषयहरू छोडौँ  । विषयान्तर गरौँ  र हामी यहॉ किन आएका छौँ  ? सोध्दैनौ ?” कलाकमलावतितिर फर्केर स्वाभिमान सोध्छ ।
“किन आएका हौ ? निस्सङ्कोच भन्न सक्छौ ...।”
“.... .....” स्वाभिमान र दीपेश एकआपसमा मुखामुख गर्छन् ।
“प्रेमप्रस्ताव राख्न आएका हौ ?”
“हो ।”
“प्रस्ताव कस्को लागि ? उम्मेदवार  को ?”
“प्रस्ताव तिम्रो लागि र उम्मेदवार  दीपेश हो ।” स्वाभिमान स्पष्ट पार्छ ।”
कलाकमलावती गम्भीर भएर जवाफ दिन्छे— “उपयुक्त समयमा म दीपेशसँग कुरा गर्नेछु ।”




रमाइलो वनभोज र बिदाइ कार्यक्रम

‘जहॉ  जङ्गल, त्यहॉ  मङ्गल ।’
जङ्गलको आकर्षण र प्रेम आदिमकालदेखि नै यथावत  कायम छ । जङ्गलमा मङ्गल पाउने मानिसको अभिलाषा कृत्रिम जङ्गलले भरिएको पार्कहरूले पूरा गरिरहेका छन् । त्यस्तै पार्कमा सत्ताइस जना सम्मिलित वनभोज कार्यक्रमका सहभागीहरू आआफ्ना  रुचिका विविध खेल, कुराकानी, घुमफिर, कविता रचना, वाद्यवादन, नाचगान, फोटो खिचाइआदिमा संलग्न भइरहेको बेला ‘सबैजना एकै ठाउँ  भेला हुने’ सूचना गरिन्छ ।
स्वाभिमान, दीपेश, सम्देन, नायुमा, कलाकमलावती, सिम्मारानी र हाङ्गमा दुई लहरमा बस्छन् । उनीहरूतिर फर्किएर हसिना, मधुरिमा,  पल्पसा, जयेन्द्र, दिपमाला, पेम्बा, रूपाकली, महबुल, पारुहाङ्ग, कृष्ण, डोल्मा, पुष्पलता, राधा, सुमित्रा, कुलमर्दन, भूमान, मदन, नरेन्द्र, सहदेव र आलोक अर्ध गोलाकार दुई लहरमा बस्छन् । यसरी झुरुप्प बस्दा बिस्तारो बोलेको पनि सुन्न सकिन्छ ।
स्वाभिमान भन्छ— “यो वनभोज रमाइलोको लागि मात्र नभएर हाम्रो विद्यार्थी जीवनको बिदाइ दिने र भावी जीवनको स्वागत गर्ने कार्यक्रम पनि भएकाले आफ्नो मनको कुरा–अभिव्यक्ति, आफ्ना  कला, रचना, विचार वा मन्तव्य प्रस्तुत गर्न सबैलाई अनुरोध गर्दछु ।”
भावुक र गम्भीर हुँदै सबैजना त्यो अवसरको सदुपयोग गर्न अग्रसर हुन्छन् । हाङ्गमा, पारुहाङ्ग, कृष्ण, डोल्मा, पुष्पलता, राधा, जयेन्द्र र कुलमर्दन आफैले  रचेका आ–आÏना कविता वाचन गर्छन् । सम्देन बॉसुरीमा मिठो धुन बजाउ“छ  भने  सिम्मारानी, पेम्बा, मधुरिमा, दिपेश र भूमान,पल्पसा, पुष्पलता गीत गाउँछन् ।
माया  नमार   माया नमार,  मायाको डोरीले  चल्छ  जीवन
माया माया मायालु माया पाउन, सधैं सधैं पर्खुलाँ जुनीभरि म

माया माया पिरती जगमग उज्यालो
मायाले हुन्छ जीवन रसिलो
मान्छेको चोला यो फूलको थुङ्गा हो
डालीमा फुलेर अर्पण हुने हो

माया  नमार   माया नमार,  मायाको स्वŒवले   चल्छ  जीवन
माया माया मायालु माया पाउन, दुःख कष्ट सहुलाँ  जुनीभरि म

मायालु संसार यो राम्रो पारौँ  है
सुन्दर मीठो सपना साकार पारौँ  है
मायाले हुन्छ धरती उज्यालो
बाचौँ  र बचाऔँ  माया रमाइलो ।

माया  नमार   माया नमार,  मायाको डोरीले चल्छ  जीवन
माया मायालु माया पाउन, सधैं सधैं पर्खुलाँ  जुनीभरि म

कलाकमलावती, नायुमा, सहदेव, सुमित्रा, डोल्मा, राधा, महबुल, पारुहाङ्ग, कृष्ण, रुपाकली, दिपमाला, पुष्पलता, नरेन्द्र र आलोक सबैजना  नाच्छन् । नाचगान सामूहिक बन्छ, चित्त बुजुन्जेल सबै गाउँछन्, नाच्छन् । मानिसको रौस, खुशी र आनन्दको रमाइलो सर्वोच्च स्वाभाविक अभिव्यक्ति र प्रकटीकरणको माध्यम ‘नृत्य’ आदिमकालदेखि नै प्रचलित, लोकप्रिय र रुचिकर छ । नृत्य, गीत र सङ्गीतमा मानिसले आफूले चाहेको  भावनात्मक मानसिक स्पर्श, प्रस्तुति, मनोभाव, प्रकटीकरण, र अभिव्यक्ति  अनुभूत गर्ने भएकैले यो सुखद अवसरको अभिन्न अङ्ग बनेको हो ।
नाचगानको समाप्तिपछि आयोजकहरूद्वारा सबै सहभागीहरूको सामूहिक तस्वीरको आवरण भएको खाली ‘अटोग्राफ’ बॉडिन्छ । सबैजना ‘अटोग्राफ’ लेख्न व्यस्त हुन्छन्....छोटो लेखोट तर जीवनभर याद दिलाइरहने केही अमूल्य सन्देश, सल्लाह, माया–प्रेमको दरिलो अभिव्यक्ति वा अरु धेरै केही केही । लेख्दा कोहीकोही त यति सम्वेदनशील हुन्छन् कि लुकेर सुँक्कसुँक्क पनि गर्छन् र ऑसु अटोग्राफको पानामा खस्छ ।  अनमोल लेखन र अविस्मरणीय लेखोटले भरिएको अनमोल अटोग्राफ ! बाचुन्जेल सुरक्षित राख्ने अठोट गर्छन् । भावी दिनहरूमा विपुल  सुख पाउँदा दिल उजिल्याउने र असह्य  अघोर दुःख पर्दा मन बुझाउँने  सत्ताइस जनाको सुन्दर, मधुर र प्रेरणादायी लेखोटको  अनमोल अटोग्राफ !
अटोग्राफका पानाहरूमा  कुँदिएका हृदयस्पर्सि अक्षरहरू....
“साथीहरू बिर्सनै सकिन्न । दुःखमा साथीहरू सम्झेर धैर्य धारण गर्नेछु । सुखमा पनि मैलेजस्तै साथीहरूले सुख पाऊन् भन्ने कामना गरिरहनेछु । बाचुन्चेल जीवनभर.......जीवनभर साथीहरूलाई म सधैं सम्झिरहनेछु !”
 “मिलन सधैं हुँदैन, र, हामी एकअर्कालाई बिर्सन बाध्य छौँ  । तर, चाहेर पनि एकअर्कालाई बिर्सन सक्दैनौँ । विवश हाम्रा मुटुहरू... मुटुको कुनै अज्ञात कुनामा तिमी रहिरहनेछौ ! र,.... म तिमीलाई सधैं सम्झिरहनेछु !”
“हामी बीचको सम्बन्ध, मित्रता वा प्रेम जे भनेपनि त्यो शाश्वत, पवित्र, अनमोल र महान् छ । चाहेजस्तो होस् वा नहोस्, कुनै रूप, आकार वा आयतन ओगटोस् वा नओगटोस्... ... म तिमीलाई सधैं सम्झिरहनेछु !”
“मित्रता, प्रेम, माया प्रीति, स्नेह, अपनत्व वा आत्मीयता कुनै सम्बन्ध–साइनो स्थापना गरेर मात्र सफल हुन्छ भन्ने भ्रमबाट मुक्त होऊ ! हामी वीच त्यस्तो साइनो केही बन्न नसके पनि म तिमीलाई सधैं सम्झिरहनेछु !”
“भविष्यमा तिमी जहाँ  जस्तोसुकै अवस्थामा रहे पनि  मलाई बिर्सने छैनौ । म तिम्रो सफलता र सुखको लागि प्रार्थना गरिरहनेछु....र, मेरो विकल हृदयमा तिमी सदैव रहिरहनेछौ र म तिमीलाई सधैं सम्झिरहनेछु !”
“.....जीवनमा भीषण बाढी आउला, पौडिएरै पारि किनार पुग्नु छ ... बाटो भत्किएला, छेकिएला वा बाटै नहोला, आफैँ  बाटो बनाएर गन्तव्य पुग्नु छ ।....भोक, प्यास, रोग र शोकले शरीर गलाउला, नथाक्ने मनसँग उडान भरेर लक्ष्य पूरा गर्नु छ । मनकै पखेटा पनि काटिएला, पंख बिना नै अबिरल, अविचल, निरन्तर क्रमिक मनको उडान उडिरहनु छ, उडिरहनु छ मनजस्तै मनसँग ...र, त्यस्तै मनसँग उडेर म तिमीलाई भेट्न आउनेछु ...पर्खिबस, पर्खिबस ! त्यतिबेलासम्म....मिलन नभएसम्म.... पर्खिबस, पर्खिबस ! म तिम्रो लागि सारा संसार जित्न चाहन्छु, र, ...म तिमीलाई सधैँ  सम्झिरहनेछु  ! ”
सदैव चम्किरहने अटोग्राफका स्वर्णिम अक्षरहरू ! शुभमनका शुभकामनाहरू, बिछोडका सुस्केराहरू र  सम्झनाका अनुपम कोसेलीहरू !
निजी वा सामूहिक उपहार आदानप्रदान बनभोजको अन्तिम कार्यक्रम हुन्छ । ‘उपहार’— प्रेम, मायाप्रीति, स्नेह, सम्झना वा शुभेच्छाको प्रतीक ! उहिलेदेखि नै चलिआएको हृदयस्पर्शी अनुपम मानवीय भाव र आचरणयुक्त चलन ! उहिले गाउ“घरमा तरुनी र तन्नेरीहरूद्वारा हातले बुट्टा बुनेको ‘कुसुमे रुमाल’, बडो मिहेनत गरी हातले तयार गरेको बिनायो, मुर्चुङ्गाको खोल, सुनाखरीको थैली वा जाबी, चुरा, धागोलाछी फुर्का, ल्वाङ्, सुपारी, नरिवलआदि राखेर गोलो ऐना भएको बट्टाआदि उपहारहरू आफूले माया गरेको मानिसलाई दिने गर्थे, त्यही चलनको आधुनिक रूप फरक भएपनि उपहार लिनुदिनुको सदासयता, अर्थ, उद्देश्य वा कामना— ‘माया नमार्नु है !’ यथावत छ । र, ‘उपहार’ छउन्जेल–रहुन्जेल चिच्याई चिच्याई उपहार दिनेको शन्देस सम्झाई रहन्छ— ‘माया नमार है ! माया नमार है !!’
पूर्व जानकारी गराइए अनुसार सबैले अरूलाई दिने उपहारहरू  आफूस“ग ल्याएका हुन्छन् । सिम्मारानीले सम्देन बाहेक अरू सबैजनालाई कलम दिन्छे तर सम्देनलाई अति महङ्गो बाँसुरी दिन्छे । कलाकमलावतीले सबैलाई आफैले  लेखेको साहित्यिक पुस्तक ‘अन्तिम बिसौनी’, दीपेशले पनि सत्ताइसजना सबैको एक एकजनाको चरित्र चित्रण गरिएको  एक एकवटा कविताहरूको अति सुन्दर ढङ्गले बाइन्डिङ्ग गरिएको पुस्तकाकारको कविता सँगालो, आलोकले सहभागी सत्ताइस जनाको अनुहारको चित्र (पेन्टिङ्ग) उपहार दिन्छन् भने अरुहरूद्वारा पनि टेबलमा राख्न मिल्ने सत्ताइसजनाको नाम कुँदिएको त्रिभुजाकारको सानो धातुस्तम्भ, ‘दायित्वबोध’ कुदिएको धातुको किरिङ्ग, मूल्यवान पुस्तक, सुन्दर फूलको पृष्ठभूमिमा ‘जीवन परीक्षा हो, सामेल होऔँ  लेखिएको रङ्गिन पोस्टर,  सत्ताइसजनाको सामूहिक तस्वीर भएको सयवर्षे क्यालेन्डर आदि उपहारहरू दिन्छन् । लेन्डल्याण्ड र मोबाइल फोन नं.को आदान प्रदान गर्दै इन्टरनेट्मा पनि सधैँ  सम्पर्कमा रहने अनुरोध र बाचा गर्दै मोबाइल फोनमा पनि एकअर्काको तस्वीरहरू खिचेर सुरक्षित गर्छन् । तापनि ...नचाहदा नचाहदै वातावरण बोझिल र अश्रुमय बन्न थाल्छ, सुँक्कसुँक्क गर्छन् उनीहरू । ऑखाको डिलमा धेरै बेरसम्म अडिएर बसेको ऑसु बग्न थाल्छ । फूलको माला र खादा लगाइदिँदै–लगाउँदै, फूलको गुच्छा लिँदै–दिँदै, सुखद भविष्यको शुभकामना साटासाट गर्दै, हात मिलाउँदै, अङ्कमाल गर्दै, बिदाइको हात हल्लाउदै र ऑखामा ऑसु छछल्काउँदै उनीहरू बिदा हुन्छन् ।
तर  सँगसँगै सधैं  बस्न रुचाउँने र मिलनमा सधैं रमाउँने मन भने भिजेको ऑखाको माध्यमले सोधिरहेको हुन्छ— ‘फेरि कहिले भेट होला ?’ र, भनिरहेको हुन्छ.—‘माया न मार है !’





युवा चरित्र

स्वाभिमान बोल्दैछ ....युवा दृष्टिमा संसार रमाइलो नै रमाइलो देखिन्छ । संसार अपूर्व पराक्रम देखाउने साहसी थलो हो, युद्घभूमि हो ।
सृजनाको झलमल्ल उज्यालो पोख्ने ठाउँ  हो । जन्म र जीवन सार्थक बनाउँने साहसी थलो हो, युद्घभूमि हो ।
मानव जातिलाई सर्वोत्तम उचाइमा पु¥याउने पनि युवाहरू नै हुन् । सुन्दर, शान्त, समुन्नत, सम्पन्न र सफल संसार रचना गर्ने पनि युवाहरू नै हुन् |
संसार युवाहरूको हो ।
युवाहरूकै निम्ति सबथोक सबथोक हो, तिनीहरूले नछोए, अभोगे अर्थात् प्रयोग नगरे त्यो सबथोक निरर्थक हुनेछ । त्यसैले सबैतिर सबथोकमा युवाहरू व्याप्त हुनुपर्छ ।”
दिपेश, सम्देन, पारुहाङ्ग, कृष्ण, मधुरिमा, राधा, जयेन्द्र, सिम्मारानी, पल्पसा, कलाकमलावती, नायुमा, पुष्पलता, सहदेव, नरेन्द्र, हाङ्गमा, मधुरिमा, पेम्बा, आलोक र कुलमर्दन ध्यानपूर्वक सुनिरहेका हुन्छन् ।
स्वाभिमान भन्छ— “आज हामी जीवनका हाम्रा आकाङ्क्षा, अठोट, लक्ष्य, गन्तव्य, गोरेटो र प्रतिबद्धताहरू के के हुन् ? व्यक्त गर्न, छलफल गर्न र भावी जीवनमा एकअर्कालाई भरथेग, मद्दत वा सहयोग कसरी गर्न सकिएला भनेर यहाँ  भेला भएका छौँ  ,आ–आफ्नो  विचार व्यक्त गर्न आग्रह गर्दछु ।”
निकै बेर छलफल, बहस, विचार विमर्श हुन्छ । सबैले उत्साहसाथ सहभागिता जनाउँछन् वा सक्रिय भाग लिन्छन् । उनीहरूद्वारा व्यक्त उदगारहरू यसप्रकारका हुन्छन् ...
सिम्मारानी—“.... म सुख चैनको अन्तिम किनारासम्म पुग्न चाहन्छु । सबै सांसारिक सुख, दुःख, वस्तु र भावहरूको स्वाद चाखेर; थाहा पाएर सबैले चाहने सुख चैनको पत्ता लगाउँनु मेरो लक्ष्य हुनेछ । आजको भौतिक प्रगति मानिसको सुखवृद्धिमा सहायक भएको छ ? वर्तमान शिक्षा र सिकाइ मानव प्रगतिमा साँच्चै सहायक भएको छ ? ठीक असल राजनीतिको आरम्भ भएको छ ? राजनीतिले मानव कल्याणमा सघाउ पु¥याइरहेको छ ? अवलोकन र विश्लेषण गर्ने मेरो लक्ष्य हुनेछ ।”
सम्देन—“....म पनि मानव प्रगतिका सहायक अवयवहरूकै अध्ययन, अवलोकन र विश्लेषण गर्न रुचाउँछु । मानव जातिको अन्तिम गन्तव्य के हो ? त्यहासम्म पुग्न के गर्नुपर्छ ? अन्तिम गन्तव्य वा अन्तिम मानव लक्ष्य सर्वोच्च बिन्दु हो कि सर्वोत्तम बिन्दु हो ? मेरो विचारमा मानव जातिले पुग्नु पर्ने उचाइ सर्वोच्च होइन, सर्वोत्तम उचाइ हो र सर्वोत्तम उचाइ पत्ता लगाउँनु मेरो जीवनको उद्देश्य हुनेछ ।”
कलाकमलावती—“.... आजसम्म हेर्दा मानव जाति बहकिएको छ । कुनै काल्पनिक सिद्धान्त आफैँले निकाल्यो र त्यसैमा मानिसहरूलाई प्रशिक्षित र अभ्यस्त पारी अन्धअनुयायी बनायो । त्यही सिद्धान्तको नापजोखमा सभ्यता, व्यवस्था, प्रगति आदि सबैको मूल्याङ्कन गर्ने त्रुटिपूर्ण परिपाटि बनायो । यसले गर्दा तटस्थ स्वतन्त्र चिन्तन, भाव र प्रगति अवरुद्ध हुन पुगेको छ, भाव  र वस्तुहरूको स्वतन्त्र उडान अवरुद्ध भएको छ । जसले गर्दा सत्य तोडमरोड भएको छ । स्वतन्त्र र स्वाभाविक मानव प्रगतिमा छेकबार लाग्न थालेको देखिन्छ । हावाबतास, पानी, विचार वा मानव मनलाई बग्न, उडन र अगाडि बढ्नबाट रोक्न सकिँदैन । रोक्नु पनि हुँदैन । प्राकृतिक र स्वाभाविक ढङ्गले बग्न दिनुपर्छ । स्वतन्त्र मानव मनको उडानका लागि म आफ्नो  सम्पूर्ण जीवन उत्सर्ग गर्नेछु ।”
मधुरिमा—“....सत्य र झूठ, उज्यालो र अ“ध्यारो, जीवन र मृत्यु, सुख र दुःख, आनन्द र पीडा आदि हरेक हरेक कुराका दुई उत्कर्षहरू हुँदा होलान् । ती दुईका वीचमा घडीको पेन्डुलमझैँ  जीवन, जगत, विचार, भाव, अनुभूति आदि सबैथोक बगिरहेको हुँदो होला । कहिले वल्लो किनार, कहिले पल्लो किनारमा उभिएर अनुभूत गर्ने बानी परिसकेको मान्छेले सत्य थाहा पाउन सक्ला र ? दुई उत्कर्षहरू बीच झुलिरहेको मानव जीवनको हर रमणीय र नियास्रो दृश्य परिदृश्यको स्वाद विस्वाद, सुखदुःख, आनन्द पीडा, हारजीत बेहोर्नु हर जीवहरूको नियति होला ! त्यसलाई बदल्न सकिँदैन, नियाल्न सकिन्छ, र नियाल्नु मेरो लक्ष्य रहेको छ ।”
दीपेश— “आजसम्म पनि शाश्वत के हो ? पत्ता लागेको छैन । वर्तमान परिवेश— राजनैतिक, सामाजिक, आर्थिक, सास्कृतिक, भौतिक र प्राकृतिक परिवेश, व्यवस्था, वातावरण ... सबै सबै अन्यौलग्रस्त छ । जन्म जीवन सार्थक पार्ने व्यवस्थाको खोजी भएकै छैन । खाशगरि हामी युवाहरूको लागि त वातावरण र परिवेश झनै अन्यौलग्रस्त र निराशाजनक छ । राजनीति सर्वोच्च, सर्वव्यापि र शक्तिशाली भएको छ तर राजनीतिले निर्वाह गर्नु पर्ने मानव कल्याणको दायित्व पूरा गरिरहेको देखिदैन । राजनीतिभित्र धेरै विकृति र विसङ्गतिहरू घुसेकाले राजनीतिको जगमा निर्माण भएको सामाजिक, राजनैतिक, आर्थिक र सांस्कृतिक संरचना वा बनोटमा कुरूप विकृतिहरू फैलिएका छन् । त्यसले सहजताकासाथ मानव जीवनयापनमा अवरोध पु¥याएको छ । असल ठीक सामाजिक, राजनैतिक, आर्थिक र सांस्कृतिक संरचना वा बनोट निर्माण गर्न ठीक असल राजनीति हुनुपर्दछ । ठीक असल राजनीतिको चक्र .यस्तो हुन्छ.....(आफूले ल्याएको चार्ट देखाउ“दैं)


ठीक असल राजनीति
                
ठीक असल मानव चरित्र        ठीक असल सामाजिक राजनैतिक,आर्थिक र सांस्कृतिक संरचना, बनोट र व्यवस्था
                              
             ठीक असल शिक्षा र सिकाइ


यो चक्रलाई यथार्थ वा व्यवहार वा वास्तविकतामा रूपान्तरित गर्नु  वर्तमान युवाहरूको दायित्व भएको छ । अनावश्यक आदर्शका कुराहरू छाडेर यो महान् कार्यमा संलग्न हुन सबै युवा साथीहरूलाई म अनुरोध गर्दछु ।”
 निकै बेर छलफल हुन्छ । निष्कर्ष निकालिन्छ ....यी र यस्तै यस्तै  युवा आकाङ्क्षा र अठोटहरू  !  यी अठोट र निष्कर्षहरूलाई व्यवहारमा उतार्न उनीहरू सङ्घर्षरत हुने प्रण पनि गर्छन् ।
*  *  *
“म माइलो हु“, आनामाने माइलो । पुराणमा पनि माइलो छोरो नै बेचिएको आख्यान छ ।  काम सघाउन सक्ने जेठो आमा बाबुको लागि महŒवपूर्ण हुन्छ भने ‘पेट पुछौनी’ कान्छो आमाको प्यारो हुन्छ । जेठो र कान्छोको जस्तो भूमिका माइलोको हु“दैन । जेठोले नेतृत्वकारी भूमिका लिन्छ भने कान्छोले सानो भएकोले सबैको माया ममता, स्नेह  सहानुभूति प्राप्त गर्छ । तर माइलोले आÏनो भूमिका आफैँ  निर्धारण गर्नु पर्ने हुन्छ । ऊ वनको कॉडॉझैँ   आफैँ तिखारिँदै जान्छ ।” —सम्देन भन्छ, “मेरो जेठो दाजु कामको खोजीमा परदेश जानु भएको धेरै वर्ष भई सक्यो । उहॉ  कहॉ  पुग्नु भयो र के गर्दै हुनुहुन्छ ? केही अत्तोपत्तो छैन । सक्दो खोज खबर गरी सकियो तर उहॉको स्थिति थाहा भएको छैन । गुम हुनु भएको पनि धेरै वर्ष भइसकेकोले उहॉको जीविताअवस्थाप्रति पनि शङ्का उब्जिएको छ । यसले गर्दा नाजुक अवस्थाको मेरो आदिवासी जनजाति परिवारको आशाको केन्द्र म भएको छु । कान्छो भाइ सानै छ ।...गरिब देशको अभिवावकहरूको आफ्ना  सन्तानप्रति सोच्ने र हेर्ने दृष्टि पनि गरिब नै रहेको छ । ‘पढेर धेरै धन कमाओस्, बुढेसकालमा पालोस् र सुख देओस्’ भन्ने अभिवावकहरूको सोचाइले युवाहरूमाथि अघोर कष्टप्रद आघात पारिरहेको छ । शिक्षा उन्नत समाज, राष्ट्र र जीवन पद्धतिको निम्ति हुनु पर्ने हो । त्यस्तो भइरहेको छैन ।” सम्देन भन्दै जान्छ, “म पनि  मेरो परिवारको अत्यधिक आशा, आकाङ्क्षा र सपनाको केन्द्र भएको कुराले आत्तिन्छु, कहालिन्छु र सोच्न पुग्छु— के म ती इच्छा, सुभेच्छा र सपनाहरू पूरा गर्न सक्छु ? अव्यावहारिक र अवैज्ञानिक शिक्षाले भावी जीवनमा मलाई खरो उत्रन मद्दत गर्ला ?”
“..... म चाहन्थे सबैको असीम माया, प्रेम, स्नेह, श्रद्धा र सम्मान पाउन सकूँ  । तर आजपर्यन्त मैले त्यस्तो केही पाउँन सके जस्तो लाग्दैन र म ती कुराहरूको लागि तड्पिरहेको छु ...।” सम्देन ध्यानपूर्वक सुनिरहेका र एक टकले हेरिरहेका स्वाभिमान र दीपेशलाई हेर्दै आफ्नो  कुरा समाप्त गर्छ ।
“....म कान्छो हुँ र.संयोगले यहाँ  हामी जेठो, माइलो र कान्छो तीनै भाइ रहेछौ  । कान्छोको मर्म र मनोभाव मैले अनुभूत गरेको छु । आफूभन्दा ठूलाहरूले गरेको काम गर्न नसक्ता म खिन्न हुन्थेँ  । ठूलाहरूले हेप्छन्, थिच्छन् र नोकरलाई जस्तै काम लगाइरहन्छन् । म पनि कहिले ठूलो हुनु र आफ्नो  स्वतन्त्र छवि निर्माण गर्नु आदि सोचिरहन्थे र त्यस्तो सोच्ने क्रममा म बढी भावुक भएको छु ।” दीपेश पनि आफूले भोगेको बाल्यकालको अनुभूति सुनाउ“छ ।
“केटाकेटीहरू बिग्रिनामा पारिवारिक वातावरणका साथै  सामाजिक बनोट, सोच, दायित्वबोध नगर्ने समाजका सदस्यहरू र सरकार बराबर दोषी छन् ।” दीपेश भन्दै जान्छ  “व्यक्ति, समाज र मुलुक एकअर्कामाथि  आश्रित छन् । व्यक्ति बिग्रियो भने त्यसले समाजमा विग्रह ल्याउँछ, समाज बिग्रियो भने मुलुक नै बिग्रिन्छ । केटाकेटीहरू बिग्रिनुमा परिवार, समाज र मुलुक समान दोषी छन् । परिवारले उचित हेरचाह पु¥याउन सकेन भने समाजले बिग्रिरहेका केटाकेटीहरूलाई टुलुटुलु हेरेर बस्यो । सरकार जताततै मानिस र केटाकेटीहरू बिगार्ने सामान र साधन उपलब्ध गराएर,  मानिस बिग्रिने स्थिति र वातावरण बनाएर मानिस बिगार्ने काममा सहयोगी भएको छ । सरकार र राज्यले आफूलाई जस्तो नागरिक चाहिन्छ त्यस्तै निर्माण गर्छ । यसरी हामी के देख्छौँ  भने सरकार जबसम्म ठीक अथवा राम्रो हुदैन, मुलुक, समाज र जनताको अवस्था राम्रो हुन सक्तैन । तसर्थ सबैभन्दा पहिला सरकार राम्रो बन्नुपर्दछ ।”
“सरकार कसरी राम्रो बन्छ ?” —स्वाभिमान सोध्छ ।
“सरकार राम्रो बनाउन जनता सचेत र जागरुक हुनुपर्छ । राजनीति ठीक असल भए सबथोक ठीक असल हुन्छ ।” दीपेश भन्छ, “जनतालाई सचेत र जागरुक बनाउने पनि राजनीति हो । तसर्थ सबैभन्दा पहिला राजनीति ठीक हुनुपर्छ ।”
सम्देन सोध्छ  “राजनीति कसरी ठीक पार्न सकिन्छ ?”
“राजनीति ठीक असल पार्न सबैभन्दा पहिला मानव चरित्र ठीक असल हुनुपर्छ । मानिसहरू इमानदार, नैतिकवान्, दायित्वबोध र दायित्ववहन गर्ने हुनुपर्छ ।” दीपेश भन्दै जान्छ, “मानिसहरूले दायित्ववहन गर्ने कुरा असल शासन प्रणालीमा निर्भर रहन्छ । यसरी हेर्दा ठीक असल राजनीति भयो भने मुलुक सम्भ्रान्त, विकसित र सुसभ्य हुन्छ । जीवन भोग्न, गुजार्न र यापन गर्न सहज, रमणीय, मनोहारी र कौतुकपूर्ण हुन्छ । त्यस्तो जीवन सबैको लालसा हुन्छ ।”















यथार्थ धरातल

स्वाभिमान, दीपेश र सम्देन सहरमै बसेर केही गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्छन् । सहरमा बस्न अथवा बा“च्नका लागि केही गर्नै पर्ने हुन्छ । घरबाट पैसा माग्ने कुरा भएन । अब वास्तविक जीवन सुरु भएको छ ।
पत्रिकाहरूमा विज्ञापन हेर्नु, दर्खास्त दिनु, कार्यालय धाउनु र भिन्न भिन्न स्वाभावका मानिसहरू भेटेर नोकरीका लागि याचना गर्नु  उनीहरूको दिनचर्या भएको छ । रोजगारी... रोजगारी ... रोजगारी !  विश्वका प्रसिद्ध मानिसहरूले पनि युवाकालमा  नोकरीका लागि भौतारिनु परेको हेक्का उनीहरूलाई हुन्छ । हिम्मत हार्दैनन् र खुट्टा धिसार्दै जुत्ता खियाई रहेका हुन्छन् ।
“तपाईँहरू जस्ता मेधावी मान्छेहरूलाई नोकरीमा राख्न  पाए त हुन्थ्यौ नि । तर अहिले कारखाना खुल्ने सम्भावना छैन । खोइ, बन्द, हडताल, तोडफोड, लोडसेडिङ्ग... कुनै तौरतरिका ठीक छैन । दण्डहीनता चरमचुलीमा छ । अफसोस छ नोकरी दिन सकिँदैन ।”
“शिक्षालय बन्द छ । चक्काजाम, तालाबन्दी, चन्दा आतङ्क, अराजकता, तोडफोड र प्राइभेट बोर्डिङ्गहरू बन्द गर्ने धम्कीले शिक्षालय नै सधैँका लागि बन्द गरौँ  कि भन्ने पो सोच्न विवश भएको अवस्थामा ... कसरी नोकरी दिन सकिन्छ र !”
यस्ता भनाइहरू सुन्दासुन्दा उनीहरूलाई लाग्न थालेको हुन्छ— नोकरी भनेको स्यालको सिङ हो ।
“व्यापार खस्किएको छ, खेती, उद्योग र व्यवसाय उधो लागेको छ । यस्तो अवस्थामा मनग्गे आय आर्जन गरेर जीवनस्तर माथि उकास्ने चाहना सपनासरी भएको छ । खै, देश कसरी उभो लाग्ला ?” —स्वाभिमान गुनासो पोख्छ ।
“देशको चिन्ता छोडौँ  । चामल, दाल, तरकारी सकिएको छ । भरै के खाने ? त्यसको चिन्ता गरौँ  ” —सम्देन भन्छ ।
“अब के गर्ने त ?  जसो होला, भगवानले खोपेको ओखल उनैले भर्देलान् ” स्वाभिमान जोडसित हॉस्छ र भन्छ “जसरी सर्वसाधारण, आम मान्छेहरू बॉचेका छन् हामी पनि त्यसै गरी बॉचौँला ।”
“सर्वसाधारणहरू कहिले भोकभोकै, कहिले आधी पेट खाएर अनेकौँ  दुःख कष्ट खपेर बॉचेका छन् ।”
 “हामी पनि त्यसै गरी बॉचौँला ।”
उनीहरू नाम मात्रको तलब लिएर निजी विद्यालयमा काम गर्न थाल्छन् । बाध्यता हो । बेरोजगार शिक्षित युवाहरू फेरि अर्को शोषणको शृङ्खलामा जकडिन पुग्छन् ।
अलिक बढी ‘स्कोप’ भएको रोजगारीको अवसर खोज्दाखोज्दा उनीहरूलाई लाग्न थालेको छ— उनीहरूले प्राप्त गरेको शिक्षाले अन्ततोगत्वा उनीहरूलाई भ्रष्ट नेताहरूकै चुत्थो कार्यकर्तामा परिणत गर्नेछ ।
*  *  *
दीपेश एकपछि अर्को विचारोत्तेजक लेखहरू लेखिरहन्छ—
“....अजेय जनताको सहभागिता र समर्थन भएको जनयुद्ध, अग्रगमनकारी जनता र दलको आन्दोलनले गणतन्त्र आएको छ । गणतन्त्र, महान् गणतन्त्र ! युगौंदेखिको नेपाली जनताको  चाहना पूरा भएको छ र  सबै चाहनाहरू पूरा हुने ढोका खुलेको छ ।
वर्तमान परिप्रेक्ष्यमा विपरीत शक्तिहरूका बीच टकराव भइरहेको छ । राजनीतिले स्पष्ट आकार ग्रहण गरिनसकेको अवस्थामा युवा शक्तिको सदुपयोग भन्दा बढी दुरुपयोग भइरहेको छ ।
“हान्, मार् गोद् गोद्, काट् काट् ! भत्का, भत्का, बिगार्, बिगार् ! भॉचिदे, तोडिदे, नष्ट गरिदे !” जताततै सुनिन्छन् ।
विद्यार्थी संगठनका कार्यकर्ताहरू !
युवा संगठनका कार्यकर्ताहरू !
दलका सक्रिय कार्यकर्ताहरू!
दल र नेताहरूले ध्वंश, नष्ट र हिंसा मात्र सिकाएका छन्,  निर्माण सिकाएकै छैनन् । वातावरण धमिलो बनाएर कसैलाई पनि स्वतन्त्र बस्न नदिने, स्वविवेकले काम गर्न नसक्ने र स्वतन्त्र चिन्तन फुल्न नदिने खेलमा सबै दलहरू जुटेका छन् जुन मुलुक र जनताका लागि हितकर छैन । स्वतन्त्र समुदाय वा मानिसहरूले मात्र सही मूल्याङ्कन गरेर सही गन्तव्य औंल्याउन सक्छन् । आम सहमति नबनेको वर्तमान अन्यौलग्रस्त संक्रमनकालीन अवस्थामा तथाकथित कार्यकर्ताहरू एक आपसमा भिडिरहेका छन्, कुटाकुट, मारकाट्–मारामार गरिरहेका छन् । कोही न कोही मारिएकै छ । अनाहकमा ज्यान गइरहेको छ । दुङ्गा मुढा, तोडफोड र आगजनी ! बसको यात्रीलाई जिउँदै जलाइएको घटना— मानवताको क्रूर उपहास !  बन्द, हडताल, लुटपाट, हत्या, हिंसा दण्डहीनता, अराजकतामाथि थप लोडसेडिङ र महँगी ! विकास अवरुद्ध छ, विनास सिवाय केही देखिँदैन तापनि जनता धैर्यसाथ पर्खिरहेका छन्— गणतन्त्रको स्थयित्व र त्यसको सुखद प्रतिफल र उपलब्धिहरू !
उपलब्धिहरू कसको पोल्टामा पर्ने हो ? कसले आÏनो झोलामा, मुठ्ठिमा अथवा  खल्तीमा हाल्ने हो ? दलहरू आफू शक्तिशाली हुने होडमा वैधानिक, अवैधानिक, नैतिक अनैतिक, असल र खराब सबै प्रकारका तरिकाहरू अवलम्वन गरिरहेका छन् । त्यसै क्रममा युवाहरूलाई मारपिट, तोडफोड, हत्या, हिंसामा उतारेर शक्ति प्रदर्शन गरिरहेका छन् । कुनै दलको संरक्षण नपाई स्वतन्त्र मानिस बॉच्न नसक्ने भएको छ । कुनै दलको सिफारिस बिना केही गर्न नसकिने अवस्था बनाइदै छ । हरेक कुराहरूको अवलोकन र मूल्याङ्ककन दलीय दृष्टिकोणबाट  मात्र गरिदै छ । दलहरू सरकार र सत्ता कब्जा गर्ने अस्वास्थ दलदलमा नराम्ररी फसेका छन् । कुर्सी मात्र देखिरहेका छन् । कुर्सी हत्याउने खेलमा युवाहरूको नराम्ररी प्रयोग गरिँदै छ— हातमा लाठो, खुकुरी, कट्टी, तरवार, बन्दुक र बम थमाएर । युवाहरूको कलम आफ्नो  भाग्य लेख्न नसक्ने भॉचिएको कलम भएको छ । शिक्षा आत्मनिर्भर  बनाउन नसक्ने पङ्गु भएको छ ।....”
सम्देनको सोधाइले उसको लेखाइ रोकिन्छ । सम्देन सोधिरहेको हुन्छ—“सधैं आधी पेट खाएर केही होला ? अब के गर्ने ?”
“ जे होस्, एक पटक फेरि नेताकै पछि लागौं कि ?” —स्वाभिमान प्रस्ताव राख्छ ।
“ अरू उपाय नै के छ र ? उद्योग खोळौँ , पुँजी छैन, वातावरण छैन । व्यापार गरौँ , जानिएको छैन । इलम गरौँ , सिप छैन । जागिर खाऊँ , ठाउँ  छैन । नेताकै पछि लागेर भाग्य आजमाऊँ  ।” —उनीहरू सल्लाह गर्छन् ।
*  *  *
”धेरै समयपछि आउनु भयो ?” नेता कुटिल मुस्कान मुस्कुराउँदै सोध्छन्— “के छ तपाईँहरूको हाल खबर ?”
“रोजगारी पाइएको छैन । आधी पेट खाएर भएपनि बॉचिएको छ ।”
“तपाईँहरू मसँग रोजगारीका लागि आउनु भएको हो ?”
 “हो, भन्दा पनि हुन्छ ।”
“त्यसो हो भने तपाईँहरूले स्वतन्त्र चिन्तन छाडनु प¥यो ।”
नेताको मनसाय उनीहरूलाई थाहा हुन्छ । कसैको काम गर्नु अगाडि काम गरे बापत के पाइन्छ ? यश, रकम वा शक्ति । लेखाजोखा गरेर मात्र नेताहरू काम गर्छन् । ‘जोगी हुन राजनीति गरेको होइन ।’ —सार्वजनिक घोषणा नै गरिसकेका नेताहरूका यस्तो स्वार्थी भनाइ अनौठो लाग्दैन ।
(बहुदलीय व्यवस्थामा राजनैतिक दलहरू नै सर्वैसर्वा हुन्छन् । मुलुक हॉक्ने, सरकार चलाउने तिनीहरू नै हुन् । नागरिकको जीवन पद्धति, राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक संरचनाहरूको निर्माण, विकास र व्यवस्थापन गर्ने पनि तिनीहरू नै हुन । दलहरू हरेक संरचनाहरू आफू अनुकूल, आफ्नो  दल अनुकूल होस्–बनोस् भनेर अनेकौँ  तिकडम, जालझेल र कुप्रयत्नहरू गरिरहेका हुन्छन् । बोल्दा–भन्दा चाहीँ  ‘मुलुक, जनता  र समाजका लागि’ तर गर्दा अर्थोक नै ........मुलुकको निर्माण विकास गर्ने एक मात्र महŒवपूर्ण साधन राजनीति भए पनि  त्यसलाई निहित कालो स्वार्थ पुर्ति खातिर  प्रयोग भइरहेको यो घडी इतिहासमा कलङ्कको रूपमा चित्रित हुनेछ । राजनीतिलाई कञ्चन, पवित्र, प्रिय र जनहितकालागि प्रयोग गर्न इमानदार कार्यकर्ता, नेता र राजनीतज्ञहरूको उदय हुनु जरुरी भएको छ । तिनीहरूको उदयसँगै बदमास, भ्रष्ट र राष्ट्रघाती दल र नेताहरूको अवसान हुनेछ र मुलुकले कॉचुली फेर्नेछ ।.....राजनीतिलाई हरेक मानिसहरूको जिन्दगीबाट अलग्ग्याउन सकिँदैन । जीवित रहन हावा, पानी, आहारा, लत्ता–कपडा र आवास मात्र भएर पुग्दैन । सुरक्षा चाहिन्छ । राजनैतिक, आर्थिक र सामाजिक सुरक्षा राजनीतिले दिन सक्नु पर्दछ । ठीक असल राजनीति भएमा सब आर्थिक र सामाजिक संरचना असल ठीक हुन्छ, र, बॉच्न सहज र रमाइलो हुन्छ । ...राजनीति स्वच्छ, पवित्र, कञ्चन र जनप्रिय मायालु होस् । सबैले बुझुन् र गरुन् । अर्थात सबै सर्वसाधारण मान्छेहरू–आम मान्छेहरू राजनीतिमा सरिक होउन्  र राजनीति सर्वसाधारण–आम मान्छेहरूको उत्थानको लागि होस् ...) —दीपेश सोचिरहेको हुन्छ ।
*  *  *
“ठीक छ । तपाईँहरू ठीक समयमा आउनु भएको छ । कुरा बुझेका तपाईँहरूजस्ता विद्यार्थी नेताहरूको खॉचो पार्टीलाई पनि परेकै छ ।” नेता विजयोन्मुख भएझैँ भन्छ—“चुनाव नजिक आइरहेको छ, चुनावमा खट्नोस् । हाम्रो पार्टीले सरकार बनाउन सक्यो भने तपाईँहरूका सबै चाहनाहरू पूरा हुनेछन् ।”

चुनाव केन्दित दलीय राजनीति । चुनाव जितेर मात्र नेता मन्त्री बन्न सक्छ । बहुमत सिट जितेर दलले सरकार बनाउन सक्छ । एकलौटी सरकार बनाएमा मात्र  राष्ट्रिय राजनीतिमा एकलौटी हालीमुहाली गर्न पाइन्छ । त्यसका लागि दलहरू जे पनि गर्न तयार छन् । मान्छे मार्नु मामुली कुरा हो । मार्ने र मर्ने लडाकु दस्ता सबै दलहरूले तयार गरेकै छन् ।
नेता, सिम्मारानी, कलाकमलावती, पल्पसा लगायत पार्टिले सबै क्षेत्रमा उम्मेदवार उठाएको छ । नेताको चुनाव क्षेत्रको लडाकुदस्ताको नाइके स्वाभिमान भएको छ । त्यसै गरी सिम्मारानी र कलाकमलावतीको चुनाव क्षेत्रको लडाकु दस्ताको कमान सम्देन र दीपेशले सम्भालेका छन् । राष्ट्रिय आमचुनाव— राष्ट्रिय महोत्सव ! सबैलाई  रमाइलो लागिरहेको छ ।
भाषण गर्न नेताले पाएका छन् । मतदाता भेट्नु,  आश्वासन बाढनु, अनेकौँ  गोप्य तिकडम् र जालझेल गर्न व्यस्त दलहरू ! कुन बेला के हुन्छ ? कुन बेला को मारिन्छ ? आतङ्कपूर्ण भयग्रस्त चुनाव ! तर प्रचारमा भने ‘शान्तिपूर्ण चुनाव !’
सिम्मारानीको चुनाव क्षेत्र सम्वेदनशील क्षेत्रमा पर्दछ ।  सिम्मारानीले चुनाव जित्ने निश्चित देखेर बिरोधीहरू चुनाव शान्तिपूर्ण ढङ्गले हुन नदिने पक्षमा छन् । हुलदङ्गा, मारपिटका साथै उम्मेदवारको हत्या गर्ने कुरामा पनि अग्रसर भइरहेका छन् । चुनाव बिथोल्न बिरोधी दलहरू एकजुट भएर सभामा आक्रमण गर्छन् । लाठी, खुकुरी, बन्दुकआदि घातक हतियारहरू एक अर्कामा प्रहार गर्दै दोहारो भीडन्त भइरहेको बेला एउटा गुन्डाले सिम्मारानीलाई ताकेर गोली हान्न लागेको सम्देनले देख्छ । सिम्मारानीलाई छेकेर बचाउने हु“दा उसलाई छातीमा गोली लाग्छ ।  उसको तत्कालै मृत्यु हुन्छ । चुनावी सभा बिथोलिन्छ ।
विचरा सम्देन ! कुसंस्कारी अस्वस्थ राजनैतिक प्रणालीको निर्दोष सिकार ! पखेटा फैलाएर उडन नपाई नै अन्त भएको उसको जीवन ! उदाउनै नपाई अस्ताएको एउटा  घाम !
कसरी सहन गर्लान् उसका आमाबाबु, नातागोता, साथीभाइ, दिदिबहिनी र आफन्तजनहरूले उसको मृत्यु ?


सिम्मारानी आहत मर्माहत हुन्छिन् । मृत्यु भइसकेको सम्देन पुनः जीवित हुँदैनन् । तर उनको सम्झनालाई सदैव जीवित राख्न सकिन्छ । अझ उनको भौतिक अस्तित्वको यस धरतीमा निरन्तर क्रमिकता कायम राख्न सिम्मारानीको गर्भमा सम्देनको प्रेम–चिन्ह उनको सन्तान हुर्किरहेको हुन्छ । 
जतिसुकै आहत मर्माहत भएपनि उम्मेदवार भइसकेकी सिम्मारानी चुनावमा पछाडि हट्न सक्तिनन् ।
चुनावी आमसभाहरूमा सम्देन आफ्नो  प्रेमी–पति भएको र उनलाई बचाउँदा उनी कसरी मारिए भन्ने बताउँदाबताउँदै भाव विव्हल भएर नचाहदा नचाहदै पनि रुन्थिन् र भन्थिन्— “ सम्देन मेरो प्रेमी–पति थिए । हाम्रो पवित्र प्रेमको प्रेम–चिन्ह मेरो गर्भमा अवस्थित छ र हुर्कदै छ ।  हाम्रो यो सन्तानको रक्षार्थ पनि म  तपाईँहरूको अमूल्य मत माग्छु । तपाईहरूको मत... प्रेम र मानव उन्नतीका लागि कि हत्यारा र ध्वंसका लागि, जीवनका लागि कि मृत्युका लागि । निर्णय तपाईहरूको हातमा छ ।”
 मतदाताहरू भन्छन,सम्झन्छन्— “कस्तो बलिदानी महान् प्रेमी–पति सम्देन !
सहानुभुति भोटको लहर सिम्मारानीको पक्षमा उर्लिन्छ ।       चुनाव सिम्मारानीले जित्छिन् ।
समय बित्दै छ । समयले सिम्मारानीको मनमा कस्तो भाव र घाउ बनायो कि तिनी ‘सम्देनको बिधवाको रूपमा आजीवन बस्नेछु ।’ —भनिरहेकी छिन् । सर्वगुणसम्पन्न तिनी राजनीतिमा पनि  सफल देखिन्छिन् । तिनलाई के भएको छ ?  सम्देनको बिधवा पत्नीको रूपमा आजीवन बस्ने अठोट गरेकी छिन् । तिनी मूर्ख रहेछिन् कि ! मरिसकेको सम्देनको नाम, प्रेम र सम्झनामा यति लामो जीवन कसरी काट्न सक्छिन् ? भनिरहेकी छिन्— “यो मेरो एक जुनी मात्र होइन, मेरो हजार जुनी हुने भए ती सबै जुनीहरू पनि उनकै सम्झनामा  काटने थिएँ  । सम्देनको लौकिक शरीर नभए पनि उनको प्रेम र त्याग मेरो सम्झनामा जीवित छ । त्यस सम्झनाले र अझ उनको सन्तान जो मेरो गर्भमा हुर्किरहेको छ त्यसले मलाई बॉच्ने अभिप्रेरणा दिन्छ । सम्देनलाई अमर बनाउन, उनको सन्तान हुर्काउन र उनको सपना साकार पार्न  मेरो जीवन अर्पंण गर्नेछु ।”
“सॉच्चै सिम्मा तिमी गर्भवती छ्यौ ?” आमा सोध्छिन् ।
“हो ।”
“गर्भपतन गराऊ । बिना बाबु त्यसलाई तिमी इज्जतसाथ समाजमा हुर्काउन सक्तिनौ ।” आमा सल्लाह दिन्छिन् ।
“अँ  हँ ... म उनको बिधवा भएर हाम्रो प्रेम प्रतीक यो मेरो गर्भको सन्तानलाई जसरी पनि जन्माएर हुर्काएरै छाडछु । कुनै हालतमा पनि गर्भपतन गर्दिनँ  ।”
“तिम्रो सम्देनसँग विवाह नै भएको छैन । तिमी कसरी बिधवा हुन सक्छौ ?”—  आमा निराश भएर सोध्छिन् ।
“हाम्रो प्रेमविवाह भएको थियो । त्यसको साक्षी स्वाभिमान, दीपेश, नेता, कलाकमलावती, नायुमाआदि छन् । मलाई बचाउँदा उनको हत्या भयो । उनले बचाएको यो मेरो उधारो जिन्दगी उनकै सन्तान जन्माएर हुर्काउने अनि उनकै आदर्श र सम्झनामा जीवन गुजार्ने मेरो इच्छा हो ... मेरो नैसर्गिक अधिकार हो अनि कर्तव्य पनि हो । यसो गर्दा मलाई अपूर्व आनन्द र सन्तोष मिल्छ । शान्ति प्राप्त हुन्छ मनमा । ”
आमा कराउछिन्— “मूर्ख....महामूर्ख आइमाई ! ”



















अध्याय— दुई
आकाश मनको : परिधि प्रेमको



       १

कल्पनाभित्र रुमल्लिएको मन


कलाकमलावतीले चुनाव जितिन् । त्यो जितले दीपेशको जीवनमा पनि प्रभाव पारेको छ । तर सम्देनको मृत्युले दीपेशको भावुकता, कल्पना र दिवास्वप्नमा झन् धेरै बृद्धि गरेको छ । ऊ बारम्बार कल्पना गरिरहन्छ, कल्पना गर्दै दिवास्वप्नको संसारमा विचरण गर्न पुग्छ .....।

दिवास्वप्न — एक

रमाइलो–घमाइलो घाम लागिरहेको छ । शीत ओबाउँदै छ । दीपेश शुद्ध हावा फोक्सोमा भर्दै चौँरीहरूको गतिविधि नियाल्न पुग्छ । चौँरीहरू सबै हृष्टपुष्ट छन् । सोचेभन्दा बढी नै आम्दानी भएकोले कलाकमलावती, छोरा–बुहारी र काम गर्नेहरू सबै खुशी छन् ।
चौँरीहरू ! विश्वकै उत्कृष्ट चौँरीहरू र चौँरी पालन ! त्यो विशाल हिमाली फाँटमा भइरहेको चौँरी पालन हेर्न र बुझ्न विश्वभरिकै शिक्षार्थी, प्राध्यापक र अनुशन्धानकर्ताहरूको ओइरो लागिरहेको छ । त्यो चौँरीपालनले ओगटेको विशाल फाँटमा गाई वस्तुको रोगहरूको औषधि बनाउने र दूध बृद्धि गर्ने उपायहरू, वातावरण संरक्षण र विकसित नस्लको गाई उत्पादन आदि पशुपालन सम्बन्धी अनुसन्धानहरू भइरहेका छन् । ती सबै कामहरूको प्रमुख सम्देन  नै रहेका छन् ।
पशुपालनका विद्यार्थीहरू विश्वभरिबाटै आइरहेका छन् । जतिजनाले भर्ना सम्बन्धी आवेदन इन्टरनेटमार्फत दिन्छन्, तिनीहरूमध्ये १० प्रतिशतले मात्र एडमिसन पाउँछन् । त्यो विश्वविद्यालयमा एडमिसन पाउनु अहोभाग्य मान्छन् विद्यार्थीहरू !
दीपेश चोमोलोङ्मा र अरू हिमालहरूलाई हेर्दै भन्छ— “ कलाकमलावती, आज हेर त हिमालहरू पनि प्रसन्न छन् । चौँरी पालनले वातावरण पनि संरक्षण भएको छ । हिमालहरूको आयु  वातारणमाथि अडेको छ ।”
“हो नि । मानव जातिले आफ्ना  वातावरणीय मित्रहरूको विनास गरेर आफ्नो  पनि विनास निम्त्याउँछ । तिनीहरूको रक्षा गरे तिनीहरूले पनि मानवको रक्षा गर्छन् ।” —कलाकमलावती भन्छे ।
“इ–मेल हेरेको अहिले, मलाई अस्ट्रेलियामा ‘पशुपालन’को प्रोफेसर भएर काम गर्न अनुरोध गरिएको छ । तलब आपसी समझदारीले निर्धारण गर्ने र बुहारीलाई पनि एसिस्टेन्ट प्रोफेसरको अफर गरेको छ । के गरौँ  ?” —छोरा आन्दिवा सोधिरहेको छ ।
“अस्ट्रेलियाको त्यो अक्सफोर्ड विश्वविद्यालयमा प्रोफेसरको पदमा काम गर्न पाउँनु गौरवको कुरा हो । तिमीहरू जान सक्छौ तर बढीमा ३ वर्षका लागि मात्र । ३ वर्ष पछि अनुभव बटुलेर यही विश्वविद्यालयमा फर्कनु पर्नेछ ।”, दीपेश भन्छ , “३ वर्षपछि अमेरिकामा हुने अन्तर्राष्ट्रिय कृषि मेला र सम्मेलनमा म र तिम्री आमा पनि  सहभागी हुन चाहन्छौँ  । त्यहॉ  हामी एक वर्ष बस्नेछौँ  ।”
“के त्यो  कृषि मेलाको तय अहिले नै भइसकेको छ ?” —आन्दिवा सोध्छ ।
“हो, प्रत्येक पाँच वर्षमा भइरहने त्यो मेला र सम्मेलनमा हामी सधैं भाग लिइरहेका छौँ  । त्यो मेला पनि हामी छुटाउन चाहदैनौँ  ।”, दीपेश भन्छ “त्यो सम्मेलनमा मैले चौँरी पालनमा गरेको अनुसन्धान र सिद्धान्तमा पनि व्यापक छलफल हुने भएको छ । त्यो भेलाबाट केही नयाँ  कुरो सिक्न सकिनेछ ।”
दीपेश ल्यापटप खोल्छन् । स्काइपमा प्रो.रिचार्ड सम्पर्क राख्न चाहिरहेका छन् । प्रो.रिचार्ड देखिन्छन्, हेराहेर गरेझैँ  गर्दै उनीहरू केही बेर कुराकानी गर्छन् ।
“अर्को महिना प्रोफेसर रिचर्ड  ६ महिनाका लागि भिजिटिङ्ग प्रोफेसर भएर आउने भएका छन् ।” —दीपेश भन्छ ।
“उहाँसँग हाम्रो भेट फिलिपिन्सको सेमिनारमा  भएको थियो, होइन ?” —कलाकमलावती सोध्छे ।
 “हो, त्यसपछि मेरो उहॉसँग नियमित सम्पर्क छ । उहाँको भनाइमा हाम्रो यो कृषि विश्वविद्यालय विश्वकै उत्कृष्ट मध्येको हो । त्यसैले उहॉ  ६ महिनाकै लागि भएपनि यहॉ  आउन चाहनु हुन्छ ।”
“अत्यन्त राम्रो ! तिमीलाई सम्झना छ, विद्यार्थी कालमा त तिमीले कृषि विषय, पशुपालन पनि के पढने ? भनेर झन्डै पढन मानेनौ । मेरो रुचि यसमा थियो र तिमीलाई पनि यसै विषयमा तानेँ । अहिले हामी अन्तर्राष्ट्रिय स्तरका पशुपालन क्षेत्रको विशेषज्ञ मानिन्छौँ  । हामीले लेखेका पुस्तकहरू अधिकांश विश्वविद्यालयहरूको पाठ्य सामग्रीमा राखिएको छ । के यो हाम्रो मुलुककै गौरव होइन र ?”
“हो नि ।  कसले होइन भनेको छ र ?” तीनैजना मुस्कुराउँछन् । उनीहरूले प्राप्त गरेको व्यावहारिक, व्यावसायिक र वैज्ञानिक शिक्षाले  जीवन रमाइलो, आनन्दमय र सुखद बनाएको छ । शिक्षा वास्तवमा नै  महान् कुरा रहेछ— जीवनगुजाराका लागि एवं ज्ञान प्राप्त गरेर जीवन र जगत् बुझ्न अनि बदल्नका लागि । उपयुक्त शिक्षाले नै मुलुकलाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रको रूपमा  चिनाएको छ । हर क्षेत्रमा— विज्ञान, चिकित्साशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, भूगोल, व्यवस्थापन, वातावरण, आदि हरेक विषयहरूमा विश्वभरिका विद्यार्थीहरू यो मुलुकमा पढ्न आउछन् । उच्च शिक्षा प्राप्त गरेर आफ्नो देशको विकास र निर्माणमा सरिक हुन्छन् । यो देशप्रति उनीहरू सदैव नतमस्तक हुन्छन् ।

दिवास्वप्न— दुई

सिम्मारानी र सम्देन रसायनशास्त्रका महान् वैज्ञानिक भएका छन् । विश्वभरिका विश्वविद्यालय र सरकारहरूले उनीहरूलाई सम्मान र अभिनन्दन  गरिरहेका छन् ।
सन् २०२५ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार सयुक्त रूपमा सिम्मारानी र सम्देनले म्याडम म्यारी क्यूरी र पेरी क्यूरीले जस्तै प्राप्त गरेका छन् । यसरी उनीहरू नोबेल पुस्कार पाउने पहिलो नेपाली भएका छन् । इन्टरनेटमार्फत बधाइ दिँदा उनीहरूले भनेका कुरा दीपेश सम्झना गर्दै स्वाभिमानलाई भन्छ—“त्यो हाम्रो (तिम्रो र मेरो)  पनि योगदान हो रे । हामीले ती दुईलाई प्रेमसूत्रमा बॉधिन सहयोग ग¥यौ रे र उनीहरू दुई शरीर एक प्राण भएर रशायनशास्त्रको गहिराइमा यसरी डुबे रे कि मोती फेला पार्न सफल भए  । त्यो मोती प्राप्त गर्नमा हाम्रो पनि योगदान छ रे ।  तसर्थ हामी पनि बधाइका पात्र छौ रे ।”
“यो उनीहरूको महानता हो, मानिसहरू ठूला र नामी भएपछि आफ्ना  साथीहरूलाई बिर्सन्छन् ।” स्वाभिमान भन्छ— “हामीले के ग¥यौ र ? उनीहरूको लुकुवा प्रेमलाई प्रकटमा  ल्याइदियौँ  र प्रणयसूत्रमा बाँधिन मद्दत ग¥यौ“ ।  तर अहिले सम्झदा त्यो पनि मुलुकको लागि महान् कार्य नै हुन पुगेछ ।”
दुवैजना मन फुकाएर जोडले हॉस्छन्  हा...हा...हा... ।
स्वाभिमान भन्छ “मानिसहरू ९९ प्रतिशत अर्काको कुरा गर्र्नैमा समय व्यतित गर्छन् भनेझैँ  हामीहरू पनि अर्काकै कुरा गर्नमा समय बिताइरहेका छौँ  ।”
दीपेश भन्छ “सिम्मारानी र सम्देन अर्का होइनन् । हाम्रा अभिन्न मित्रहरू हुन् ।”
“हो । तापनि म यहाँ  किन आएको छु ? सोध्दैनौ ?”
“अवश्य सोध्छु । तर मैले सोध्नुभन्दा अगाडि नै तिमी भन्नेछौ । मेरो विश्वास हो ।”
दुवैजना फेरि हॉस्छन् ।
स्वाभिमान— “म प्रेमप्रस्ताव लिएर आएको हुँ  । मेरो छोरा साम्नोमिका लागि तिम्रो छोरी स्वजिताको हात माग्न आएको छु । उनीहरू दुवैको चार्टर एकाउन्टेन्ट पढ्दा भेट भएको र मन परापर भएको हो रे ।”
दीपेश— “मेरी छोरी स्वजिता तिम्री पनि हो । छोरी वा बुहारी जुन रूपमा भए पनि लैजान सक्छौ । तर मेरो एउटा सर्त छ ।”
“के सर्त हो तिम्रो ? अपठ्यारोमा  त पार्दैनौ  होला नि ।”
“सर्त भने पछि  सधैं अपठ्यारो नै हुन्छ ।”
“के हो त्यस्तो सर्त ?”
“सर्त हो ... मलाई भन्न अपठ्यारो भइरहेको छ ।”
“भन्न अपठ्यारो भइरहेको छ भने भरै भोलि फोनमा भन्न सक्नेछौ ।”
“होइन, होइन । त्यो सर्त फोनमा भन्ने नै होइन । अहिले नै छिनोफानो गरिहाल्नु पर्ने सर्त हो ।”
“भन, भनिहाल ! अधैर्य भइरहेको छु म ।”
“सर्त हो... हाम्रो मित्रता तिनीहरू जन्मिनुभन्दा अगाडिदेखिको हो । के त्यो मित्रता हामी तिनीहरूको सम्बन्धका लागि अन्त्य गर्न सक्छौ ।?”
“अन्त्यको कुरा कहॉ  भएको छ र, थप सम्बन्ध पो जोडने कुरा भएको हो ।”
“त्यही कुराको निम्ति मेरो सर्त हो ... हाम्रो मित्रता अन्त्य नहोस् भनेर म तिमीलाई साथी–सम्धी भन्नेछु ।”
“मञ्जुर छ,  हा...हा...हा...। तिम्रो रसिलो मजाकिया स्वाभाव अझै कायम रहेछ ।”
“ह...हा...हा..।” डॉडाकॉडा उनीहरूको निर्मल हॉसोले गुञ्जाएमान हुन्छ । हॉसो प्रतिध्वनित भएर आउँछ “हा...हा...हा...।”
.......
.दीपेशको कल्पनामा सम्देन जीवित छ । वास्तविक जीवनमा दीपेशले कल्पना गरेजस्तै सम्देनले रसायनशास्त्रको गुणस्तरिय उच्च शिक्षा साच्चै प्राप्त गरेको भए चुत्थो राजनीतिज्ञको पछाडि लाग्नु पर्दैनथ्यो र ऊ आज साच्चै बाँचिरहेको हुन्थ्यौ । पङ्गु शिक्षाले गर्दा फोहारी राजनीतिले  गोटी बनाएर उसको ज्यान लियो ! कठैबरा.. बिचरा सम्देन ... सम्देन!
दीपेशको ऑखाबाट ऑसु खस्छ ।

दिवास्वप्न— तीन

स्वाभिमान आफ्नो  नाम अनुसार नै स्वाभिमान बचाएर बॉचिरहेको छ । उसले खोलेको  परम सुखाश्रम (रिसोर्ट कम होटल) चोमोलोङ् माको काखमा अवस्थित छ । विश्वका धनी मानिसहरू त्यो सुखाश्रममा एक रात बिताउन पाउनु अहोभाग्य सम्झन्छन् ।
धनी मानिसहरू अचम्म अचम्मका कुराहरू गर्न र हेर्न रुचाउ“छन् । करौडौँ  डलर तिरेर अन्तरिक्ष यात्रामा जान्छन्, समुन्द्रमुनिको होटलमा बास बस्छन्, विश्वका आश्चर्यजनक सात वस्तु हेर्नु जस्तै विश्वको सर्वोच्च स्थानमा रहेको ‘सुखाश्रम’मा एक रात बिताउन लाखौं खर्च गर्न तयार देखिन्छन् । सुखाश्रममा बस्ने सौक पर्यटन फस्टाउने कारक तŒव भएको छ जुन देशको गौरवयोग्य कुरा हुन गएको छ ।
परम सुखाश्रममा के छ ? परम सुखाश्रममा के छैन ? प्रश्नसँग प्रतिप्रश्न उब्जिन्छ । मानिसहरूले चाहने सबैभन्दा ठूलो कुरा मनको तुष्टि, तृप्ति र आत्मीक शान्ति हो । त्यहॉको मनोहारी वातावरण, सौन्दर्य र एकान्तमा एउटा अचम्मलाग्दो अकल्पनीय मनको सन्तृप्ति, आत्मीक शान्ति र चरम सुख पर्यटकहरूले पाउ“छन्, परमानन्दित हुन्छन् । त्यहॉ  उनीहरूको मनको उडानले पनि विश्राम लिन्छ रे । त्यहॉ बस्दा शारीरिक असाध्य रोग र रोगको पीडा हराउँछ रे । हराइसकेको यौवन, शक्ति र स्फूर्ति प्राप्त हुन्छ रे । जीवन कहिल्यै अनुभव नभएको नयॉ  अनुभूत हुन्छ रे । त्यसैले त्यहॉ  एक रात बस्न लाखौं रुपियॉ  खर्च गर्छन् ।
त्यहॉ  नबजेको र कहिल्यै नसुनेको सङ्गीत सुनिन्छ रे, छालजस्तो कस्तो कस्तो तरङ्गले मन र शरीर उचालिरहेको छ भन्ने भान हुन्छ रे । त्यहॉ  के के छ र के के छैन ? थाहा हुँदैन रे तर मन तृप्त भइरहेको हुन्छ रे । कसरी त्यस्तो हुन सक्यो ?
प्रकृति रहस्यको भण्डार हो । कैयौँ  दसकको अनुसन्धान पछि भौतिक, आध्यात्मिक र प्राकृतिक रहस्यका अवयवहरूको मिश्रित प्रयोग गरिएकाले त्यहॉ  तन, मन र जीवनको अनुभूति अचेतन मनको लालसा जस्तो हुन्छ, त्यस्तै हुन्छ । कसरी त्यस्तो हुन्छ ? त्यो पनि रहस्य नै रहेको छ रे ।
जो कोही त्यहॉ  एक रात  बस्छन्, एउटा नयॉ  अनुभव, अनुभूति र अवर्णनीय सुख भोगेर तृप्त भएर फर्किन्छन् । त्यो रिसोर्टमा पुग्न विश्वभरका मानिसहरू लालायित छन् तर त्यसको भौतिक क्षमताले गर्दा सबै इच्छुकहरूलाई  धान्न सकिरहेको छैन । धेरै मानिसहरूको इच्छा पुगोस् भनेर त्यहॉ  एक पटक चौबीस घण्टा मात्र बस्न पाइने व्यवस्था गरिएको छ । मानिसहरू वर्षौ पालो पर्खेर त्यहॉ  आउँछन् र खुशीले गद् गद  हुँदै फर्कन्छन् ।
यसलाई पनि विश्वको आश्चर्यजनक कुराहरूको सूचीमा राख्न थालिएको छ ।

दिवास्वप्न— चार

शिक्षा र सिकाइलाई अत्यन्त महŒव दिएर ‘व्यावहारीक, व्यावसायिक र वैज्ञानिक शिक्षा’ शिक्षा क्षेत्रको राष्ट्रिय नीति बनेको छ ।  हरेक विषयका थुप्रै विश्वविद्यालयहरू सञ्चालन भइरहेका छन् । पचास प्रतिशत विद्यार्थीहरू स्वदेसी हुन्छन् भने पचास प्रतिशत बिदेशी विद्यार्थीहरू महँगो शुल्क तिरेर अध्ययन गरिरहेका छन् । नेपालमा शिक्षा प्राप्त गरेको विद्यार्थीलाई संसारभरि जहॉकही“ पनि स्वागत गरिन्छ  । नेपाल अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनेको छ ।
कुन विषयको नेपालमा पढाइ हुँदैन ? स्वास्थप्रद उपयुक्त जलवायु, सुन्दर र शान्त वातावरणमा हरेक विषयहरूको उत्कृष्ट पढाइ हुने भएकाले  संसारभरिका विद्यार्थीहरूको सपना  नेपालमा शिक्षा प्राप्त गर्ने रहेको छ ।
स्वदेसी विद्यार्थीहरू पनि  उपयुक्त शिक्षा र सिकाइ पाएर देशभित्र उत्पादनमूलक काममा संलग्न छन्, कोही स्वरोजगारीमा छन् भने धेरै शिक्षा, अनुसन्धान र बौद्धिक अभिवृद्धिका क्षेत्रहरूमा कार्यरत रहेका छन् । विदेशमा काम गर्न चाहेमा कुनैपनि देश काम दिन तयार छ ।
ठीक असल शिक्षा र सिकाइले मानवीय चरित्र ठीक र असल भएको छ । ठीक असल मानवीय चरित्रले ठीक असल राजनीति बन्न गएको छ । ठीक असल राजनीतिले ठीक असल सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक बनोट भएको छ  र फेरि ठीक असल बनोटले ठीक असल शिक्षा र सिकाइ ! जीवन सहज भएको छ । जीवन कसैलाई बोझ लाग्दैन । आनन्दमय, उल्लासमय र सुखद जीवन पद्धतिमा सबै खुशी छन्, रमाएका र अटाएका छन् । के खाऊँ ? के लाऊँ  ? समस्या छैन विदेशी मुद्राको राम्रो कमाइ छ । अन्तर्राष्ट्रिय व्यापार मुलुकको पक्षमा छ । प्रतिव्यक्ति आय  उच्च छ । विश्वकै अतिसम्पन्न मुलुकहरूमध्ये नेपाल पनि एक भएको छ ।
जति धेरै माग भए पनि ठूलो पैमानामा वस्तुहरूको उत्पादन गर्न नसक्नु सानो देशहरूको बाध्यता हो । तर उच्च स्तरका वैज्ञानिक, विशेषज्ञ, व्यवस्थापक, अर्थशास्त्री र विद्वानहरू पैदा गरिरहेकोले नेपालको छवि विश्वमा चोमोलोङमा जत्तिकै उच्च रहेको छ ।
विद्वत्ता उत्पादनमा कहिले मन्दी बेहोर्नु पर्दैन । विद्वान् कुन देशलाई चाहिदैन ? सबै देशहरू नेपालसँग सम्बन्ध विकास गरेर आफ्ना  नागरिकहरूलाई उच्च शिक्षा दिलाउन प्रयत्नशील छन् । नेपाल जल–विद्युत् जस्तै कहिल्यै नसिद्धिने विद्वत्ता व्यापारबाट सदैव सम्पन्न र विकसित भइरहनेछ भन्ने अर्थशास्त्रीहरूको भनाइ अतिशयोक्तिपूर्ण छैन ।

*    *    *
डा. नायुमा र डा. पल्पसाले खोलेका ‘हिमालयन ग्लोवल हस्पिटल’ पनि विश्व प्रसिद्ध छ । उच्च हिमाली परिवेशमा चारैतिरबाट धुपी, सल्ला र हिमाली बोटबिरुवाहरूले  धेरिएर रहेको विसाल फॉटमा फैलिएको अस्पतालमा असाध्य रोगहरू क्यान्सर, एचआईभी एड्स, मधुमेह, हेपाटाइटिस, उच्च रक्तचाप, मुटु, कलेजो र मृगौलाका रोगहरू पनि निको पारिन्छन् । मृत्युको मुखमा पुगिसकेका रोगीहरूले त्यहॉ  पुनःजीवन प्राप्त गरिरहेका छन् ।
त्यहॉ  चिकित्साशास्त्रको पढाइ पनि हुन्छ । त्यहॉ उत्पादन भएका उच्च दक्ष जनशक्ति डाक्टर, नर्स, रेडियोलोजिस्ट, ल्याब टेक्नालोजिस्ट र अन्य जनशक्ति विश्वका प्रमुख अस्पतालहरूमा पुगेर काम गरिरहेका छन् ।
त्यो अस्पतालमा उपचार गर्ने इच्छा संसारभरिका रोगीहरूको रहेको छ । त्यो अस्पतालले ठूलो विदेशी मुद्रा कमाएर कुल गार्हस्थ्य उत्पादनमा राम्रो योगदान गरिरहेको छ । स्वास्थको क्षेत्रमा त्यो अस्पताल चमत्कारै हो— त्यहॉ  निको भएका रोगीहरू भन्ने गर्छन् ।
त्यो अस्पतालमा सबै विभागहरू छन् । फार्मास्युटिकल विभागले औषधि क्षेत्रमा अनुसन्धान, शोध र आविष्कार गरिरहेको छ । दुर्लभ जडिबुटी (यार्सागुम्बु, पाचऔले, विखुमा, चिराइतोआदि ), वनस्पति र रसायनबाट अनेकौं रामवाण औषधिहरूको उत्पादन भइरहेको छ । औषधि निर्माणमा आदिवासी जनजातीहरूको प्राचिन कालदेखि चलिआएको पद्धतिलाई पनि प्रयोग गरिएको छ । विश्वभरि ती औषधिहरू निर्यात गरिन्छन् ।
*   *   *
मतवाली आदिवासी जनजातिहरूले पनि आफूलाई पछाडि पार्ने जाड–रक्सीलाई नै आम्दानीको स्रोत बनाएका छन् । आदिवासी प्राविधिको मर्चा र आदिवासी जॉड बनाउँने विधि प्रयोग गरेर  असोजको फूल, फलफूल, कोदो, मकै, गहुँ , फाफरआदिको  उच्च स्तरको जॉड उत्पादन भइरहेको छ । त्यो जॉड अत्यन्त सूक्ष्म प्रकारले डिस्टिल्ड गरिएपछि आकर्षक बट्टामा प्याक गरेर विश्व बजारमा  बिक्रीका लागि पठाइन्छ । शुद्ध होम मेड ‘उम्मा’ जॉड र ‘हेङ् मावा’ रक्सी विश्व बजारमा अत्यन्त लोकप्रिय भएको छ । मागअनुसार पूर्ति हुन नसकेकोले  मूल्य आकासिएको छ । चर्को मूल्य तिर्न सक्नेले मात्र उपभोग गर्न सक्ने भएकोले धाकरवाफ देखाउ“न परेमा ती रक्सी र जॉड उपभोगमा ल्याइन्छन् ।
पहाडी डॉडा, थुम्का, खोल्सा जताततै रङ्गिचङ्गी फूलहरू फुलिरहेको दृश्य देख्दा कविता फुर्न  थाल्छ । खाली ठाउ“ छैन । सबै क्षेत्र हरियाली र फूलहरूले ढकमक्क छ । भ“मरा, मौरी, पुतली, चराचुरुङ्गीहरूको कलरव र चहकले वातावरण रमाइलो बनाइरहेको छ ।
 वातावरण संरक्षण, मौरी पालन, च्याउँ  खेती,  अळैँची खेती र जडिबुटी खेती सफल भएको छ । यस देशको उच्च स्तरको अत्तर र मह  विश्व बजारमा हाताहात बिक्री भइरहेको छ ।
सम्पन्नताले सभ्यता, सहिष्णुता, ठीक असल सिकाइ र सदभाव ल्याउँछ । राष्ट्रिय सम्पत्ति थोरै हुँदा ‘तलाईँ –मलाई, तेरो–मेरो’ सम्पत्तिमा लुछाचुँडी हुने हो, जातीय वैमनस्य हुने हो, गृह कलह हुने हो । सम्पन्न नेपालमा सद् भाव छ । विदेशीहरूले खेल्न चाहदा पनि गोटी हुने मान्छे पाउँदैनन् । गरिबीले गर्दा सयौँ   वर्षसम्म फुटाइएका, खेलाइएका देशवासीहरू एक ढिक्का भएका छन् । राष्ट्रिय एकता बलियो भएको छ ।
नेपालीहरू विश्वमा जहॉ  जाऊन्, मान सम्मान छ । अब उनीहरू ‘कुल्ली, दरवान, कान्छा, बहादुर, भाडाको सिपाही’ होइनन् । महान् वैज्ञानिक, लेखक, दार्शनिक, प्रोफेसर, डाक्टर, इन्जिनियर, वकिल, अर्थशास्त्री, रेडियोलोजिस्ट, बोटानिस्ट, बायोलोजिस्टआदि विद्वानहरू हुन् । अनुशासित, शिक्षित, सभ्य, इमानदार र सम्पन्न नेपालीहरूलाई विश्वभरिका मानिसहरू सम्मान गर्छन् र स्वागत गर्छन् ।
विकसित सुन्दर, शान्त, समुन्नत, सम्पन्न र सफल नेपालको निर्माण भएको छ ।
त्यो नेपालमा जन्मन पाएको भए......दीपेश कल्पना गर्छ । लक्ष्मीप्रसाद देवकोटा ‘लेख्ने बानी’मा लेख्छन्—‘मलाई गरिब हुनाको तिक्तताले बारम्बार सताए पनि आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थे ।’ साधनाको उच्च बिन्दुमा पुगेको बेला उनी भन्छन्— ‘म शब्दलाई देख्तछु, दृश्यलाई सुन्दछु, बास्नालाई स्वाद लिन्छु । आकाशभन्दा पातला कुरालाई छुन्छु ।’ त्यस्तै सरण राई पनि ‘कल्पनाको आकाश’मा लेख्छन्— ‘यथार्थमा डढेलोले पिल्सिएर मन, मुटु र मगज थिल्थिलो भइरहेको बेला पनि कञ्चन, सुमधुर र मनोरम आनन्दी र शीतलता प्रदान गरिरहेको हुन्छ— कल्पनाले । .... जति धेरै कल्पना गर्न सकिन्छ, गरे हुन्छ ।.... कल्पनाको सुन्दर संसारमा क्षणभर रमाउँदा के नोक्सान होला र ?’ कल्पना गर्न पाउनु मानिसको नैसर्गिक अधिकार हो र त्यही अधिकार दीपेश  प्रयोग गरिरहेको हुन्छ । तर फेरि, बिचरा यथार्थमा ओर्लन्छ .... ।









यथार्थ दृश्य

“स्वाभिमान, धेरै दिन पछि आयौ ?” दीपेश खुशी हुँदै सोध्छ ।
“हो, धेरै दिनपछि ।” स्वाभिमान जवाफ दिन्छ, “म तिमीलाई सधैं भेट्न चाहन्छु । जब जब म दोधार, दुबिधा र मानसिक संकटमा हुन्छु, तिमीसित सल्लाह लिने गर्दछु । तिमीलाई थाहै छ ।”
दीपेश— “हो, तर अहिले के त्यस्तो संकट छ ?”
स्वाभिमान— “बताउनेछु र आशा गर्दछु उचित सल्लाह दिनेछौ ।”
“म पहिलेको ‘दीपेश’ रहिनँ  । धमिराले खाएर जीर्ण भइसकेको रूखझैँ  जर्जर भइसकेको छु । म सायद तिमीलाई कुनै सल्लाह दिन सक्तिनँ  ।”
“किन त्यसो भनिरहेका छौ ?”
“म सब बताउनेछु ।”
“हुन्छ, बताऊँ  । जहिले पनि मेरो बेलिबिस्तार सुन्थ्यौ र सल्लाह दिन्थ्यौ । आज तिम्रो सब आत्मवृतान्त सुन्नेछु र सम्भव भए केही सल्लाह समेत दिनेछु ।”
“जब हामी फोहोरी राजनीति र नेताको पिछलग्गु हुन पुग्यौँ  । सायद त्यो हाम्रो  जीवनको गम्भीर र अक्षम्य गल्ती थियो ।”
“त्यो कसरी ?”
“म बताउनेछु ।”

दृश्य — एक

 “न्यून  तलब लिएर निजी बोर्डिङ्ग स्कूलमा आधी पेट खाएर काम गरिरहेका हामी सुखी थियौँ  । असन्तोषी भएर ठूलो भाग खोज्न हामीले जब नेताको पछि लागेर फोहोरी राजनीतिमा भाग लियौँ , हाम्रो जीवन बर्बाद भयो । गन्तव्य भुलेका हामी कर्तव्यच्यूत भयौँ  । सम्देनको त मृत्यु नै भयो । हामी पनि मरेतुल्य भयौँ  ।”— दीपेश भन्छ ।
स्वाभिमान सोध्छ— “त्यो कसरी ?”
दीपेश अगाडि बढेर भन्छ— “म बताउनेछु । तिमी धैर्य गरेर सुन । म कसरी यस्तो भएँ , सविस्तार वर्णन गर्नेछु ।....म कलाकमलावतीको चुनाव क्षेत्रका लडाकु दस्ताको प्रमुख भएर गएको तिमीलाई थाहा छ । मेरो कलाकमलावतीप्रति आकर्षण, आसक्ति र अदृश्य प्रेम भएकैले मैले तिनको लडाकु दस्तामा बस्न मञ्जुर गरेको थिएँ  । तिनको सामीप्य पाउँदा म रोमान्चित हुन्थे । तिनी पनि बढी भन्दा बढी समय मसँग बिताउन रुचाउथिन् । तिनको र मेरो बीचमा भएका सबै कुराहरू आज म तिमीलाई बताउँनेछु ....
चुनाव अवधिभरि जतिजति म तिनको नजिक हुन चाहन्थे, तिनी टाढाटाढा भइरहेकी हुन्थिन् । आफैभित्र हराएकीजस्ती देखिन्थिन् । एक पटक हामी दुईजना मात्र भएको अवसरमा म आÏनो मनको कुरा भन्छु—“म तिमीलाई प्रेम गर्छु र विवाह गर्न चाहन्छु ।”
“त्यस बारेमा पनि पछि नै कुरा गरौँला ।”
“हुन्छ म प्रतीक्षारत रहनेछु ।”
“मुटु द¥हो बनाई राख । अहिले यति मात्र म भन्न सक्छु ।”— तिनले रुँला रुँलाझैँ  गरी भनेकी थिइन् ।
भीरनागी गाउँ  पुग्नु थियो । त्यस गाउँमा खासै हाम्रा समर्थकहरू थिएनन् । तर त्यहाँ  हामी पुग्दा सयौं मानिसहरू भेला भएर पर्खिरहेका थिए । परिचय भयो । गाउँका ठूलाबडा, युवक युवतीहरू, महिला–पुरुष समान रूपमा उपस्थित थिए ।
“हाम्रो पार्टीका प्रतिभावान्, योग्य, इमानदार र युवा उम्मेद्वार कलाकमलावती उहॉ  हुनुहुन्छ |”— म परिचय गराउँछु । दुई हात जोडेर तिनी मन्दमन्द मुस्कुराउँदै अगाडि बढ्छिन् । दुई लहरमा उभिएका धेरैजसोसँग हात मिलाउँछिन् । एकजनाले माला र खादा पहिराउँछ र गगनभेदि नारा घन्कन्छ— ‘हाम्रो पार्टी— जिन्दावाद ! जिन्दावाद !!’
‘मत कसलाई— कलाकमलावतीलाई ! कलाकमलावतीलाई !! ’
वातावरण चुनावमय बन्छ । एउटा अग्लो स्थानमा केही गुन्द्रीहरू बिछ्याइन्छ । गन्यमान्य जन, कलाकमलावती र म बस्छौँ  । केही सामान्य औपचारिकतापछि उम्मेदवार भाषण गर्छिन् —“.....आज देशलाई नयॉ  ऊर्जा, नयॉ  गन्तव्य र नयॉ  उचाइ चाहिएको छ । त्यसका निम्ति असल, इमानदार सरकार गठन हुनु जरुरी छ । इमानदार र असल सरकार हाम्रो पार्टीले बहुमत ल्याए मात्र  बन्न सक्छ...।”
टेप रिकर्ड गरिराखेझैँ  सबै कार्यक्रमहरूमा दिइने एकै प्रकारको झर्कोलाग्दो भाषण । भाषण, नयाँ  कुरो नै के हुन्छ र ? तर पनि भाषण गनै पर्छ, सुन्नैपर्छ । मतदाता वा जनता पनि कहाँ  लाटा छन्  र ?! सुनेजस्तो गर्छन्, ताली पिट्छन् ‘जिन्दावाद’को नारा पनि लाउँछन् । हाम्रो समर्थक नभएको त्यो गाउँमा त्यति धेरै मान्छे जम्मा हुनु हामी उपलब्धि ठानी रहेका हुन्छौँ  ।
त्यसै भेलामा ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति बनाइन्छ । हामी मक्ख पर्छौँ  । समितिका सभापति हाम्रो उम्मेदवारलाई जिताउने प्रतिबद्धता व्यक्त गर्छन् । हामी ढुक्क हुन्छौँ  र फर्किन्छौँ  । भोलिपल्ट विरोधी दल त्यो भीरनागी गाउँमा पुग्यो रे र हामीले बनाएको सबै समिति त्यो दलको चुनाव प्रचार समितिमा बदलियो रे । पर्सि पल्ट फेरि हामी दल बल सहित पुग्छौँ  । सबैलाई भेला गराउँछौँ  ।
सभापति बडो नम्र भएर भन्छन्— “त्यो समिति गाउँको प्रतिनिधित्व गर्ने समिति हो । जुन दलले विकास निर्माणमा सघाउ“छ, भोट त्यसैलाई दिन्छौँ  ।”
‘स्कुल जीर्ण छ, फुटबल ग्राउन्ड छैन । पुस्तकालय छैन । हेल्थ पोस्ट बन्द छ । गरिबहरू भोकभोकै छन् ।’ —अर्को सदस्य थप्छन् ।
‘त्यसको व्यवस्था हुनेछ ।’ —कलाकमलावती भन्छिन् ।
म सभापतिलाई एकान्तमा लान्छु र एक लाख रुपियाँको थैली टक्¥याउँछु । सभापति प्रसन्न हुन्छन् । दस बोरा चामल सबैको सामुन्ने नै झारिन्छ, सबै मतदाताहरूको मुख तेजोमय देखिन्छ । तामा, तुलसी र दूबो छोएर सबैले किरिया खान्छन्— ‘गाउँको भोट सबै तपाईँलाई ..।’
‘हाम्रो पार्टी — जिन्दावाद ! जिन्दावाद !! ’
‘वीराङ्गना कलाकमलावती — जिन्दावाद ! जिन्दावाद !!’ नाराले गाउँ घन्किन्छ ।
 तिहारमा नफुलेको तर हाल फुलेको सयपत्रीको माला उम्मेदवारलाई लाइदिन्छन् । एउटा गाउँ  फत्ते गरेर हामी सहर फर्कन्छौँ  ।
बाटामा म सोच्छु — ‘हामी कहाँ  छौँ  ? यसरी चुनाव जित्नेले के देश बनाउला ?’ चुनाव जसरी भएपनि जित्नै पर्छ— पार्टीको निर्देशन थियो । धन, बल, छल जेजे हुन्छ सब प्रयोग गरेर जित्नैपर्छ ।
*   *   *
चुनाव भइरहेको छ । प्रत्येक बुथहरूमा भ्याई नभ्याई कार्यकर्ताहरू परिचालन गरिएको छ । उम्मेदवार र म बढीभन्दा बढी बुथमा पुगिरहेका छौँ  । प्रचार गर्न नपाए पनि ‘नमस्ते’ त गर्न पाइन्छ नै । कतै धाँधली त भइरहेको छैन ? के भइरहेको छ ? रिपोर्ट आइरहको छ । विशेष परिस्थिति सिर्जना भएमा कलाकमलावती र मलाई तत्काल निर्णय गरेर कार्यान्वयन गर्ने अधिकार हाइकमान्डले दिएको छ ।
१ देखि ३० नं.का बुथहरूमा हाम्रो मत बढी आइरहेको छ  । उल्टो चिन्ह भएको मत दिने छाप, मसी लतपतिने र उडने रसायन छापदानीमा कतै विरोधीहरूले राख्छन् कि भनेर कार्यकर्ताहरूलाई चङ्खो बस्न निर्देशन दिइएको छ । हाम्रो पार्टी कमजोर भएको ३५देखि ४० नं.का बुथहरूमा  कम मत खस्ने वातावरण तयार गरिएको छ  ।  ४५ नं. बुथको चुनाव चाहीँ  लडाई झगडा को कारणले बिथोलियो । पुनः मतदान हुने भएको छ ।
चुनाव !  चुनाव !! नभई नहुने लोकतान्त्रिक प्रक्रिया वा पद्धति । चुनावले ठीक मान्छे छान्छ भन्ने भ्रम छर्न पनि चुनाव चाहिन्छ । सरकार वा सत्ता कब्जा गर्न अथवा जनतालाई शासन गर्ने अधिकार लिन वा सुम्पन पनि चुनाव चाहिन्छ । चुनाव ... सोझा मतदाताहरूका लागि रमाइलो उत्सव ! नयॉ आशा, उत्साह, ऊर्जा थप्ने साधन । नेताहरूको लागि फलामको चिउरा तर उनीहरू चपाउन खप्पिस हुन्छन् । चुनाव कसरी जितिन्छ भन्ने उनीहरूलाई थाहा हुन्छ र चुनाव जित्छन् ।
चुनाव सकिन्छ । मतगणना हुन्छ । कलाकमलावतीले चुनाव जितिन् । म पनि प्रसन्न हुन्छु ।

दृश्य— दुई
दीपेश— “चुनाव सकिएपछि मलाई फुर्सदैफुर्सद हुन्छ । म साहित्य अध्ययनमा डुब्छु । साहित्यले मानिसलाई कति आनन्द र मार्ग निर्देशन गर्न सक्छ भन्ने अनुभूति मलाई हुन्छ । नयाँ  सरकार बन्छ । नेता मन्त्री हुन्छन् । म नयाँ  सिराबाट जीवनको थालनी गर्ने कुरा सोचिरहेको हुन्छु । अँ , तिमी मेरो कुरा सुनिरहेका छौ ?  तिमी हिजो अस्ति कहॉ  थियौ । फोन सम्पर्क पनि गरेनौ ।”
स्वाभिमान— “सब बताउनेछु । बताउन र सल्लाह लिन आएको छु । तिम्रो कुरामा रोकावट आउला भनेर चुपचाप एकाग्र भएर सुनिरहेको छु ।”
दीपेश— “तैपनि  तिमी केही बेर तिम्रा कुराहरू पहिला बताऊँ  ।”
स्वाभिमान— “चुनाव सकिएपछि नेताले मलाई आफ्नो  घरमा बोलाए र सोधे ‘के माग्छौ ?’ के माग्ने ? म जिल्लाराम भइरहेको बेला उनले नै अट्टहास गर्दै एउटा सानो कागतमा केही लेखेर दिए र मलाई एउटा व्यापारी भेटन भने । म व्यापारीलाई भेटन गएँ , पत्र पढिसकेपछि ब्यापारीले मलाई हातेझोला दिए । त्यो झोला लिएर फेरि म नेताकहाँ  नै गएँ  । नेताले पुनः हॉस्दै त्यो झोला मेरो लागि हो भन्ने बताए । मैले झोला कोठामा लिएर गएँ  र हेरेँ  । झोलाभित्र सात लाख रुपियाँ  थियो । न हर्ष, न विस्मात ! म त्यतिबेला एकोहोरिएको थिएँ  । त्यो रकम मेरो पारितोषिक थियो कि उपहार–बक्सिस ? म त्यो रुपियाँ  तह लगाउन गाउँ  गएँ  । तर त्यहॉ  पनि मलाई शान्ति भएन । सम्देनको मृत्युले मेरो मनको आधा पाटामा पहिरो गएको थियो । त्यो भरिन सकेन । म तिमीलाई सम्झेर कल्पिन्थे । अहिले गाउँबाट आइपुगेको छु र तिमीलाई भेट्न आएको छु ।”
दीपेश— “ठीक ग¥यौ । म पनि मनको पहिरो थाम्न नसकेर विचलित भइरहेको छु । पि“चराको सुगाझैँ  ‘कोसित पोखुँ  मनको ताप’ भइरहेको छु । अब फेरि तिमीलाई मेरो कथाको तरङ्गमा बगाउन चाहन्छु ।”
स्वाभिमान— “तिमी आत्मीय अनन्य मित्र हौ । निस्सङ्कोच, निस्फिक्री सुनाउन सक्नेछौ ।”
दीपेश— “त्यो दिन बिदाको दिन थियो । अचानक मेरो मोबाइलको घण्टी बज्यो । हेरेँ , कलाकमलावती थिइन्, भनिन्—‘मलाई भेट्न आउनु ।’ म नजाने कुरै थिएन । म त यस्तै आमन्त्रणको पर्खाइमा थिएँ  ....
म तिनलाई सोध्छु— “तिमीलाई एउटा कुरा सोध्न चाहन्छु ।”
“सोध । के कुरा हो ?”
“कुरा हो विवाहको । म तिमीसँग विवाह गर्न चाहन्छु ।’
तिनी जवाफ दिन्छिन्— “क्याम्पस जीवनदेखि नै तिमी मेरा लागि प्रिय थियौ । तिमीलाई प्राप्त गर्ने मेरो अदृश्य अभीष्ट थियो । समय व्यतीत हुँदा त्यो इच्छा झन्झन् बढिरहेको थियो । तर तिमीहरूको गलत ढङ्गको प्रस्तुतिले त्यो इच्छामा तुषारापात भयो ।  त्यतिबेला तिमीले एकान्तमा प्रेमप्रस्ताव राखेको भए सहर्ष स्वीकार गर्ने थिएँ  । तर अब सक्तिनँ  ।”
‘‘अहिले चाहीँ  के बिग्रेको छ र ?’’ —म सोध्छु ।
“अहिले र त्यतिबेलाहरूमा आकाश र पाताल जतिको फरक छ । त्यतिबेला म पवित्र कुमारी कलाकमलावती थिएँ  ।” तिनी भन्छिन्—“ त्यतिबेलाको कलाकमलावती र आजको कलाकमलावतीमा आकाश र पातालको फरक छ । नोकरीका लागि तिमीहरूले जस्तै हामीले पनि धेरै कोसिस गर्यौँ  । व्यापार, उद्योग, व्यवसाय केही जानिएको थिएन । हामी चुत्थो नेताको चुत्थो कार्यकर्तामा परिणत भयौँ  । देख्दा राजनीतिमा संलग्न देखिन्थ्यौ । राजनीति पनि बुझेका थियौँ  । देशसेवा गर्ने स्वच्छ, पवित्र र कञ्चन राजनीति छैन भन्ने पनि बुझेका थियौँ  तर परिस्थितिको चेपुवामा परेर फोहोरी राजनीति गर्न थाल्यौँ  । राजनीति गरे पछि चुनावमा उठ्नै प¥यो । उम्मेदवार हुन टिकट पाउनु प¥यो, नेताको चाकडी गर्नै पर्यो । चुनावमा उठेपछि जित्नै प¥यो । कसरी मैले पनि चुनाव जितेको छु तिमीलाई थाहै छ ...
“चुनाव आइरहेको बेला मैले पनि टिकट माग्न नेताको घर धाउन थालेँ .। नेताको घर धाइरहेकी मलाई उनको छोराले देखेछन् । मन पराएछन् । मसित विवाह गर्ने अड्डी छोराले लिन थालेपछि उनले मलाई बुहारी बन्ने सर्तमा उम्मेद्वारको टिकट दिए । टिकट दिनुभन्दा अगाडि नै उनको छोरा र मेरो मगनी पनि गरे । अब मेरो मगनी भइसकेको हुँदा म तिम्रो प्रस्ताव स्वीकार गर्न सक्दिनँ  । ....प्रेम शारीरिक सम्बन्धमा मात्र आधारित हुँदैन । त्याग, सदभाव, सहयोग र मित्रता पनि प्रेमको.एउटा रूप हुन्छ । त्यस्तो प्रेम म तिमीलाई जीवनभरि गरिरहनेछु ।”
उनी अझ अरु के के भनिरहेकी थिईन् । संसारको सारा उत्साह, आनन्द, माया, मोह, प्रेम, विश्वास, समर्पण, बलिदान, अथवा जीवन भोग्न चाहिने सब तत्व–वस्तुहरू मभित्र लोप भइसकेका थिए । म कसरी तल झरेँ , कसरी बाहिरिएँ  र कसरी कोठामा आईपुगेँ — मलाई केही थाहा भएन ।
यो जीवनमा आफूले मन पराएको केटी कलाकमलावती पाउन सकिएन । थकथकाउनु र चुकचुकाउनु बाहेक म के गर्न सक्छु र ?!
*   *   *
दीपेश आफ्ना  कुराहरू भनिसकेपछि निकै बेरसम्म भावुक हुन्छ । चुपचाप टोलाइरहन्छ र ऑखामा जम्न खोजेको ऑसु ऑखा चिम्मचिम्म गरेर ऑखैमा सुकाउँछ ।
दीपेश— “म अब त्यो नेताको दलमा बस्न सक्तिनँ । हामी तीन जनाले सोचेको जस्तो परिवर्तना, डा. सौन्दर्या, जमानसिंह आदिले स्थापना गरेको ‘ठीक असल राजनीति’को सिद्धान्तमा आधारित नयॉ  दल छ । त्यस दलमा कलाकमलावती, सिम्मारानी र अरू हाम्रा युवा साथीहरू पनि आउने भएका छन् । तिमी पनि आउनेछौ भन्ने आशा गर्दछु ।”
स्वाभिमान— “बिचार गर्नेछु । मलाई केही समय देऊ !”
समयक्रममा स्वाभिमान र कलाकमलावती त्यस दलमा आएनन् । तर सिम्मारानी भने त्यो दलको सक्रिय नेतृ हुन्छिन् । स्वाभिमानको मानसिक धरातलमा एचआईभी एडसको जस्तो बेइमानी, भ्रष्टाचार र बिना परिश्रमको सजिलो कमाइ धनको भाइरस प्रवेश गरिसकेको अनि त्यो भाइरस झन्झन् डरलाग्दो किसिमले बृद्धि भईरहेको हुँदा फोहारी राजनीतिभित्रै ऊ अल्झिएर रहेको हुन्छ । त्यहॉबाट मुक्त हुन उसलाई जीवनपर्यन्त समय लाग्छ ।
*   *   *
दीपेश— “हाम्रो यो सर्व विकास निर्माण पार्टी (स.वि.नि.पार्टी) समयसापेक्ष छ । पुराना दलहरूमा एचआईभी एड्सको भाइरसजस्तै बेइमानी, भ्रष्टाचार, निहित स्वार्थीपन, राष्ट्रघात, धोकाधडी, विश्वासघात, षड्यन्त्र, पाखण्डपन, निर्लज्जता, सिद्धान्तहीनता आदिजस्ता भाइरसहरू प्रवेश गरिसकेको छ र झन्झन् बढदै गईरहेको छ । त्यसले गर्दा ती दलहरू जनहीत र राष्ट्रहीतका अग्रगमनकारी भूमिका निर्वाह गर्न नसक्ने भएका छन् । मुलुकको बर्तमान आवश्यकता अनुसार अग्रगमनकारी नयाँ  राजनैतिक शक्तिको रूपमा स.वि.नि.पार्टीको उदय भएको छ । नयॉ राजनैतिक शक्तिको नेतृत्व हाम्रो दलले गर्नेछ । हाम्रो दल ‘ठिक असल राजनीति’को सिद्धान्तमा आधारित  राष्ट्र र जनताको हीत गर्ने एवं ‘बसुधैव कुटुम्बकम्’मा विश्वास गर्ने एवं विश्व शान्तिको स्थायित्वका लागि सक्रिय रहने दल हो । यसलाई हुर्काउन, बढाउन र शक्तिशाली पार्न हामी सबैले दिलो ज्यानले लाग्नु पर्ने भएको छ .... ।”
सिम्मारानी— “हो । त्यसका लागि म थोत्रो पुरानो फोहोरी राजनीतिमा आधारित दल त्यागेर यो दलमा आएकी छु । सम्देनको सपना पूरा गर्न यो दल सफल हुनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।”
जयेन्द्र, कुलमर्दन, नायुमा, पल्पसा, हाङ्गमा, महबुल, पेम्बा र अन्य धेरै युवाहरू सहमत हुन्छन् । तिनीहरूले मनमनै सपथ लिएका छन्— नयाँ  अग्रगमनकारी शक्तिको उदय गराएर हामी देशको मुहार फेर्नेछौँ  । देशवासीहरूको अनुहारमा मुस्कान ल्याउनेछौँ  ।  देशलाई सुन्दर, शान्त, समुन्नत, समृद्ध र सफल बनाउनेछौँ  ! सुन्दर, शान्त, समुन्नत, समृद्ध र सफल राष्ट्र बनाउनेछौँ !!
*   *   *

“दीपेश, अझै म तिमीलाई माया गर्छु, आई लभ यु ...शारिरीक रूपमा म तिमीलाई प्राप्त गर्न सक्तिनँ , चाहन्नँ  । तिमी पनि मलाई प्राप्त गन सक्तैनौ तर म आत्मीक प्रेमका साथ सधैँ  तिम्रो साथ रहनेछु । तिम्रो जीवनमा उन्नति प्रगति होस् भन्ने चाहन्छु ।” कलाकमलावती भावुक भएर उद्गार पोख्छिन् ।
दीपेश पनि भावुक तरङ्गमा बग्दै भन्छ— “म पनि तिमी सुखी भएको हेर्न चाहन्छु । अझै पनि तिमी चाहन्छौ–मान्छौ भने म तिमीसँग विवाह गरेर जीवन बिताउन तयार छु ।”
“मेरो तात्पर्य म तिम्रो जीवन फलेफुलेको, सप्रेको हेर्न चाहन्छु ।”
“त्यो कसरी सम्भव छ ? जबकि मनको अतुल गहिराइदेखि प्रेम गरेको तिमी प्राप्त नभएपछि.....”
“मजस्तै मलाई प्राप्त गरेर जीवन अगाडि बढाऊँ — मेरो अनुरोध छ ।”
“म त्यस्तो सोच्न सक्तिनँ  ।”
“के तिमी आजीवन अविवाहित बस्छौ त ?”
“बस्न सक्छु ।”
“तिमी मलाई वास्तविक र चोखो प्रेम–माया गर्छौ भने मैले भनेको मान । मैले भनेको केटीसँग विवाह गर ।”
“तिमी बाहेक अरू केटीको बारेमा  सोच्न सक्तिनँ  ।”
“सम्झ, त्यो म नै हुँ  ।”
“त्यो कसरी सम्भव हुन्छ ।”
“सम्भव छ । सम्भव भएरै कुरा गरिरहेकी छु । मेरी बहिनी कोपिलाकलावती रूप, सौन्दर्य बोली–व्यवहार हरेक कुरामा मजस्तै छे ।”
“तर ऊसित मेरो प्रेम छैन ।”
“उसको भने तिमीसित प्रेम छ ।”
“तिमी बनावटी कुरा गरिरहेकी छ्यौ ।”
“होइन, म सत्य कुरा गरिरहेकी छु । धैर्य गरेर सुन । मेरो मगनीको सम्पूर्ण कुरा तिनलाई बताएँ , तिनी पनि रोइन् । म आफ्नो  लागि भन्दा पनि तिम्रो लागि धेरै रोएँ  । तिम्रो नाम लिएरै रोएँ  ।”
“तिमी रुनु र तिम्री बहिनी रुनुमा के सत्य कुरा छ ?”
“छ, छ । तिमी मलाई प्रेम गर्छौ  भने मैले भनेको मान्छु भनेर बाचा गर ।”
“तिम्रो लागि म जे पनि गर्न तयार छु । यो मेरो बाचा भयो ।”
“उसो भए तिमी मेरी बहिनी कोपिलाकलावतीसँग विवाह गर ।”
“तर, मेरो उसित प्रेम छैन ।”
“ऊ तिमीसित प्रेम गर्छे । मैले जति तिमीसित प्रेम गर्न चाहेकी थिएँ  त्यति नै ऊ तिमीलाई प्रेम गर्छे । तिमी जब मकहॉ आउँथ्यौ ऊ तिमीप्रति आकर्षित भएकी थिई । त्यतिबेलादेखि नै तिमीलाई उसले भित्रभित्रै एकतर्फि प्रेम गर्न थालेकी थिई । तर दिदिको प्रेम खोसेर लिन सक्दिन थिई । मैले जब मेरो सब हाल बताएँ , ऊ तिमीसित विवाह गर्न राजी छे ।”
“तर म राजी छैन ।”
“तिमीले बाचा गरिसकेका छौ । मानेनौ भने मेरो हत्या गरे सरह हुनेछ ।”
“तिमीले जोरजबर्जस्ती उसलाई फकाएका फुस्लाएका हौलाऊ ।”
“होइन ऊ आफ्नै  राजी खुशीले हो । सायद ऊ तिम्रो र मेरो प्रेमको रापले मोमझैँ  पग्लेकी, मोमबत्तीझैँ  बलेकी हो उज्यालाका लागि....।”
कालान्तरमा दीपेश र कोपिलाकलावतीको विवाह हुन्छ । तिनीहरूका छोराछोरीहरू पनि जन्मन्छन् ।
प्रेमको रूप जानी नसक्नु हुन्छ । आफू विलीन भएर, तुरिएर भए पनि आफ्नो  प्रेमी वा प्रेमिकालाई सुख दिन चाहनु प्रेमको चरित्र रहेछ । प्रेम पाउन सकिएन भने पनि त्याग्न सकिदैन । अतृप्त प्रेमको ज्वालाले  पोलिरहेकै हुन्छ, सहनै पर्ने हुन्छ ।
त्यस्तै प्रेम त्रिकोणको एक एक कुनामा कलाकमलावती, दीपेश र कोपिलाकलावती उभिएर, ठडिएर वा बसेर प्रेमको ज्योति बालिरहेका छन् वा प्रेमको ज्वालामा जलिरहेछन्, बलिरहेछन् । प्रेमको धरतीलाई आलोकित पारिरहेका छन् आफैँ  बलेर भए पनि उनीहरूले.....!












अध्याय— तीन
उडान मनको : परिधि प्रेमको




                           कटु यथार्थ


स्वाभिमानको मनमा फोहोरी राजनीतिप्रति नै वितृष्णा पलाउँछ । अब के गर्ने ?
उसको पुरानो कोरिएको पथ–चिन्ह मेटिसकेको छ । नयॉ  बाटोको खोजीमा उसको मन तुलबुलिन थालेको हुन्छ ।
“नयॉ  बाटो ! मानव कल्याणको बाटो ! स्वार्थपरस्त निहित स्वार्थीहरूको भन्दा फरक बाटो, फरक राजनीति र फरक जीवन पद्धति ! फरक कार्य शैली  ! कसरी निर्माण गर्न सकिएला ?”
उसको मानसिक धरातलमा हुरी चल्न थाल्छ । उसलाई कहिले जीवनमा यस्तो शून्यता, रिक्तता, र खोक्रोपन महसुस भएको थिएन । लाग्छ— आजसम्मको उसको यात्रा, सङ्घर्ष, प्रयत्न, प्रतिबद्धता, सपना, आकाङ्क्षा, आशा सब सब निस्सार भएझैँ   लाग्छ । लाग्छ ऊ माटोको मूर्ति थियो, एकै प्रहारमा धूलोपिठो भई माटोमै मिल्न गयो । फेरि उठ्ने हो कि धुलोमै धुलधुसरित भइरहने हो ?
जीवन अनमोल छ । आजसम्म खेर गएछ । तर अब खेर जान दिनु हुँदैन । नयॉ  उत्साह, जॉगर, साहस, शक्ति र ऊर्जा बटुलेर नौलो गन्तव्यतर्फ बढनुपर्छ भन्ने चेत उभित्र पलाउँछ । त्यो चेतले उसलाई मनको आकाशमा अग्लो उचाइतर्फ उडान भर्न अभिप्रेरित गरिरहेको हुन्छ । ऊ आफू प्यारा ग्लाइडिङ्गमा तुर्लुङ्ग झुन्डिएर भुइतर्फ हेरिरहेको जस्तो अनुभूति गर्छ र थाहै नपाई मुस्कुराउँछ ।
उसका अभिन्न मित्रहरूभध्ये सम्देनलाई त फोहारी राजनीतिले खाई सक्यो । दिपेशलाई पनि अधमरो  बनाएको छ । उसैको सल्लाहले गर्दा उनीहरू नेतालाई भेट्न गएका थिए र राजनीतिमा फर्केका थिए ।  राजनीति ! त्यो दुषित राजनीतिका जनतामारा र राष्ट्रविरोधी भाइरस— निहित स्वार्थ, भ्रष्टाचार, विश्वासघात, धोकाधडी, बेइमानी, षड्यन्त्र, सत्तालिप्सा, लोभ–लालच, ठगी, पाखण्डपन, झूठ आदि भाइरस सात लाख रुपियॉको घुसको कमाइ लिएपछि उसको शरीरमा पनि प्रवेश गरिसकेको छ । उसलाई करोड कमाउने अवसर प्राप्त हुनेछ ।
ऊ कसैलाई नभेटी जिल्ला फर्कन्छ ।
 ऊ नेताको मान्छे हो— स्वार्थी तत्वहरूलाई थाहा भइसकेको हुन्छ । उसलाई भेट्न प्रशासक, व्यापारी, उद्योगी, ठेकदार र पदलोलुपहरूको ओइरो लाग्न थालेको हुन्छ ।
कसैकसैले त पानफूल–कोसेली पनि ल्याउन थालेका हुन्छन् । ऊमार्फत सबै उन्नति गर्न चाहन्थे । सबैको कुरा सुनेर ऊ ‘हुन्छ, हुँदैन’ केही भन्दैनथ्यो । ऊ आफूले काम गरे बापत बढी कमिसन वा रकम लिन चाहन्छ भन्ने पनि मानिसहरूले सोच्न थालेका हुन्छन्  र निश्चित रकम पनि तोक्न थालेका हुन्छन् ।
मुलुकको वर्तमान अवस्था, कायदा, तौर तरिका नै त्यस्तो छ, दोष कसलाई दिने ? कमिसन नदिई वा पैसा नखुवाई काम हुन्न । जिल्लामा एक महिना बसिसकेको र राजधानी फर्किने सुरसार नदेखेर उसबाट काम हुँदैन भन्ने  सम्झेर  धाउनेहरू घट्छन् । तर एकजना ठेकदार भने रात दिन उसको पछि लागिरहेकै हुन्छ । एक दिन सबै कुरा खुलस्त भन्छ— ‘स्वाभिमान, जुन प्रोजेक्टको बारेमा अहिले म कुरा गर्दै छु त्यो विश्वकै अनौठो र ठूलो प्रोजेक्ट हो । त्यो प्राजेक्ट कुनै पनि पहाडी जिल्लामा जान सक्छ । त्यो प्रोजेक्ट हाम्रो जिल्लामा आयो भने जिल्लाकै भाग्य चम्कन्छ । त्यो बहुउद्देश्यीय प्रोजेक्टले जिल्लावासीहरूलाई काम, माम र दाम दिने कुरा त छँदै छ । हाम्रो जिल्लाको नाम विश्वभरि फैलिन्छ, जिल्लावासीहरू सम्पन्न हुन्छन् । जिल्ला विकसित हुनेछ, पुस्तौँ  पुस्ता  जिल्लावासीहरूको गरिखाने मेलो हुनेछ । त्यो प्रोजेक्ट तिमीले चाह्यौ भने हाम्रो जिल्लामा आउन सक्छ । तिमी बाहेक कसैले पनि त्यो प्रोजेक्ट ल्याउन सक्तैन । त्यसैले म एक महिना भन्दा बढी समयदेखि तिम्रो पछि लागेको छु ।’
आफ्नो  कुरामा स्वाभिमानले ध्यान दिन थालेको थाहा पाएर उत्साहित हुँदै ठेकदार भन्छ— ‘त्यो प्रोजेक्ट आयो भने कमिसन वापत म तिमीलाई एक करोड रुपियॉ  दिनेछु, मन्त्री र पार्टीलाई पनि करोडौँ  रुपियॉ  सहयोग गर्नेछु । म पनि त्यो प्रोजेक्ट पाएपछि अरबपति हुनेछु र विश्वकै ठूला ठेकदारहरूभित्र गनिनेछु ... ।’
‘मैले अलिकति प्रयत्न गर्दा जिल्लाको विकास हुन्छ, हजारौंले रोजगारी पाउँछन् भने मैले किन प्रयत्न नगर्ने ? कुनै एउटा काम त मैले भनेपछि नेताले पनि गर्नेछन् ।’ ऊ मनमा कुरा खेलाउन थाल्छ । ऊ दोधारमा हुन्छ । ‘भोलि आउनुहोस ’ भनेर ठेकदारलाई बिदा गर्छ  ।
‘मुफ्तको माल’, ‘बिना परिश्रमको कमाइ’ले कसलाई लोभ्याउँदैन ? सात लाखको चासनी उसले चाखिसकेको थियो । ऊ पनि त पाखण्डी नेताकै एउटा कार्यकर्ता हो, साधु–सन्यासी होइन । आफू जन्मेको जिल्लाप्रति उसको दायित्व छैन ?  उसले सकेको गर्दा जिल्लाको उद्दार हुन्छ भने किन नगर्ने ? त्यसमाथि यहाँ  त करोडौं आम्दानीको पनि कुरा छ । उसको अडान खुकुलो हुन थाल्छ । लोभ र लालच ! यो तुच्छ जीवनमा कसले पो मेटाउन सकेको छ ? ऊ नेतालाई त्यो प्रोजेक्ट जिल्लामा ल्याउने कुरामा सहमत गराउने पक्षमा पुग्छ ।
भोलिपल्ट भुकभुकेमै ठेकदार आईपुग्छ । बुढी औंला मास्तिर ठड्याएर ‘हुन्छ’ भन्ने सकारात्मक संकेत ऊ दिन्छ । ठेकदार दङ्ग परेर उसलाई अङ्कमाल गर्छ । धेरै बेरसम्म हात हल्लाइ हल्लाइ कुरा गर्छ  र  त्यसै दिन राजधानी जाने कुरा गर्छ । हवाइजहाजबाट ऊ, ठेकदार र एकजना प्रशासकीय अधिकृत त्यसै दिन राजधानी जान्छन् ।
“के हो ? चुनावपछि हरायौ  नि ?” नेता स्वाभिमानलाई सोध्छन् ।
“चुनावको धपेडी पनि मेट्दै थिएँ  । बिमार पनि थिएँ  । सञ्चो हुनासाथ हाजिर भएको छु ।” कृत्रिम प्रसन्नता अनुहारमा ल्याएर ऊ भन्छ ।
“तिम्रो खास कुरा छ कि, भनी हाल ।  फेरि अर्को कार्यक्रममा जानुपर्ने भएको छ ।”— नेता एवं मन्त्री सोध्छन् ।
स्वाभिमान— “छ, त्यो बहुउद्देश्यीय पहाडी प्रोजेक्ट हाम्रै जिल्लामा हुनु पर्यो । त्यो प्रोजेक्टका लागि जिल्लावासीहरूले हामी तीनजनालाई प्रतिनीधि बनाएर हजुरसँग कुरा गर्न पठाएका छन् ।”
नेता— “के को हजुर ? तपाईँ  भन ।”
स्वाभिमान— “ती प्रतिनिधि मण्डलका सदस्यहरूलाई पनि बोलाऊ, कि ?”
नेता— “हुन्छ, बोलाऊँ  ।”
ठेकदार र अधिकृत प्रवेश गर्छन् । ती दुई निङ्गुरमुन्टि नमस्कार गर्छन् । नेताको बस्ने आदेश पाएपछि बस्छन् ।
ठेकदार— “हामी त्यो पहाडी जिल्लाको प्रोजेक्ट....”
नेता— “त्यो अरबौको बहुउद्देश्यीय प्रोजेक्टबारे मलाई थाहा छ । म अहिले हतारमा छु । म स्वाभिमानसँग कुरा गर्नेछु ।”
त्यति भनेर नेता एवं मन्त्री उठे । उनीहरू पनि उठ्छन् । पि. ए.ले ढोका खोले पछि सबैजना बाहिर निस्कन्छन् ।
*   *   *
“मलाई विश्वास थियो तपाईँ   यो काम गर्न सक्नु हुन्छ ।” ठेकदार प्रसन्न हुँदै भन्छ । “काम कहॉ  भइसकेको छ र ?”— स्वाभिमान भन्छ ।
“क्यूमा लागि सक्यो । भइसक्यो भन्दा पनि हुन्छ ।”—अधिकृत  भन्छ । उसलाई रक्सीले मात्न थालेको हुन्छ । त्यतिबेला नै स्वाभिमानको मोबाइल फोनको घण्टी बच्छ ।
“हेलो, म स्वाभिमान ।”
“हेलो, म मन्त्रीको निजी सचिव बोल्दै छु । तपाईँले भोलि बिहानै मन्त्रीलाई भेट्नु हुन्छ रे । त्यही खबर गरौँ  भनेर ।”— निजी सचिव भन्छ ।
“हुन्छ, म बिहानै आउनेछु ।” स्वाभिमान मोबाइल फोन अफ गर्छ ।
“वाओ, ब्राभो ! कङ्ग्राचुलेसन्, ठेकदारज्यु, त्यो प्रोजेक्ट पाउनु भयो ।” कराएर अधिकृत भन्छन् ।
ठेकदार— “तपाईँहरूको सहयोग हो । अझै कहाँ निश्चित भइसकेको छ र ?”
अधिकृत— “निश्चित ! सतप्रतिसत निश्चित !”
स्वाभिमान— “अहिले हल्ला गर्नु हुँदैन । कोठाभित्र जाऊँ  !”
कोठामा फेरि ती पेय र अन्य खाद्य पदार्थ मगाइन्छ । रक्सी पेटभित्र छिर्न थाल्छ, कुरा बाहिर निस्कन थाल्छ ।
ठेकदार— “म जिल्लामा एक महिनादेखि बसिरहेको छु । त्यो प्रोजेक्ट मेरो लक्ष्य हो, भाग्य हो र सिद्धि हो । त्यो पाएपछि म ‘ए’ क्लासका ठेकदारहरूमा १ नं. हुन्छु । अन्तर्राष्ट्रिय ठेकदार बन्छु । एक महिनादेखि तपाईँको पछि लागेको छु । भगवानै मानेको छु तपाईँलाई ।”
स्वाभिमान— “तपाईँले सोचेकोजस्तो मान्छे म होइन, फोहोरी राजनीतिबाट भागेर जिल्ला आएको थिएँ  ।”
ठेकदार— “किन भाग्नु पर्यो ?  म त तपाईँको ठाउँमा भएको भए एकै महिनामा करोडभन्दा बढी कमाउथे ।”
स्वाभिमान— “कसरी कमाउनु हुन्थ्यो ।”
अधिकृत— “मलाई कमाउने तरिकाहरू थाहा छ तर भन्न मिल्दैन ।”
ठेकदार— “भन्न मिल्छ । भन्नोस् ,भन्नोस् । उहाँ पनि सिक्न चाहनुहुन्छ ।”
अधिकृत— “सिकाए बापत म के पाउछु ?”
ठेकदार— “सिकाए बापत सि.डि.ओ.मा बढुवा हुने नि ।”
ती दुईको कुरा सुनेर स्वाभिमान ठहाका  मारेर हाँस्छन् हा...हा..हा...
स्वाभिमान— “मलाई थाहा नभएकोले होइन, इमानदार, जनप्रिय, जनहितकारी, जनपक्षीय र ठीक असल राजनीतिको थालनी गर्न म जिल्ला आएको थिएँ  । अझै म ठीक असल राजनीति गर्ने नयाँ  पार्टी खोल्न चाहन्छु ।”
ठेकदार— “मलाई त्यसको पहिलो इमानदार कार्यकर्ता बनाउनुहोस् । म आर्थिक र भौतिक सहयोग गर्न तयार हुनेछु । दलबारे पछि कुरा गरौलाँ  र आज धेरै कुराहरूको छिनोफानो गर्नु छ ।”
अधिकृत कुरा बुझेर हो कि रक्सीले मातेर अर्को कोठामा सुत्न जान्छन् । दुई जनामात्र भएपछि  ठेकदार स्वाभिमानलाई राम्ररी नियाल्दछन् । मातिसके कि होसमै छन् । स्वाभिमान होसमै थिए ।
ठेकदार— “भोलि बिहान तपाईँ  मन्त्रीलाई भेटन जादै हुनुहुन्छ । त्यहॉ  तपाईँले सब छिनोफानो गर्नु पर्दछ । त्यो अरबौंको प्रोजेक्ट हो, प्राय जसो पहाडी जिल्लाहरूले दर्खास्त हाल्नेछन् । दर्खास्त, टेन्डर र आवश्यक कार्वाहीहरूको व्यवस्था भइसकेको छ । ५ प्रतिशत रकम मन्त्रीको खातामा जम्मा गरिनेछ र ५ प्रतिशत  तपाईँ  र अन्य कर्मचारीहरूले प्राप्त गर्नु हुनेछ । मन्त्रीलाई कन्भिन्स गर्ने जिम्मा तपाईँको हो । यो प्राजेक्टले तपाईलाई करोडपति र मलाई अरबपति बनाउनेछ ।
*   *   *
प्रोजेक्टसम्बन्धी निर्णय  एक महिना बितिसक्दा पनि भएको छैन । राजधानीको सबै खर्च ठेकदारले बेहोरीरहेका छन् । स्वाभिमानको काम भनेको पार्टी कार्यालय जाने र नेतालाई भेटने भएको छ । फुर्सद भएकोले आफ्नो जीवनको घुम्ती र मोडहरू, उत्थान र पतनबारे मूल्याङ्कन गर्ने अवसर प्राप्त भएको छ उसलाई ।
ऊ जन्मदा नै स्वार्थी जन्मेको होइन । वास्तविक जीवनमा आफ्नै  पौरखले बॉच्नु पर्दा सिद्धान्त, आदर्श र इमानले हावा खान थालेको छ । चुनाव नेताले जितेपछि  उसले सात लाख रुपियॉ  बक्सिस, पुरस्कार वा पारितोषिक बिना परिश्रम पाए— एचआइभी एड्सको भाइरसजस्तै उसको जीवनमा भ्रष्टाचार र बेइमानीको भाइरस प्रवेश गरेको छ । त्यो भाइरस ठेकदारको रूपमा पुनः सशक्त भएर फैलिदै छ ।
नेताले उसलाई ‘आयल निगमको कार्यकारी अध्यक्ष खाऊ’ भनेका थिए । उसले विश्वविद्यालयको उपकुलपति पाए खाने कुरा गरे । उपकुलपतिको लागि उसको ‘हाइट’ नपुगेको कुरा बताए । उसले त्यो प्रोजेक्ट जिल्लाको लागि स्वीकृत गरि दिएमा उसलाई केही नचाहने जवाफ दिएका थिए । नेताले त्यो प्रोजेक्ट हुन सक्ने कुरा बताएका थिए ।

त्यो प्रोजेक्ट भएमा उसले पनि करोडौँ  रुपियॉ  कमाउनेछ र नेताले पनि । पैसा पनि कमाउन पाइने, ‘साधु बिरालो’ पनि हुन पाइने— ऊ आफ्नो  चातुर्यमा मक्ख परिरहेको हुन्छ ।
प्रत्येक साँझ ठेकदार उसलाई भेटेर दिनभरिको प्रगति विवरण सुनाउँछ— कसरी उसले विभागीय सचिव, कर्मचारीहरूसँग काम पट्याए र सोध्थ्यो ‘मन्त्रीको रुख कस्तो छ ?’ ‘ठीक छ’ भन्ने उत्तर सुनेपछि ढुक्क हुन्थे ।
एकदिन नेताले क्याबिनेटबाट त्यो प्रोजेक्ट उसकै जिल्लामा हुने गरी स्वीकृत भएको कुरा बताए । सबै लेनदेन र अफिस सम्बन्धी कामहरू सम्पन्न भयो । स्वाभिमानको हातमा सर्तअनुसारको रकम आईसकेपछि उसको सुषुप्त र दमित इच्छाहरू प्रस्फुटन हुन थाल्छ  । रमाइलो बनभोजमा खिचिएको समूह फोटो हेर्दै ऊ कल्पन्छ —  हाङ्गमा के गर्दै होली ? बुढी भइसकि होली । सिम्मारानी सम्देनको सम्झनामा जीवन गुजार्छु भनिरहेकी छिन् । कलाकमलावतीको जीवनमा घटेको दुःखद घटना सम्झेर ऊ लामो सास फेर्छ । उसका समकालीनहरूसँग उसले विवाह गर्न सक्तैन ।
ऊ गाउँका युवतीहरू सम्झन थाल्छ । सम्झन्छ —कुसुमलाई र गाउँतर्फ जान्छ । कुसुमसग उसले विवाह गरेर दाम्पत्य जीवन सुरु गर्छ । पैसाको उसलाई दुःख छैन । ऊ राजनीतिमा निर्लिप्त भएर लाग्छ ।
जिल्लामा त्यो प्रोजेक्ट आउनासाथ नै जिल्लामा उसको छवि  जिल्लाको उद्दारकको बनिसकेको थियो । जिल्लामा पनि उसले निकै खाते र भाते पिछलग्गु बनाउँछ र आफ्नो राजनैतिक शक्ति बलियो बनाउँछ । ऊ पत्नीलाई लिएर फेरि राजधानी फर्कन्छ ।
राजधानीमा उसको नाम सरकारमा पहुच भएका विशिष्ट एजेन्टहरूको सूचीमा ठेकदार, उद्योगी र व्यापारीहरूले दरिसकेका हुन्छन् । ऊ मार्फत काम गराउनेहरूको घुइचो लाग्न थालेको हुन्छ । ऊ पनि आफ्नो नयाँ  भूमिका कुशलतासाथ निर्वाह गरेर मन्त्री, कर्मचारीहरूलाई अवैध धन कमाउन मद्दत गरिरहेको हुन्छ, आफू पनि कमाइरहेको हुन्छ ।
मुफ्तमा बिना परिश्रम आउने धनलाई उसले पार्टीभित्र कार्यकर्ताहरूमाझ सदुपयोग गरिरहेको  हुन्छ । एउटा ठूलै डफ्फाको खर्च पानी व्यवस्था गरिहेको हुन्छ । त्यो डफ्फाको काम ‘स्वाभिमानको आयल निगमको कार्यकारी अध्यक्षजस्तो पद पनि नखाने त्यागी, निस्वार्थी र इमानदार युवा नेताको छवि देखाउनु’ हुन्छ ।
विवाहपछि घर आवश्यक बन्न जान्छ । केही गाडी पार्किङ्ग गर्न सकिने कम्पाउन्ड भएको  बङ्गला टाइपको  घर किन्छ र कार्यकर्ताहरूलाई ‘स्वास्नीको दाइजो, गहना गुरिया बेचेर र ऋण लिएर किस्ताबन्दीमा किनेको’ भन्ने प्रचार गर्ने जिम्मा लगाउँछ । अब मन्त्रीहरूको गोप्य लेनदेन, सल्लाह गर्ने सुरक्षित स्थान उसको घर पनि बन्छ । त्यो कारोबारमा ऊ पनि गतिलै अंशियार हुन्छ । दिन दुना र रात चौगुना कमाइरहेको हुन्छ । ‘नदेखेको चोर बाबु समान ।’ बेइमानी, भ्रष्टाचार र चोट्टापन पनि कला हो । नाटक मात्र खेल्न जान्नुपर्दछ— समाजमा सज्जन देखिन । ऊ त्यस्तै सज्जन भइरहेको हुन्छ ।
....ऊ  हिँडेको थियो कञ्चन, पवित्र, इमानदार र ठीक असल राजनैतिक गोरेटोको पथिक बन्न । तर समयक्रममा ऊ भएको छ कालो घन, बेइमानी र भ्रष्टाचारयुक्त फोहारी राजनीतिको सहायक ! गएको थियो जिल्लातर्फ ठीक असल राजनीति सुरु गर्न तर भइदियो संस्थागत भ्रष्टाचारको शृङ्खलाको एउटा बलियो माध्यम !









बेचैन मन र उडान मनको

शरीरमा एचआइभी एड्सको भाइरस प्रवेश गरेको थाहा पाएर कुन मानिस स्थिर र शान्त बस्न सक्छ ? बेइमानीको कमाइ घरभित्र भित्राए पछि  को मानिस ढुक्क बस्न सक्छ ? बेइमानीको कमाइले बिस्तारै आफ्नो  विकृत विसङ्गतिपूर्ण असरहरू देखाउन थाल्छ । मनको चैन र शान्ति समाप्त हुन्छ । ‘तुच्छ धनको खातिर मैले मुलुक, जनता वा आफ्नै  अन्तरमनलाई धोका दिएँ  । आफूलाई कलङ्कित पारेँ  । आफ्नो  आत्मामा कालो पोतेँ  ।’  मद्यपान, सुन्दरीहरूको सङ्गत र सधैंजसो भइरहने पार्टीहरू ! पत्नीलाई पर्याप्त समय दिन नसक्दा दाम्पत्य जीवन पनि सुखकर हुँदैन । मन बेचैन हुन्छ । बेचैनीले गर्दा मन स्थिर हुँदैन । शान्तिका लागि मन उडान भर्छ आफ्नै  ऑखामा गिरेको स्वाभिमान अन्तरमनबाट टाढा भाग्न..... उडान भरिरहन्छ कल्पनाको आकाशमा, मनको आकाशमा...!

उडान मनको

“म अथवा हामी तीनैजना नेताको पछि नलागेको भए...
अथवा  मैले बेइमानीको धन सात लाख रुपियाँ नलिएको भए...
अथवा बेइमानी र भ्रष्टाचारको भाइरस मेरो मानसिक धरातलमा प्रवेश नगरेको भए....
सम्देन पनि बॉचिरहेका हुन्थे, दीपेश पनि आजको भन्दा राम्रो र सुखी अवस्थामा हुन्थे ।
आज गरिबीमै पनि सन्तोषको स्वास फेरिरहेको हुन्थे ।  देखावटी रूपमा जति सम्मानित देखिए पनि म आफ्नो अन्तरमनको आँखाबाट गिरेको छु । मेरो आत्मा मरिसकेको छ र त्यो बौरिने छॉट देख्तिनँ  । मरेको आत्मा बोकेर जीउँदो लाश सरह बाँच्नुको पीडा मैले भोग्नु पर्ने थिएन ।
म ठीक असल राजनीतिको प्रारम्भको लागि क्रियाशील भइरहेको हुन्थेँ  । म असफल हुन सक्थेँ  तर त्यो असफलतामा पनि आशा र प्रेमका किरणहरू प्रज्वलित भइरहेको देखिरहेको हुन्थेँ  । राम्रो कामको थालनी गरेकोमा मेरो शिर ठाडो हुन्थ्यो । दाग नलागेको कञ्चन छवि मेरो हुन्थ्यो । आज मसित धन छ, सम्पन्नता, विलास र विनोद छ तर आनन्द, सन्तोष र चैनको म कङ्गाल भएको छु । मन सधैं बेचैन छ ।
मैले ठीक असल राजनीतिका लागि आफूलाई उभ्याउन सकेको भए मसँग आज मनको सुख हुन्थ्यो, आनन्द, सन्तोष र चैन हुन्थ्यो । नैतिकवान म जीवन सार्थक भएको अनुभूति गरिरहेको हुन्थेँ  । अभागी म बेइमानीको धनको पछाडि लागेँ  र मानसिक सुखबाट वञ्चित भएर करुणापात्र भएको म, मेरो जीवन बेकामे भएको छ ।
जेजस्तो गरी जीवन बित्यो, बित्यो  !  फर्केर आउने होइन । अब आउने दिनहरू राष्ट्र, जनता र ठीक असल राजनीतिका लागि व्यतित गर्नेछु । ठीक राजनीति भएपछि सबथोक, सबथोक ठीक हुन्छ ।
सबथोक ठीक भएको त्यो युग मानव सभ्यताको सर्वोत्तम उचाइमा हुनेछ । त्यो युग सदियौंदेखिको मानव अभीष्ट हो । त्यहाँ  मानिसहरूले यथार्थमै मोक्ष, मुक्ति र निर्वाण प्राप्त गर्छन् । त्यो युग ल्याउन म भरमग्दुर कोसिस गर्नेछु ...।”—स्वाभिमान कल्पना सोचिरहेको हुन्छ । आदर्श सोचिरहेको हुन्छ भने मन उडान भरिरहेको हुन्छ । थामिन मान्दैन उड्न चाहने मन....
“ठीक असल राजनीति भएको व्यवस्थामा सबै सुखी हुनेछन्, सन्तुष्ट हुनेछन् । समाज सर्वोत्तम उचाइमा हुनेछ । सम्पन्न त्यो मुलुकका नागरिकहरू विश्वमा सम्मानित हुनेछन् । राष्ट्रमा  विदेशी हस्तक्षेप,  गृह कलह, जातिगत विद्वेषको अन्त हुनेछ । राष्ट्रिय सहमति, सद्भाव, सहयोगी भावना, एकता र साच्चैको सार्वभौमसत्ता सम्पन्न देश हुनेछ । अन्तर्राष्ट्रिय शैक्षिक र स्वास्थ केन्द्रको रूपमा विकसित मुलुक स्वर्गसरि सुन्दर, आनन्दमय, रमाइलो पूर्ण देश हुनेछ ...।”
...स्वाभिमान माथि ... माथि धेरै माथि कल्पनाको आकाशमा मनको उडान  भरिरहेको हुन्छ.....उडान मनको ! मन..मन... सायद यो मनले जीवन सञ्चालन गरिरहेको हुन्छ  र  मनको उडानसँग जीवन बहिरहेको हुन्छ...!

यथार्थ— झलक एक

स्वाभिमान ! जिल्लाको राजनीतिमा एउटा स्थापित नाम ! उसैले बहुद्देश्यीय प्रोजेक्ट जिल्लामा ल्यायो । सम्पन्न जिल्ला बनाउने चाहना त्यसले पूरा हुन थालेको  आभास भइरहेको छ । जबजब जिल्लाको आर्थिक उन्नति हुन्छ, त्यसको असर सामाजिक, राजनैतिक सांस्कृतिक, शैक्षिक र अन्य क्षेत्रमा देखा पर्छ— कुनै न कुनै तवरले त्यसको श्रेय उसलाई प्राप्त भइरहेको हुन्छ ।
दलभित्र पनि ऊ शक्तिसाली भएको छ । आधा समय राजधानीमा आधा समय जिल्लामा बस्छ । राजधानीमा पनि उसको प्रभाव बढदै गएको छ । ठेकदार, उद्योगी, व्यापारी र पदलोलुप कार्यकर्ताहरू उसका वरिपरि झुम्मिरहेका हुन्छन् । ऊ चुचुरामा छ । सम्पत्ति बर्सदो छ । उसले मात्र मन्त्री, सरकार, ठेकदार र ब्यापारीहरूका बीच पुल, दलाल वा मध्यस्थको काम गर्नुपर्छ । ऊ नेता र मन्त्रीहरूको विश्वासपात्र भएको छ, गोप्य आयको स्रोत भएको छ । घुसखोरी लहलहाउदो छ, जति घुसखोरी मौलाउँछ, ऊ झन्झन् मौलाउँदै गइरहेको छ ।
दलभित्र ठूलो समूहलाई खानपिन, पानफूल र दक्षिणा टक्र्याएर उसले आफ्नो समर्थक बनाएको छ । दलभित्र इमानदार, त्यागी, योग्य र कर्मठ व्यक्तिको छवि निर्माण गर्न ती समर्थकहरू न्वारानदेखिको बल झिकेर लागिपरेका छन् । दलभित्र उसको राम्रो पकड छ ।
राजनीति भनेको के हो ? इमानदारहरूका लागि काल हो, बलिदान हो, त्याग हो । जनता र मुलुकको लागि सहिद हुने र बनाउने शक्तिशाली माध्यम–साधन हो । जनता र मुलुक उँभो लगाउने एक मात्र सशक्त, शक्तिसाली साधन हो । तर भ्रष्ट र बेइमानहरूको लागि कमाइ खाने भॉडो हो । भाषण र कुरा गर्दा आदर्शको फूल बर्सायो, उपदेश छॉट्यो, जनता ढॉट्यो र मौका पाउनासाथ घुस खाएर, भ्रष्टाचार गरेर अथवा बेइमानी गरेर सात पुस्तालाई बसिबसी खान पुग्ने सम्पत्ति कमायो । सम्पत्ति कुम्ल्याए पछि ‘साधु बिरालो’जस्तो ‘सन्त नेता’ कहलायो ।  देखिदा चाहीँ  ‘तन्नम’ भएको स्वाङ पार्यो । कार्यकर्ताहरूकै खायो,  दलकै खर्चमा देश विदेश भ्रमण गर्यो । चन्दा लियो , पचायो । आफूले चाहीँ  कसैलाई चन्दा दिएन तर आफ्नो  दुनो सोझ्याउन पैसाको खोलो बगायो । पैसाको खोला कहॉ  बगाउनु पर्छ ? कसरी दुनो सोझ्याउन सकिन्छ ? थाहा पाउने बेइमान नेता दलको शक्तिशाली नेता बन्छ, शीर्षस्थ स्थानमा टिकिरहन्छ । इमानदार त न नेता बन्न सक्छ न कार्यकर्ता नै भएर टिकिरहन सक्छ । इमानदार त पेट पाल्ने सुसेधन्दाको क्रममा गिटी कुट्ने कुल्ली, दुःखी किसान, हली, खुद्रे पसले वा मामुली जागिरे बन्नुपर्ने बाध्यताले पार्टीबाट टाढा भइसकेको हुन्छ ।
बेइमान र भ्रष्ट नेता जुनीभरि राजनीति गरिरहन्छ । आफूले ओगटेको ठाउँ  बूढो गोरुले झैँ  ओगटिरहन्छ । खानु लाउनुको दुःख छैन । घुस, कमिसन, भ्रष्टाचारको रकम र दलको आय समेत ढिकुटीमा थुपारेर अतुल सम्पत्तिको मालिक भएको छ । विदेशमा समेत सम्पत्ति पुर्याएको छ । केही परि हाल्यो भने विदेश पनि सुटुक्क भाग्न सकिने विकल्प राखिछाडेको छ । महान् नेता ! नेताको पत्नीले मुठ्ठि खोलेर खर्च गर्न पाएकी छिन् । सबैकी ‘भाउजू’वा ‘कमरेड’ भएकी छन् । छोराछोरीले बोर्डिङ्ग स्कुलमा पढ्न पाएकै छन् । नेता पत्नी र सन्तानले नेतासँगै सरकारी खर्चमा विदेश भ्रमण गर्न पाएकै छन् । उच्च शिक्षा लिन विदेश गएकै छन् । राजदुतहरूसँग सम्बन्ध छदै छ, जुन बेला चाह्यो विदेश घुमेर आयो । विदेशीलाई ‘प्रभु’ मानेकै छ, राष्ट्र जाओस् भाड्मा । नेतालाई चारैतिरबाट हाइसन्चो छ । महँगी बढोस्, जनता मरून्—  सरोकार छैन । भाषण गर्न जानेकै छ, उद्घाटन, सम्मेलन, सभा भ्याएकै छ । सम्पति सात पुस्तालाई बसीबसी खान पुग्ने गरी चोरेकै छ (घुस, भ्रष्टाचार  कमिसन वा अवैधानिक आय चोरी हो ।)  आफूले पनि राजनीतिलाई जीवन अर्पेको छ, नेताका भावी सात पुस्ताले पनि राजनीतिलाई जीवन अर्पण गर्नेछन् । नेता सन्तान— युवा नेता ! भावी नेता ! संस्थागत बेइमानी र भ्रष्टाचारी संरचनाको  निरन्तर क्रमिकता......!
पाँच वर्षको कार्यकाल सकिन लागेको छ । साढे चार वर्ष बिति सकेको छ । आम चुनावको ६ महिना अगाडिदेखि वातावरण  चुनावमय भएको छ । टिकट कसकसले पाउने हुन् ? जताततै सम्भावित उम्मेदवारहरूको चर्चा छ । टिकटको आशामा केन्द्र धाउने सबै पार्टीका ठूलै  हुल भएको छ ।  टिकट प्राय जसो पुरानाले नै पाउँछन् । केही नयाँहरूले पनि पाउँछन् । त्यो नयाँहरूमा ‘स्वाभिमान’ पनि हुन्छ । ऊ जिल्ला बस्न थाल्छ । चुनावका लागि उद्योगी, व्यापारी, ठेकदार र अन्य व्यवसायीहरूले मन फुकाएर चन्दा दिन्छन् ।
बहुउद्देशीय प्रोजेक्ट ल्याउने मान्छे !
जिल्लावासीको भाग्य निर्माता !
योग्य, इमानदार, त्यागी, क्रियाशील र निस्वार्थ उम्मेदवार !
जी.एम.को पद पनि जिल्लाका लागि त्याग्ने त्यागी मान्छे ! आदि विशेषणहरूले शुसोभित हुँदै ऊ चुनाव मैदानमा उत्रन्छ । चारैतिरबाट किल्लाबन्दी गरिन्छ । जनलहर उसको पक्षमा हुन्छ तर पनि चुनाव हो ! के भन्न सकिन्छ र ? विरोधी दलहरूका असन्तुष्टहरूसँग पनि उसले हात मिलाउँछ । हात मिलाउनु के नि, पैसा खुवाउँछ  । उसले बेइमानीले कमाएको पैसाको के काम ? ‘चुनाव जितेपछि त आफै पैसाको बोट भइन्छ ।’ — ऊ सोच्छ ।
अत्यधिक मतले उसले चुनाव जित्छ ।
चुनावमा केही घोचक र रोचक घटनाहरू हुन्छन् । चुनावमा केही मान्छेहरू  मारिनु सामान्य भएको छ । मान्छे  मारिएका कुराको खासै चर्चा हुँदैन । कुन दल र नेताहरूले जिते, हारे— चर्चाको विषय बन्छ ।  कलाकमलावती, सिम्मारानी र त्यो दलका केही नेताहरूले जितेका छन् । तर मन्त्री नेताले भने हारेका छन् ।
नेताले हार्नु— अप्रत्यासित घटना  ! नेताले पैसाको खोला मात्र होइन, समुद्र नै बगाएका थिए । मानिसहरू त्यो समुद्रमाथि तैरिएका थिए, विलासी र विनोदी भएका थिए । चुनावको त्यस्ता उल्टो परिणाम आउछ भन्ने लागेको भए  नेताले मानिसहरूको रगतको खोलो बगाएर बिथोल्थे । ‘जितिन्छ, जितिन्छ’ भनिरहेका थिए कार्यकर्ताहरू । पर्यवेक्षण र पूर्वानुमानले पनि जित्ने कुरा देखाएको थियो । तर नेताले चुनाव हारे । जनतामारा बेइमान नेतालाई हराएर मतादाताहरूले बदला लिए । 
संसदमा  कसैको पनि बहुमत आएन । सबैभन्दा धेरै सिट संख्या त्यो दलले ल्याए पनि अरु दलसित नमिली सरकार बन्न नसक्ने भएकोले गठजोडको खेल शुरु हुन्छ । तेस्रो ठूलो दलसँग साठगॉठ गरेर नयॉ  सरकार बन्छ ।
त्यो दलको महाधिवेशन पनि आइरहेको हुन्छ । महाधिवेशन प्रतिनिधिहरू छानिन थालिएका छन् । ‘हारेको नेतालाई दल प्रमुख राख्नु हुन्न’ भन्ने प्रतिनीधिहरू नै धेरै चुनिएका, छानिएका हुन्छन् । महाधिवेशन धुमधामसाथ सम्पन्न हुन्छ । दलको सर्वोच्च पदमा नेता र स्वाभिमान बिच चुनाव हुन्छ । कलाकमलावतीले स्वाभिमानलाई ज्यान दिएर सघाउछिन् । स्वाभिमानले चुनाव जित्छ । गनाएको भ्रष्टाचारी नेता फुटपाथमा झर्छ ।

यथार्थ— झलक दुई

स्वाभिमान पनि ‘अर्थ मन्त्री’ भएको छ । सरकार र दलमा उसको पकड बलियो भएको छ । अब ऊ मध्यस्थ होइन, कमिसन, घुस र बेइमानीको पैसा सोझै प्राप्त गर्ने सबल पक्ष भएको छ । भ्रष्टाचार र बेइमानी संस्थागत बनाउने राजनैतिक व्यवस्थामा स्वच्छ विकास निर्माण हुने कुरा सम्भव हुँदैन । राजनैतिक, आर्थिक, सांस्कृतिक र सामाजिक स्थिति झन्झन् अधोगतितिर लागिरहेको हुन्छ ।
कुनै काम गर्नु पर्यो भने कति फायदा हुन्छ ? कति कमिसन पाइन्छ ? घुस कति कुम्लाउन पाइन्छ ? मन्त्री र कर्मचारीहरू सोच्छन् । हरेक क्रियाकलापहरू घुस केन्द्रित छन् । घुस मियो भएको छ र त्यसको वरिपरि सम्पूर्ण अर्थतन्त्र घुमिरहेको छ । त्यस्तो अर्थतन्त्रले ल्याउने  असमानता, भ्रष्टाचार, अराजकता, गृह युद्ध, कलह, असन्तोष र बिद्रोह मात्र हो । जताततै गरिबी, बेइमानी, हत्या, हिंसा, दण्डहीनता, अराजकता, अनुशासनहीनता र उडण्डता व्याप्त छन् ।
सरकार र दलको आलोचना भइरहेको छ । प्रतिपक्षले सदनमा आच्छुआच्छु पारिरहेको छ । सरकार विरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता गरिसकिएको छ । त्यसमा छलफल र मतदान हुने भएको छ । सडकमा प्रति दिन सरकारको विरोधमा नारा जुलुस भइरहेको छ । सरकार विरोधी र बिद्रोहीसँग वार्ता गर्न व्यस्त छ । आश्वासनको पुडी बाँडिरहेको छ तर केही गर्न सक्ने स्थितिमा छैन । हरेक क्षेत्रमा विदेशी हस्तक्षेप टडकालो देखिन थालेको छ  ।
त्यस्तो अवस्थामा सरकार प्रमुख विदेश जान्छन् र विदेशी राष्ट्र प्रमुख भेटेर फर्कन्छन् । के के कुराहरूमा गोप्य लेनदेन हुन्छ ? ‘पदको गोपनियताको सपथ’ खाएकोले सार्वजनिक गर्न मिल्दैन । अविश्वासको प्रस्ताव तुहिन्छ ।
‘विदेशी हस्तक्षेप— बन्द गर !’
‘बलियो स्वदेसी अर्थतन्त्र —निर्माण गर  !’
‘भ्रष्टाचारीलाई कारवाही गर— कारवाही गर  !’
‘महँगी, कालो बजारी —नियन्त्रण गर !’
‘ठीक शिक्षा प्रणाली— लागू गर !’ आदि
नारा, नाराहरू ! माग, मागहरू ! बन्द, हडताल, जुलुस, तोडफोड ! सडक अवरुद्ध, सदन अवरुद्ध ! कुनै काम सन्तोषजनक छैन । सरकार जसोतसो चलिरहेको छ  अथवा चलिरहेको जस्तो देखिन्छ । विदेशी ऋण चुलिदै छ, विकास निर्माणका काम ठप्प छ । स्कुल, क्याम्पसमा पठनपाठन  कम, राजनीति, नारावाजी बढी भइरहेको छ । चारैतिर केही शुभ शंकेत छैन । यस प्रकारले कहिलेसम्म चल्ने होला ? सब निराश छन् । निकासविहीन छट्पटाइरहेका छन् ।
जसोतसो पाँच वर्षको अवधि बित्छ । सरकारले आम चुनाव गर्ने आफ्नो  दायित्व पूरा गर्छ ।
चुनावले दलहरूको स्थितिमा पूरै फेरबदल गर्दछ । पहिलो ठूलो त्यो दल चौथो स्थानमा झर्छ । पहिलो नयॉ  दल बन्छ ।
त्यो दल समाप्त वा मटियामेट हुने अवस्थामा पुग्न लागेको छ । यस्तो अवस्थामा पनि महाधिवेशन गर्नै पर्दछ । तयारी शुरु हुन्छ ।
कलाकमलावती— “स्वाभिमान, मेरो राजनैतिक अभीष्ट पूरा भइसकेको छ । अब मेरो कुनै अभीष्ट छैन ।”
स्वाभिमान—  “त्यसो हो भने अब तिमी चाहिँ  के गर्छौ नि ?”
कलाकमलावती— “राजनैतिक सन्यास लिएर दीपेशकहॉ  जान्छु । उसँगै सामाजिक सेवा र साहित्यिक कार्यमा आफ्नो   शेष जीवन बिताउनेछु । अब.मेरो जीवन दर्शन हुनेछ ...       
शेष जीवनको आराधना
सेवा र साहित्य साधना ।




















अध्याय—चार
अन्तरकथा घरभित्रको अथवा जिन्दगीको : गार्हस्थ्य जीवन


        १

सम्देन र कोपिलाकमलावती : गार्हस्थ्य जीवनको एउटा भ्रान्ति


.....गाउँका अधिकांश युवाहरू धरान, पोखरा, भैरहवाजस्ता नगरहरूमा लाहुरे भर्ती हुनका लागि पूर्व तालिम गरिरहेका हुन्थे । ती मध्ये थोरै केही मात्र ब्रिटिस लाहुरेमा भर्ती हुन्थे । नछानिएकाहरू भारतीय सेनामा भर्ति हुने कोसिस गर्थे । त्यहाँ  पनि असफल भएकाहरू आफूले परिश्रम गरेर  प्राप्त गरेको शैक्षिक प्रमाणपत्रहरू बाकसमा थन्क्याएर अरब, मलेसिया, कोरिया र भारततर्फ ‘थ्री डि.’ (डर्टि,डेन्जर र डिफिकल्ट— फोहोर, खतरा र गा¥हो) कामहरू गर्न गइरहेका हुन्थे र छन् । बॉकी रहल पहल युवाहरू पनि सहरतर्फ काम गर्न  जाने भएकाले गाउँ  प्राय युवाशून्य भएको हुन्छ ।
“....सरकारको श्रम नीति पनि युवाहरूलाई विदेशतर्फ दरवान, कुल्ली, लाहुरे आदि निम्न स्तरीय काममा पठाएर देशभित्र युवा सचेतनताबाट उठने बिद्रोहबाट जोगिएर बिना रोकटोक बिना अवरोध–विरोध सामन्ती संस्कारयुक्त शासन गर्ने नै रहेको छ । युवाहरूलाई  ठीक असल शिक्षा र सिकाइ दिएर देशभित्र नै रोजगारीका अवसर सृजना गर्ने सरकारी नीति कहिल्यै रहेन र हालसम्म पनि त्यही सामन्ती नीति यथावत छ । यसतो गलत नीतिको मार सबैभन्दा  बढी युवाहरूमाथि परेको छ र ‘सुन्दर, शान्त, सम्पन्न र सफल मुलुक’को सपनामाथि तुषारापात भएको छ । ...वर्तमान पिँढीका युवाहरू यही श्रमनीति र शिक्षा नीतिको मारमा परेर नाजुक अवस्थामा पुगेका छन्... स्वरोजगारमूखी व्यावसायिक जीवनमूलक शिक्षा पाएको भए युयाहरूको शान्तिमय इमानदार सुखद जीवन हुन्थ्यो....”स्वाभिमान तन्मयतासाथ ‘वर्तमान युवा समस्या र श्रम नीति’ लेख लेखिरहेको हुन्छ, कलाकमलावतीको आगमनले उसको लेखाइ रोकिन्छ ।
“घरैदेखि ?” —ऊ सोध्छ ।
“हो, बहीनी र तिमीलाई भेट्न आएकी ।”
“बहिनीलाई भेट्यो त ?”
“भेटेँ  । ऊ नानीलाई नुहाइरहेकी छे । तिमीलाई भेटेर म फर्किहाल्छु ।”
“ धेरै अघिदेखि एउटा कुरा सोध्न मन लागेको छ । सोधूँ  कि नसोधूँ  ?”
“सोध, तर याद गर अब म तिम्रो जेठीसासु हुँ  ।”
“त्यसैले त धक लाग्छ । तापनि नसोधि बस्न सक्तिनँ  । खोई, किन नेताको छोरासँग तिम्रो विवाह भएको छैन ?”
“अब हुँदैन । ऊ चरित्रहीन, रक्स्याहा र सन्की रहेछ । मैले उसलाई त्यागी दिएँ  ।” कलाकमलावतीको ऑखामा ऑसु टलपल गर्छ । त्यो ऑसुको मोल फगत तिनलाई मात्र थाहा छ । तिनी दिपेशले प्रेमप्रस्ताव राखेको क्षणहरू सम्झन पुग्छिन् ।
प्रेमप्रस्तावको जवाफ पछि दिउँला भनेर तिनी घर फर्किन्छिन् । बहिनी कोपिलाकलावती तिनलाई अधैर्यसाथ पर्खिरहेकी हुन्छे । सोधिहाल्छे— “दिदी, मेरो प्रेमप्रस्ताव दीपेशसँग राख्यो ?”
कोपिलाकलावती तिनको अत्यन्त मिल्ने मायालु बहिनी । तिनीहरूको उमेरमा दुई वर्षको फरक भए पनि धेरै मानिसहरू मिल्दो–जुल्दो रूप, चालढाल र शारिरिक बनोट देखेर जुम्ल्याहा होलान् भनेर झुक्किन्थे ।
जिद्दी स्वाभावकी कोपिलाकलावतीको हर इच्छा र चाहनाहरू सानै उमेरदेखि नै परिवारले पूरा गर्दिने गरेका थिए । दिदी बहिनीमा कुनै खेलौना वा नयॉ  बस्तुको बारेमा झगडा भयो भने हरेक पल्ट बहिनीकै जित हुन्थ्यो । घुर्काएर, रोएर, लडेर वा खोसेरै भएपनि मन परेको कुरा दिदीबाट लिएरै छाडथिन् । दिदी मन रुवाएर–मारेर–बॉधेर खिन्न भइ बस्थिन् । मन बुझाएर बहिनी प्रसन्न भएकी हेरिरहन्थिन् । दीपेशको सम्बन्धमा पनि त्यस्तै गरिन् । दीपेश बहिनीलाई सुम्पने निर्णय गरेर तिनले दीपेशलाई आफ्नो  नेताको छोरासँग मगनी भएको झूठो कुरा सुनाएर आफूलाई दीपेशको हृदयबाट टाढा पु¥याइन् ।
कलाकमलावतीलाई प्रत्येक पल्ट बहिनीसँग हार्ने बानी परी सकेको थियो । दीपेशलाई तिनी आफ्नो  बनाउन सक्थिन् तर बहिनीलाई दीपेश सुम्पिइन् आफ्नो  मुटु चुडालेर । त्यो तिनले ठीक गरिन् कि गरिनन् ? दीपेश र कोपिलाकलावतीको दाम्पत्य जीवन सुरु भइसकेको अवस्थामा सोचेर के फायदा ? 
आफूलाई मन परेको र मन पराउने केटो बहिनीलाई सुम्पेर जीवनभरका लागि  प्रेमको असह्य घाउ तिनले आफ्नो  मुटुमा बनाइन्  । त्याग पनि त्यस्तो हुन्छ र ?
*   *   *

नानी बोकेर भित्र पस्दै कोपिलाकलावती सोध्छे— “दिदी खोइ ?”
“उहाँ  त गइसक्नुभयो ।”
“कति छिटो जानुभयो ?”
“किन नेताको छोरासँग विवाह भएको छैन ? भनेर मैले सोधेको थिएँ  । ऑखामा आँसुको छछल्का छछल्काएर  हुरिको झोक्काझैँ  जान्छु पनि नभनि  निस्केर जानुभयो ।”
“जानुभो !...गइसक्नुभो ?!” कहॉ  कहॉ  हृदयको अतुल गहिराइबाट प्रतिध्वनित आवाजजस्तो स्वर कोपिलाकलावतीको मुखबाट निस्कन्छ । त्यो आवाजको अन्तरमा विरह हुन्छ, व्यथा हुन्छ, सहि नसक्नु अथाह पीडा हुन्छ । थुचुक्क बस्दै झ्यालबाहिर देखिने क्षितिजतर्फ टोलाएर ऊ निर्निमेष दृष्टिले हेरिरहन्छे ।
“कोपिला, किन ? के भयो तिमीलाई ?”
“मलाई यहॉ  अग्घोर वेदना भइरहेको छ ” छाती देखाउँदै ऊ भन्छे ।
“किन, कस्तो वेदना ?”
“कसैको अनमोल वस्तु खोसाएर लिँदा हुने....” ऊ हिक्क हिक्क रुन थाल्छे ।
“कुरा बुझिनँ  ।”
“ढिलो भइसक्यो अब । बुझेर नै के गर्न सकिन्छ र ? अब....” उसको सुस्केरा बाक्लो भएर कोठाभरि फैलिन्छ ।
थामिनै पर्छ आँधी हुरिले पनि, जीवनले पनि, वेदनाले पनि । निकै समयपछि उसको रुवाइ थामिन्छ । ऊ आफूभित्र लुकाइ राखेको रहस्य ओकल्छे यसरी ...  “दिदीले तिमीलाई असाध्य मन पराउथिन् । तिम्रो लागि तिनी जे पनि गर्न सक्थिन् । म पनि तिमीलाई मन पराउथे  । ममा  दिदीलाई मन परेको हरेक कुराहरू खोसेर लिने बानी परिसकेको थियो । प्राप्तिको प्रतिस्पर्धामा म दिदीलाई बारम्बार हराइरहेकी थिएँ  तिमीलाई पनि उनीबाट मैले जबर्जस्ती खोसेर लिएँ  । अहिले दिदीलाई मैले रित्तो बनाएर शुन्यतामा धकेलिदिएकी छु ....।”
“तिमी यो के भनिरहेकी छ्यौ ?”
“हो, म ठीक भनिरहेकी छु  । म आज तिमीलाई सबथोक बताउँछु । दिदीले नेताको छोरासँग मगनी भएको कुरा जुन तिमीलाई सुनाए, त्यो झूठो थियो ।  तिम्रो हृदयबाट आफूलाई निकालेर त्यहाँ  मलाई स्थापित गर्न तिनले त्यो प्रपञ्च रचेकी थिइन् ।”
“तिमी यो के भनि रहेकी छ्यौ ? किन तिनले त्यसो गरिन् ?” यो रहस्य थाहा पाएर दीपेशको मुटु फुट्छ । रगतको ऑसु ऑखाबाट चुहुन्छ ।
“म परपीडक भएकी छु । मनस्तापी म ! मैले दिदीको प्रेम खोसेर तिनलाई मनोविक्षिप्त बनाएकी छु । म पस्चात्तापको ज्वालामा जलिरहेकी छु ।  अझै तिमी चाहन्छौ भने ... दीपेश, दीपेश ! म तिमीहरूको मिलनमा अवरोध बन्दिनँ  । म कतै हिडिदिन्छु, तिमी पहिला जस्तै फुक्काफाल छौ ....”
“तिमी यो के भनिरहेकी छ्यौ ? बगेको खोलाजस्तै बितेको समय फर्कदैन...”
कोठामा उनीहरू सँगसँगै भए पनि कोठा  निर्जनजस्तो हुन्छ । उनीहरू आ–आफ्नो  पीडाको मानसिक संसारमा हराउँन पुग्छन् कताकता कहॉ  कहॉ  ...!












गार्हस्थ्य जीवनमा स्वाभिमानको मनस्ताप

‘एकान्तमा  तपाईँ के गर्नुहुन्छ, के सोच्नुहुन्छ त्यो नै तपाईँको वास्तविक जीवन हो, तपाईँको वास्तविक चरित्र हो’ भन्ने एकजना विद्वानको भनाइ अङ्गिकार गर्दा त्यो एकान्तभित्र पारिवारिक वा गार्हस्थ्य जीवनलाई पनि समावेश गर्नुपर्ने हुन्छ । स्वाभिमानको जीवनभित्र उसको अर्धाङ्गिनी, जीवन साथी वा पत्नी  कुसुम के गर्छे, के सोच्छे त्यसले उसको जीवनलाई प्रभावित पार्छ नै साथै उसले कुसुमप्रति निर्वाह गर्नु पर्ने दायित्व कति पूरा गर्छ त्यसले पनि उनीहरूको  जीवनको अन्तरकथा निर्धारण गर्छ ।
कुसुम...
गाउँकी सरल नवयौवना । उसको पनि धेरै नभएपनि हरेक अविवाहित युवतीहरूको जस्तै केही आकासिएका आकाङ्क्षा, इच्छा र चाहनाहरू थिए । सपनाको राजकुमारजस्तो पति पाउने लालसा कुन युवतीको हुँदैन र ? उसको पनि थियो । स्वाभिमानलाई देख्दा र पाउँदा त्यो लालसा पूरा भएजस्तो लागेको थियो उसलाई ,र उनीहरूको विवाह भएको थियो तर अहिले स्वाभिमान सोच्न विवश छ.....
“मैले के पाएँ  ? के  गुमाएँ  ? मैले के पाएँ  ? के  गुमाएँ ? मान्छेको जीवन ! स्वर्णिम युवा काल!!
बा“सको तामा ‘आकाश छेडछु’ भनेर सुरिलो, तीखो र दरो भएर सिधै आकाश ताकेर बढदै जान्छ ।  छिप्पिदै जा“दा पात हाँगा बिङ्गा पलाउन थाले पछि नुहुन थाल्छ । आकाश छेडने त्यसको सपनाजस्तै  मान्छेको पनि युवाकालको आकाशिएका आकाङ्क्षा, इच्छा र सपनाहरू घर व्यवहार अथवा सांसारिक क्रुरताले छोपिए–छोएपछि गल्र्याम्म ढल्दो रहेछ ।
मेरा पनि सपनाहरू कता बिलाए ? आनन्द, सुख, मनको चैन, शान्ति, सन्तोष, उत्साह, उमङ्ग, जोश जाँगर अथवा जीवनका रमाइला तन्तुहरू डडेलोमा घॉस, पातपतिङ्गगर, फुस  ढडेझैँ  खरानी भएका छन् ; स्वाहा भएका छन् ।
आज म आफूलाई त्यो बिन्दुमा पाउँछु जहॉबाट ओर्लनु, झर्नु र खस्नु बाहेक अर्को गर्न सकिँदैन र म निरन्तर झर्न थालेको छु ।
मेरो यो ओरालो झर्ने गतिलाई तीब्रता दिने मेरो जीवन साथी कुसुम र छोराछोरीहरू...
*   *   *
“कुसुम ! कुसुम. !! मेरी  कुसुम....
मैले विवाह गरेर घर ल्याउँदा तिनी कति कञ्चन थिइन्, शीतल थिइन्, सुन्दरी थिइन् । तिनलाई आफूसँग गाँस्दा मलाई अपार हर्ष लागेको थियो । त्यसतो स्त्रीरत्न पाएर आफ्नो  जीवन पूर्णताउन्मुख छ भन्ने सोचेको थिएँ  तर...
एउटा चित्रकारले एउटा सुन्दर युवकलाई मोडल बनाएर भगवानको चित्ताकर्षक मनमोहक चित्र बनाएको थियो । फेरि त्यसै चित्रकारले २० / २२वर्षपछि एउटा क्रुर र दानवको चित्र  पनि त्यही युवकलाई नै ..(जो जेलमा डरलाग्दा अपराधहरूको सजाय भोगिरहेको थियो) हेरेर बनायो रे । समय कति क्रुर र हुन्छ । एउटा सुन्दर, दयालु र उत्तम मान्छेलाई निर्दयी क्रुर दानवमा परिणत गर्न सक्छ समयले । त्यस्तै कुसुम पनि....क्ञ्चन, अवोध र पवित्र बाला कुसुम कोपिलाजस्तै फक्रिन थालेकी थिई । मैले घर भित्राएपछि मेरै अँगालोमा फुली । पतिब्रता थिई, कर्तव्यपरायण, सुशील र लज्जाशील तिनी पति बाहेक परपुरुषको कल्पना समेत गर्न सक्तिन थिन् ।
अवैध, अनैतिक र भ्रष्ट तरिकाले मैले धन थुपार्न थाले पछि धनको रासले तिनलाई पुरी दिएँ  । एउटा पतिले दिनुपर्ने प्रेम केही समयसम्म त मैले दिएँ  । त्यही प्रेमको उपहार तिनले मलाई एउटी छोरी र एउटा छोरा दिईन् । तर त्यसपछि म धनका खातिर ‘किङ्ग मिडास’जस्तै बन्दै गएँ  । धन... ! धन !!
अकुत सम्पत्ति मैले जोडेँ  । अकुत सम्प्त्ति जोड्ने दौडमा म दाम्पत्य जीवनमा चुकेँ  । मसित कुसुम र छोराछोरीका लागि समय नै बॉकि रहेन । मेरो उनीहरूसित बिरलै मात्र भेट हुन्थ्यो । हाम्रो सम्बन्ध टाढाको बन्दै गयो । उनीहरू र म बेग्लाबेग्लै निर्जन टापुका बासिन्दाहरूजस्ता भयौँ  ।
उनीहरूले मलाई चिन्न छाडे ।
मैले उनीहरूलाई चिन्न छाडेँ ।
हामीहरूबीच सम्पन्नताको अथवा धनको ठूलो तर्नै नसकिने खोला बग्न थाल्यो । त्यो खोलाले हामीलाई बगाउँदै लग्यो तल... तल.. धेरै तलतल ...
आमाबुबा र भाइबहिनीहरू गाउँमै थिए । आमाबुबा सहर आउन मानेनन् । भाइबहिनीहरूलाई मैले ल्याइनँ । कुसुमले शासुसशुरा, देवर नन्दहरूको सेवा शुश्रूषा गर्नै परेन । तिनी स्वतन्त्र थिइन् र स्वछन्द पनि भइन् ।

म दिनप्रतिदिन पार्टी काम, पदीय काम, बैठक, छलफल, भेटघाट, सम्पर्कआदिमा दिनभर र बेलुकी ड्रिङ्कपार्टी, डान्सपार्टी, भोजभतेरमा व्यस्त हुन थालेँ  । सधैं राती अबेला मात्र घर आउन थालेँ , कुनै कुनै रात त म घर पनि आउदिन थिएँ  । छोराछोरी महङ्गा बोर्डिङ्ग स्कुलमा पढ्दै थिए । दिनरात एक्ली कुसुम !
कुसुमले पनि नयाँ  रहनसहन तथाकथित भोगवादी आभिजात्य दर्शनले दीक्षित चलनचल्तीको आधुनिक पैसावाल नारीहरूको जीवन पद्धति अङ्गाल्न थालिन् । थुप्रै महिला र  पुरुष मित्रहरू तिनले बनाइन् । अब तिनलाई मेरो सङ्गातिको आवश्यकता थिएन, मलाई पनि तिनको । हामी बेग्ला बेग्लै वेगप्रवाहमा बग्दै गयौँ  । परम्परागत पति पत्नीको दाम्पत्य सम्बन्ध, मेलजोल र अवस्था हाम्रो रहेन । हामी दुवै स्वेच्छाचारी हुँदै  गइरहेका हुन्छौँ  ।
तिनले मलाई अरू सुन्दरीहरूसँग आपत्तिजनक अवस्थामा कति पटक भेटिन् । पहिलापहिला कडा प्रतिपाद गरिन् तर म नसुध्रिएपछि तिनले पनि त्यही बाटो अवलम्वन गरिन् । तिनको निम्ति मेरो अनुपस्थितिमा हाम्रो  घर पनि अरू युवकहरूसँग रमाइलो गर्ने थलो बनेको थियो । त्यस्तो थाहा पाउँदा म रिसले चुरचुर भएर तिनलाई हकार्थे, कुट्थे र पुरुष हुनुको दम्भ घमण्ड देखाउँथे । तिनी लच्कनुको सट्टा मुखालो, झगडालु र झन्झन् बाइफाल्नी हुँदै गइन् । आखिर म  पराजित भएँ । म वर्तमान चलनचल्तीको तथाकथित राजनैतिक पराजित पुरुष भएँ  । यो मेरो घरभित्रको वा जीवनको अन्तरकथा हो ।  घरबाहिर चर्चाको विषय होइन ।
सम्पत्तिको थुप्रो आखिर मेरो लागि बारुँदको थुप्रो सरह भएको छ ।
म अब कुसुमलाई अथाह घृणा गर्छु तर त्याग्न सक्तिनँ  ।
तिनी पनि मलाई अथाह घृणा गर्छिन् तर मैले बटुलेको धन उडाएर मौज गर्छिन् ।
दोष अलिकति मेरो पनि छ । धन, धनको पछि लागेर मैले मेरो पारिवारीक दायित्व भुलेँ  । मियो नै बिग्रेपछि अरू कहाँ  सप्रन्छन् र ?
फर्केर हेर्दा म आफूलाई एक्लो एउटा खण्डहर मात्र पाउँछु ।
कुसुम (अब मेरो लागि) मात्र एउटा बम हो, कुनै बेला पड्केर आफू सखाप हुँदै खण्डहरजस्तो मलाई पनि सखाप पार्छे ।




गार्हस्थ्य सुख

‘तरुनीको पोइ नमरोस्, बूढाको स्वास्नी नमरोस्’ भन्ने उखान मलाई लागू नभए पनि मेरा मातापिता र भाइबुहारीको दाम्पत्य जीवनमा लागू हुन्छ ।
मेरी आमाको मृत्यु भइसकेको छ । आमा सिकिस्त बिरामि हुँदा मैले आमाबुबालाई सहरमा ल्याएर औषधि उपचार गराएँ  । आमालाई क्यान्सर भएको थियो र निको हुने सम्भावना नभएपछि गाउँ फर्कने जिद्दी आमाले कस्नु भयो । उहॉहरूसँग म पनि गाउँ फर्किएँ  ।
आमा बिरामि हुँदा बुबाले एकै क्षण पनि आमालाई छोडनु भएन । कसरी हुन सक्छ ? आमालाई मनमा शान्ति र सुख पु¥याउने हर सम्भव प्रयत्न गर्नु भयो । म तुलना गर्छु म बिरामी भएर कोठामा सुतिरहँदा कुसुम धुरमुसे केटाहरूसँग जिस्किएर बैठक कोठामा मज्जा मनाइरहेकी हुन्थिन् । तिनलाई मेरो कुनै चिन्ता  थिएन । म र पिताज्यू !
पिताज्यू र म ?
पिताज्यू मभन्दा धेरै भाग्यमानी हुनुहुन्थ्यो । उहॉ  निष्कपट, सोझो र इमानदार युगमा जन्मनु भयो । सरल, स्वच्छ र इमानी पेसा खेती अपनाउनु भयो । निष्ठावान, कर्तव्यपरायण, सुशील र सुन्दर पत्नी पाउनु भयो । उहा“को हर कार्यहरूमा हर क्षण आमाले साथ दिनु भयो । शीतल, सुखद, निष्कपट र निष्कण्टक खेती किसानीमा जीवन गुजार्नु भयो । मैले जस्तो तातो बिरसिलो यान्त्रिक स्वार्थी फोहोरी समाज र स्वाभावको सामना उहॉले गर्नु परेन ।
‘न भोक, न भकारी; न शोक न सुर्ता ।’ बुबा खेती किसानीबाट आउने थोरै भकारीबाटै सन्तुष्ट हुनुहुन्थ्यो । आफू  निश्छल, सरल र महŒवाकाङ्क्षाहीन हुनु भएकोले किसानको जीवनमा प्राप्त हुने  आनन्द र सुख उहॉलाई प्राप्त भएको थियो । तर म ? मैले ठूलो धनको भकारी थुपारेँ  । शोक र सुर्ताको समुद्रमा डुबेँ  र डुबीरहेको छु । उत्रने छॉट देख्तिनँ !
आमा बिरामी भएको बेला बुबाको मन कति कल्पन्थ्यो होला ? रुन्थ्यो होला ? तर आमाको अगाडि रोएर आमालाई कमजोर पार्नु भएन । आमा पनि आफ्नो  मृत्युको पूर्वाभास पाएर पनि बुबाको अगाडि कहिल्यै रुनु भएन ।
तर बुबा नभएको बेला रुँदै उहॉले मलाई भन्नु भयो— “स्वाभिमाने, म मरेपछि तेरो पिताको ख्याल राख्नू, भाइबहिनीहरूको ख्याल राख्नू । तेरो पितालाई कुनै किसिमको दुःख हुन नदिनू ।”
उफ् ! सुख के हो ? मलाई थाहा छैन । के गर्दा दुःख हुँदैन ? त्यो पनि मलाई थाहा छैन ।
के गर्दा बुबालाई दुःख हुँदैन ? आमालाई थाहा थियो तर मलाई थाहा छैन । म कसरी बुबालाई सुख दिन सक्छु ? पारिवारिक मनोमालिन्यको आगोले पिल्सिरहेको मलाई थाहा छैन ।
आमाको मृत्युपश्च्यात मैले बुबालाई भनेँ — “यहॉ अब के छ र ? मसँग सहर जाऊँ  । हामीसँग बस्नुहोस् ।”
“सहरमा झन के छ र ? यहॉ  मैले जिन्दगी बिताएको माटो छ, घर छ, इष्ट मित्रहरूछन् । तेरा भाइबहिनीहरू छन् । सबैभन्दा बढी तेरी आमाले टेकेको, छोएको र स्याहारेको माटो छ, बाटो छ, रोपेको, छोएको र हुर्काएको गाईवस्तुहरू, रूख, बोटविरुवाहरूआदि छन् । तेरी आमाको सम्झना जीवित गराउने हरेक कुराहरू यो गाउँमा छन् । तेरी आमाको जीवितावस्थाको भान गराउने र सम्झना दिलाउने वस्तुहरू म यो गाउँभरि पाउँछु, देख्छु । ती मेरा लागि अत्यन्त प्रिय छन् । तिनैको सहारामा तेरी आमाको सम्झना गर्दै म यो शेष जीवन गुजार्नेछु ।”—यसो भन्दा बुबाका ऑखा रसाए । उहॉले गाउँ  छाड्न मान्नु भएन ।
बुबाको स्थिति धेरै वर्ष अगाडि मैले देखेको चरासित म अनायास तुलना गर्न पुग्छु । म बसेको घर अगाडि एउटा रूख थियो । त्यो रूखमा एक जोडी चराले गुँड बनाएका थिए । एक दिन चरो चारो खोज्न टाढा गएको बेला एउटा केटोले गुलेलीले हानेर (मेरो अन्दाजमां ) चरीलाई मारी दियो । चरो फर्केर आयो । हे¥यो...चरी छैन । च्या..च्या...च्या.. कराएर विलाप गर्दै गुँड, रूख वरिपरि चारैतिर उडदै घुम्यो । खोज्यो चरीलाई । रोयो, करायो च्या..च्या...च्या...विलाप ग¥यो । चरीलाई खोज्यो, खोजी रह्यो र रोइरह्यो च्या..च्या...च्या...... त्यो एक्लो विकल चराजस्तै मेरा पिता पनि विकल  !
साच्चै मेरो ऑखा अगाडि आमाबुबा भाइबहिनीहरूसँग बिताएको मेरो गाउँले जीवन सजीव भएर आउँछ ।
रातो माटो र कमेरोले लिपेको हाम्रो सानो, सफा चिटिक्क परेको घर । घरको एक एक कोठा, कुना, आँगन र स्थानहरू मेरो वाल्य जीवनसँग आमा बुबा जतिकै गासिएका छन् । घर अगाडिको बाटो, गोरेटो पँधेरा, छरछिमेकीका घरहरू, पाठशाला, चौर, गाइवस्तु, खेतबारी, वन जङ्गल सब सब सजीव भएर आउछ ।  त्यतिबेला मैले कक्षा दसमा पढेको ‘पास्ट एन्ड प्रिजेन्ट’ अंग्रेजी कवितामा उल्लेख गरिएझैँ  म स्वर्गको नजिक र आनन्दित थिएँ  । अहिले धेरै टाढा भएको छु ।
मेरी मायालु आमा कति माया गरेर हामी केटाकेटीहरूलाई खुवाउनु हुन्थ्यो । कति धेरै माया गर्नु हुन्थ्यो । त्यस्ती आमा ! कठै फेरि बालक भएर आमाको काखमा लुटपुटिन पाए... ! आमा खेतबारी, मेलापात र हर काममा बुबाको साथ दिनु हुन्थ्यो । उहाँहरू दुइ शरीर एक प्राण हुनु हुन्थ्यो । एउटाको पीर अर्काका पनि हुन्थ्यो । सुखदुःख सब बराबर बाडेर लिन्थे । एउटा हॉस्दा अर्को पनि हॉस्थ्यो, एउटा रुँदा अर्को पनि रुन्थ्यो । एउटा बिना अर्को अधुरो हुन्थ्यो । एक अर्कामा मिसिएर पूर्ण भएका थिए । आमा बुबाको आदर्श दाम्पत्य जीवन थियो ।
भाइले पनि राम्ररी पढन सकेन । पढाइ छाडेर खेतीपाती सम्भालेको छ । भाइ र बुहारी खेतीपाती घॉसदाउरा सँगसँगै गर्छन् । ह“सीखुशी छन्, हँसीखुशी देखिन्छन् । एकअर्काप्रति पूर्ण इमानदार, आस्थावान, कपटहीन र प्रेमपूर्ण छन् । एकै छिन पनि छुट्टिएर बस्दैनन् । ‘सँगै बॉच्ने, सँगै मर्ने’ कसम खाएझैँ  गर्छन् । लोग्ने स्वास्नीको माया पिरती त त्यस्तो पो हुनु पर्ने हो । सुख, आनन्द, मनको चैन र शान्ति निस्वार्थ प्रेममा छ, समर्पणमा छ, त्यागमा छ ।
दाम्पत्य सुख भनेकै त्यो हो कि ? म केवल कल्पना गर्न सक्छु ।
हो नि ,  पतिको सुख दुःखमा पत्नी बराबर सहभागी, पत्नीकोसुख दुःखमा पति पनि त्यतिकै सहभागी । एउटाले अर्कोको मन बुझेको छ, पीर बुझेको छ । अर्कोलाई सुख पु¥याउने ध्याउन्नमा आफूलाई नै बिर्सेको छ । एकआपसमा एकाकार भएका छन्, लीन भएका छन् । प्रेममा निर्लिप्त छन् । प्रेमको जोडले सारा संसारको दुःख, पीडा, सन्ताप, वेदना र यातना सहन्छन्, सहन सक्छन् । दुःखमा पनि सुखको आभा देख्छन् । त्यो नै पारीवारिक दाम्पत्य सुख होला ।
....मायाको डोरीले चल्छ जीवन...
म अकस्मात धेरै वर्ष अगाडि हामीले वनभोजमा गाएको गीत सम्झन्छु....
.मान्छेको चोला यो फूलको थुङ्गा हो
  डालीमा फुलेर अर्पण हुने हो

माया  नमार   माया नमार,  मायाको ड़ोरीले   चल्छ  जीवन
माया माया मायालु माया पाउन, दुःख कष्ट सहुला“ जीवन भरि म....

धेरैधेरै पहिला स्वर्ग पुरुषको अधिनमा थियो रे । भगवानले पुरुषबाट जबर्जस्ती स्वर्ग खोसेर लग्यो र त्यसको क्षतिपूर्ति स्वरूप पुरुषलाई स्वास्नीमानिस दियो रे । होला र त, स्वास्नीमानिसले जीवनमा कति धेरै आनन्द पुरुषलाई दिन्छ । पुरुषले पनि आफ्नो  स्त्रीको लागि ज्यान समेत दिन्छ ।
मेरा मातापितामा असाध्य माया प्रेम थियो । दाम्पत्य सुख उनीहरूलाई प्राप्त भएको थियो ।
मेरा भाइबुहारीमा असाध्य माया प्रेम छ । दाम्पत्य सुख उनीहरूलाई प्राप्त भएको छ ।
मलाई पनि क्षणिक कालका लागि प्राप्त भएको थियो । धनको पछि अन्धा भएर लाग्दा मैले त्यो सुखलाई स्थायि र दिर्घकालिन बनाउन सकिनँ  ! सकिनँ  थेग्न र थाम्न दाम्पत्य सुखलाई...!












भ्रम र स्वाभिमानको जीवन

मान्छे कसको लागि बॉच्छ ?
मान्छे आफ्नो  लागि बॉच्छ । आफ्नो परिवारको लागि बॉच्छ । आफ्नो  देशको लागि बॉच्छ । मान्छे आफ्नो  जाति मान्छेको लागि बॉच्छ । तर म कसको लागि बॉचेँ  ?
म आफ्नै  लागि पनि बॉच्न सकिनँ  । मलाई लागेको थियो अतुल धन राशी थुपारेर आनन्दसाथ ‘म’ समाजमा स्थापित हुनेछु । म आफूलाई सधैं बचाइ राख्ने छु । अमर हुनेछु ।
म परिवारको लागि पनि बॉच्न सकिनँ  । मैले सोचेको थिएँ सम्पन्नताले म परिवारको सुख किन्नेछु । आमालाई, पितालाई, भाइबहिनी, पत्नी र छोराछोरीहरूलाई सुखको संसारमा खुशी बनाएर राख्नेछु । समाजमा उदाहरण प्रस्तुत गर्नेछु ।
म देशको लागि पनि बॉच्न सकिनँ  । सम्पन्न भएर देशसेवा गर्नेछु । देशको कॉचुली फेर्नेछु । धनवान् मलाई देखेर सबै मानिसहरूले मजस्तै धनी हुन कडा परिश्रम गर्ने छन् । देश बन्नेछ ।
यी त भए मेरो कुतर्कहरू ! अझै मसित अनेकौं तर्कहरू छन्...
जीवन भनेको यस्तै हो । कोही केको भ्रममा पर्छन् । कोही अर्कै थोकको भ्रममा पर्छन् । भ्रममा नभट्किएको को मान्छे छ र ? प्रत्येक भ्रमलाई मान्छेले आफ्नो  अडकलमा सत्य सम्झन्छ ।
मैले धनलाई सत्य सम्झेँ  । पिताले दायित्वलाई सत्य सम्झनु भयो । भाइले प्रेमलाई सत्य सम्झेको छ । कुसुमले तृप्तिलाई सत्य ठानी । छोराछोरीले व्यसनलाई सत्य ठान्न सक्छन् ।
सब, यसरी, भ्रमलाई सत्य ठान्न विवश छन् । संवृत्ति सत्य र परमार्थ सत्यको अन्तर थाहा पाउन नसकेर भ्रममै बॉचेका छन् ।
जीवन— ‘माछा माछा भ्यागुता’
‘माछा माछा भ्यागुता’— जीवन हिसाब
जोड, घटाऊ, भाग, गुणा गरियो
अनेक गरियो अनेक ... हात लाग्यो शून्य
एउटा विशाल रिक्तता आफूभित्र पालेर....
भ्रममै म जन्मिएँ , भ्रममै हुर्किएँर भ्रममै मर्न विवश छु । भ्रम पनि सत्य हो ।  यो नै मेरो जीवनको भ्रमपूर्ण संवृत्ति सत्य हो । यथार्थ हो ।
भोगि सकियो । विगत भइसक्यो स्वर्णिम युवाकाल ! फर्काएर त्यसमा सुधार गर्न सकिदैन, गल्ती सच्चाउन सकिँदैन भने अब केको बिस्मात ?

उडान फेरि स्वाभिमानको आफ्नै  मनको

अज्ञानमा आनन्द रहेछ । अवोध बालकका निम्ति सुनको लोला र काठको किलामा केही फरक हु“दैन । अवोध बालक आमाको काखमा बसेर चन्द्रमा टिप्न खोज्छ । खेलौनाहरूको संसारमा यथार्थवोध गर्छ र रमाउँछ आफूलाई संसारको मालिक ठानेर ।
म पनि नपढेर किसान भएको भए...मेरा हातहरूमा सुनभन्दा महङ्गा जीवनदायी अन्न उब्जाउदाका ठेलाहरू उठेका हुन्थे ।  दिनभरिको अथक श्रमपछि रातमा म मस्त निधाउन सक्थेँ  । शारीरिक श्रम गर्दा दिमागमा एक प्रकारको ‘इन्जाइम’ निस्कन्छ जसले पीर पर्न दिदैन रे । म पनि आमाबा, भाइबुहारी र अन्य किसानहरूजस्तै निष्कपट, शान्त, इमानी र तनावरहित भएर  निर्दोष, निर्मल र निरपेक्ष आनन्दको संसारमा विचरण गरिरहेको हुन्थेँ  ।
म लाहुरे भएको भए....मेरो बुद्धि नै अर्कै हुन्थ्यो, जीवनपद्धति नै अर्कै हुन्थ्यो । स्वदेश माया मुटुभरि गुट्मुट्याएर विदेश विदेशमै नोकरी गर्दागर्दा बुढो हुने थिएँ  । राजनीति मेरो सोच र समझभन्दा परको विषय हुन्थ्यो । मेरा अगाडि केवल भौतिक वस्तुहरू र भौतिक संसार मात्र हुन्थ्यो । कल्पना, भावना, विचार र आकाङ्क्षा नभएको भौतिकताको आनन्द मलाई प्राप्त भइरहेको हुन्थ्यो ।
म पढेलेखेको मान्छे त भएँ  तर मेरो पढाइ वा शिक्षा व्यवसायमूलक, प्राविधिक र स्वरोजगारमुखी नभएकोले बेरोजगार भएर अनेकौँ  ठक्कर खाएपछि राजनैतिक कार्यकर्ता हुन पुगेँ  । राजनैतिक धोकाधडी, विश्वासघात र वेइमानी सिकेँ  र गरेँ । देश र दुनियालाई असफलतातर्फ धकेल्दै म फोहोरी राजनीतिको शीर्ष स्थानमा पुग्न सफल भएको छु । सम्पन्न भएको छु । तर के म सन्तुष्ठ छु ?
मैले बिल्डिङ्ग ठड्याएको छु, कार जोडेको छु, बैङ्क ब्यालेन्स थुपारेको छु । कुसुमजस्ती निर्भया आधुनिक पत्नी पाएको छु । छोराछोरीहरू महङ्गो बोर्डिङ्ग स्कुलमा पढाइ रहेको छु । आममान्छेलाई यसभन्दा बढी के चाहिन्छ  !?
घरभित्रको, मनभित्रको अनि जीवनभित्रको अन्तरकथा कसलाई थाहा हुन्छ र ?  भित्रभित्रै कुहेको फर्सी बाहिरबाट हेर्दा राम्रै देखिन्छ । म पनि राम्रै देखिएको छु । कुसुम र मेरो जोडी राम्रै देखिएको छ । यो भन्दा बढी के देखिनु प¥यो र ?
होइन, होइन । देखिनु र हुनुमा फरक छ । म राम्रो हुन चाहन्थेँ । ठूलो होइन, असल मानिस हुन चाहन्थेँ  । कमसल ठूलो मान्छे भएको छु । मजस्तैहरूले देश, दुनिया र राजनीति हाँकिरहेका छन् । देश र दुनियाले मजस्तालाई प्रोत्साहन दिन्छभने यसमा मजस्ताको के दोष ?
“हा...हा...हा..’’ सोचाइको निरन्तरतासँगै म अट्टहास गर्छु । म ? के मलाई वर्तमान सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक र शैक्षिक व्यवस्थाले उब्जाएको होइन र ? तीमाथि मेरो नियन्त्रण थियो र ?
 ‘जस्तो रोप्यो, त्यस्तै फल्छ ।’ समाज, दुनिया र देशले मजस्तै रोप्यो र मजस्तै फल्यो । मैले पनि सामाजिक, राजनैतिक, आर्थिक र सांस्कृतिक बनोट अनुरूपकै रोपेँ , त्यसै अनुरूप फलाएँ  ।
कुसुमलाई म सती सावित्री बनाएर राख्न सक्थे र ? आफू चाहिँ सत्यवानजस्तो नहुने, नल वा दुशासनजस्तो हुने, ‘लेडिकिलर’ हुने र उसलाई चाहिँ  सती सावित्री बनेको हेर्न चाहने ? त्यस्तो हुँदैन र भएन । यसमा मैले के गुनासो गर्ने ? ठीक हो, मजस्तै ऊ पनि स्वतन्त्र छे, स्वचन्द हुन्छे । मैले जस्तो बनाएँ त्यस्तै भई । मजस्तै भएर मसॅगसॅगै उडी, मलाई नै पछ्याएर हिडी । राम्रै भयो ।
नराम्रो मानेर नै पो के हुन्छ ? हुने त भइसक्यो । नभएको भए के हुन्थ्यो ? नभएको भए केही हुँदैनथ्यो । केही नहुनु झन् नराम्रो हुन्थ्यो ।
जेजस्तो भएपनि म मनभरि उडेँ  मनको उडान
कुसुमले मनभरि उडिन् मनको उडान
मन त रोएन । मन रोयो रे, कसले देख्छ र ?
रोएरै भएपनि मनको रहर पुग्यो
नरुने हो भने मुटु दुङ्गाको हुनु पर्छ । मुटु दुङ्गाको हुँदैन
मन हो,
पखेटा फैलाएर कल्पनाको आकाशमा विचरण गरिरहन्छ
हा...हा...हा...मन त हो
मनजस्तै उडिरहन्छ
उडिरहन्छ...उडिरहन मन लाग्छ.....” —अन्तमा स्वाभिमानको  काल्पनिक सोचको मनको उडानमा उसको भावना कविता भएर पोखिन्छ ।
“उडान मनको
हा...हा...हा..., हा...हा...हा...
बौलाहापनका लक्षणहरू ममा देखा पर्दैछन् । म आत्तिन्छु ।  अवैध ढङ्गले कमाएको मेरो अकुत सम्पत्ति अब धैरै दिनसम्म मसँग रहिरह्योभने म पक्कै बौलाउनेछु ।
“काँचलाई हीरा सम्झेँ । मृगमरीचिका मेरो जीवन भयो । जीवनले मलाई ठग्यो । जीवनले होइन, गलत खराब सामाजिक, राजनैतिक, आर्थिक र सांस्कृतिक व्यवस्थाले मलाई र मजस्तै यो पिँढीको युवाहरूलाई ठग्यो । प्रेम पाउने मेरो लालसामाथि नराम्ररी तुषारापात भयो । प्रेमको अलौकिक उज्यालोविहीन सम्पत्तिको बारुदमाथि थच्चिएको मेरो युवा काल कटु, निरीह, निस्सहाय, निर्मम, निस्प्रयोजन र निरर्थक भई समाप्त हुन लागेको छ ।
आदिम,जङ्गली, कृषिआदि युगहरूमा जन्मिएकाहरूले युग अनुसारकै जीवन भोगे । त्यो तिनीहरूको नियति थियो जो बदल्न सकिँदैनथ्यो । र,....मैले पनि यी जेजस्तो भोगेँ , बेहोरेँ  सब, यी सब वर्तमानका पीडा र यथार्थहरू हुन् । यो वर्तमानमा (राजीखुशीले नभई करकापले नै सही) सबैले यस्तै यस्तै भोग्नु–बेहोर्नु पर्ने नै भएको छ ।







वर्तमानको सक्रमणकालीन पीडा

दीपेश .....चैत २४, शुक्रबारको नेपालपत्र राष्ट्रिय दैनिकमा छापिएको आफ्नो  लेख पढ्छ......

संक्रमणकालीन वर्तमान पुस्ता


“एउटा मान्छे, एउटा परिवार, एउटा समाज, एउटा देश एक्लो निरीह, दुर्बल र प्रभावहीन हुन्छ । वर्तमान पुस्ताको एक्लो युवा, एक्लो संस्था, एक्लो दल वा संगठन सबै दुर्बल छन् । एक्लो एक्लो यिनीहरू अरूबाट अग्घोर प्रभावित छन् तर अरूलाई प्रभाव पार्न अक्षम छन् ।
यो वर्तमान पिँढीको पीडा हो ।
संक्रमणकालमा रहेको वर्तमान पुस्ताको नियति हो ।
वर्तमान ....
न पुरानोजस्तो छ, न पूरा नयॉ आधुनिक नै हुन सकेको छ । भौतिक संरचना, बनोट र व्यवस्था धेरै पुरानोको र अलिकति नयॉको मिस्रण भएको छ । तसर्थ वर्तमानको चाल, गति वा प्रगति न नयॉको जस्तो छ, न पुरानोको जस्तो  । ‘हॉसको हिडाइ न कागको हिडाइ !’....
“कृषिप्रधान देश । कृषि पुरातन परम्परागत  प्रणालीकै छ । कृषि र कृषकको हरिविजोग  !  बा¥है महिना, चोबीसै घण्टा खट्दा पनि हात मुख जोर्न धौ धौ । गरिबीले आक्रान्त किसानहरू शोषित, पीडित र उपेक्षित छन् । विकसित देशहरूमा कुल जनसंख्याको सात प्रतिशतभन्दा कम कृषिमा आवद्ध भएर पनि कुल गार्हस्थ्य उत्पादनमा कृषिको महŒवपूर्ण योगदान हुन्छ ।  तर ८० % भन्दा बढी श्रमशक्ति संलग्न भएको कृषिको योगदान कुल गार्हस्थ्य उत्पादनमा  ३५% भन्दा कम हुनुले कृषि र कृषकको दयनीयता देखाउ“छ । व्यापारको क्षेत्रमा पनि सन्तोषजनक स्थिति छैन ।
अन्तर्राष्ट्रिय व्यापारमा घाटा दिनप्रतिदिन बढदो छ । आन्तरिक ब्यापार असुरक्षा, अस्थायित्व र उपभोक्ताको क्रयशक्ति कम भएकोले डावाडोल बन्ने अवस्थामा छ ।
उद्योगको क्षेत्रमा पनि आधारभूत उद्योगहरूको स्थापना भएकै छैन ।  भएका केही उद्योगहरू पनि औद्योगिक अस्थिरता, अनुशासनहीनता, चन्दँ आतङ्क, लोडसेडिङ्ग र अस्थिरताले  बन्द हुन थालेका छन् । जल बिद्युतमा विश्वको दोस्रो धनी देश लोडसेडिङ्गको अनपेक्षित मारमा परेको छ । पर्यटन र सेवा क्षेत्र पनि नाजुक स्थितिमा पुगेका छन् ।
राजनीति अन्यौलग्रस्त छ । जनता र राष्ट्रको उत्थानको निम्ति राजनीति हुन सकेको छैन । आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र स्वास्थ क्षेत्र पनि अवनतितिर नै लम्किरहेको छ ।
मुलुक उज्यालोतर्फ, अग्रगमनतर्फ अथवा सम्पन्नता र स्थायित्वतर्फ बढनेछ भन्ने आशामा  वर्तमान पुस्ता अनेकौं दुःख, कष्ट, पीडा र अभाव झेल्दै बॉचिरहेको छ ।
तापनि वर्तमान पुस्ताका मानिसहरू युग निर्माता भएका छन् । हुन पनि हो— विश्वबाटै धेरै समय अगाडि फालिएको निरंकुशता बल्ल मात्र यो देशबाट उखेलिएको छ । उज्ज्वल गणतन्त्र ल्याउने यही पुस्ता भएको छ । अथाह कष्ट, गरिबी, बेरोजगारी र भ्रष्टाचारजस्ता अनेकौ“ विसङ्गति र विकृतिहरू भोगेर पनि हिम्मत नहारी उज्यालो भविष्यको सपना देख्न सक्ने यही पुस्ता भएको छ ।
सुन्दर, शान्त, समुन्नत, सम्पन्न र सफल नेपालको सपनाको आधारसिला खडा गर्ने वर्तमान पुस्ता संक्रमनको दुरुह कष्ट बेहार्ने महान् बलिदानी पि“ढी भएको छ ।
संक्रमनकाल ! हरक्षेत्रका संक्रमनकालका पीडाहरू !
स्पष्ट आकार, स्वरूप, गति र दिशा निर्धारण गरि नसकेको राजनीतिमा स्वार्थी, भ्रष्ट र बेइमानहरूको हालीमुहालि होलाजस्तो भान भएको छ । संक्रमनको फायदा उठाउन विदेशीहरू भरमग्दुर कोसिस गरिरहेका छन् । राष्ट्रवादी र राष्ट्रघातीहरू बीचको एवं अग्रगमनकारी र प्रतिगामी शक्तिको बीचको अन्तरद्वन्द्व निर्णायक बिन्दुमा पुगेको छ । जीत महान् जन आकाङ्क्षाको हुनेछ ।
असल ठीक राजनीतिले असल ठीक सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक एवं शैक्षिक संरचना, बनोट र व्यवस्था निर्माण गर्नेछ । त्यो व्यवस्थाले ठीक शिक्षा र सिकाइ ल्याउनेछ । त्यसले फेरि ठीक असल मानव चरित्र निर्माण गर्नेछ । असल ठीक मानव चरित्रले ठीक असल राजनीतिको प्रादुर्भाव गर्नेछ । त्यो अवस्था र व्यवस्था  सबैभन्दा उत्कृष्ट हुनेछ ।
त्यो अवस्था यथार्थमा रूपान्तर गर्ने बलिदानी वर्तमान पुस्ता   संक्रमनका पीडाले सर्वाधिक पीडित छ । अझ वर्तमान युवा पिँढी सबैभन्दा बढी  पीडित भएको छ । उनीहरूले भोगिरहेको जीवन न पूरा पुरानोजस्तो छ न नयाँ  जस्तो नै छ । उनीहरूले गर्ने वा प्राप्त गर्ने प्रेम पनि न पुरानो किसिमको छ न नयाँ  किसिमको । पुरानो युगको पुरानै किसिमको एक प्रकारको विशेषता, आकर्षण, आनन्द र शैली थियो त्यसबाट पनि वर्तमान युवाहरू वञ्चित छन् । आधुनिक नयाँ  स्वादबाट पनि उनीहरू विमुख भएको कॉचो अर्ध सभ्यताले उनीहरूलाई केही गरीखाने स्थितिमा रहन दिएको छैन ।
यस्तो अवस्थामा रहेको वर्तमान युवा पिँढी प्रेमबाट, सम्पन्नताबाट, सरलताबाट र सहजताबाट वञ्चित भएर पनि एवं अनिश्चित अन्यौलग्रस्त वातावरण, परिवेश र परिस्थितिको सिकार भएर पनि  नवीन युगको सुत्रपात गर्ने ऐतिहासिक महान् बलिदानी पिँढी हुन पुगेको छ । 
वर्तमानमा विगतको बलिदानी जगमा ठडिएको वर्तमानस“ग भविष्य पनि बलिदानको माग गरिरहेको हुन्छ सधैं सधैं !
वर्तमान पुल हो
पुरानो र नयॉको पुल
पुल नभई पारी पुगिदैन तर पुलमा खेती हुँदैन, उद्योग धन्दा, व्यापार  केही हुँदैन । पुलमा हुनेले उपभोग गर्न पाउदैन किनकि पुलमा केही उत्पादन गर्न सकिदैन ।
त्यस्तै वर्तमान पुस्ता संक्रमणकालीन दुःखी, त्यागी बलिदानी पुस्ता जो अँध्यारोमा बाँचेर भविष्यको बिहानी भित्राउने पिँढी हो ।
संक्रमणकाल
वर्तमान
जसलाई भूतकालले निर्मतासाथ कुल्चेर किचिमिची कच्याककुचुक  पारेर गइसकेको छ । भूतको कुल्चाइको पीडा नसकिदै भविष्य अझ निर्दयतासाथ कुल्चन तयार छ । वर्तमान युवाहरू पुरानोको पीडा भोगिरहेका छन् । भविष्यको मीठो स्वादबाट विमुख उनीहरू भविष्यले मागेको दुःख, त्याग, बलिदान र थिचाइमिचाइ बेहोरीरहेका छन् (जसलाई उनीहरू पन्साउन असमर्थ छन् ।)
वर्तमान सधैं सधैं
विगतले चेप्टिएको, थिचिएको, मिचिएको,किचिएको हुन्छ 
विगतले कोरेको घाउ सहदै दुःख भोगिरहेको हुन्छ
भविष्यले मागेको त्याग, तपस्या र बलिदानको भारले किचिएको हुन्छ
वर्तमान सधैं सधैं यस्तै हुँदो रहेछ ।

पुरानोको घाउ सहने तर नयॉको रूप देख्न नपाउने
पुंरानोको लात सहने तर नयॉको धाप नपाउने
अभागी पुस्ता वर्तमान सधैं  सधैं यस्तै हुँदो रहेछ ।

विचरा वर्तमान !
विचरा वर्तमान पिँढीका युवाहरू  !!
विचरा उडान  मनको  !!!
........
“आफैँले लेखेको लेख रचना पनि प्रकाशित भइसकेपछि आफ्नो  हुँदैन । सार्वजनिक सम्पत्ति सरह हुन्छ । यो लेखमा थुप्रै त्रुटीहरू हुन गएका रहेछन तर  सच्चाउन सक्तिनँ  । पाठकहरूले सच्चाएर बुझुन् ..” दीपेश मनमनै सोच्छ ।









अध्याय—पॉच
विघटन , बिसौनी र क्रमिकता जीवनको






घाम उदाएपछि  बेलुकी डुब्छ नै । दिन सकिन्छ, रात आउँछ । रात सकिन्छ, दिन आउँछ । समय अविरल निरन्तर बितिरहेको हुन्छ । दिन–रात, रात–दिन, हिउँद–वर्ष, जाडो–गर्मी.... बाल— युवा— वृद्ध ! जन्म— जीवन— मृत्यु !
थाहै नपाई मिलिक्क बित्छ जीवन !
लाग्न सक्छ— जीवन ठूलो कुरो हो । जीवनमा के के नै होला ? अचम्भ अचम्भका, नयॉ  नयॉ , ठूला ठूला, त्याग बलिदान, प्रेम उत्सर्ग, माया पिरती, विछोड मिलन, प्राप्ति पुरस्कार, सङ्घर्ष सङ्ग्राम, उपलब्धि उन्नतिआदिका चमत्कारपूर्ण युग युगसम्म संस्मरणयोग्य घटना दुर्घटनाहरू अनौठो ढङ्गले जीवनमा घट्छन् । जीवन भोगाइ अनौठो, उत्तेजक र रोमाञ्चक हुन्छ । तर अधिकांश मान्छेहरूको जीवनमा खास त्यस्तो आश्चर्यजनक, चमत्कारपूर्ण नौलो घटनाहरू केही घट्दैन । सामान्य घटना, सामान्य परिवेश, सामान्य किसिमले अथवा पिता पुर्खाहरूले भोगेको–बेहोरेको मामुली जीवन समस्या ‘के खाऊँ , के लाऊँ , कसरी छोराछोरी हुर्काऊँ ?’मै जीवन स्वात्तै बित्दा  जीवनको उत्तरार्ध वा अन्तिम काल खण्डमा असह्य पीडाबोध हुन्छ । उपन्यास पढ्ने थालनी गर्दा के के नै होला भनेर दुःख गरी पढ्यो, पढिसक्दा त्यस्तो केही नपाउँदा पाठक निराश भएझैँ  जीवनले पनि  निराश पार्दो रहेछ ।

 ‘केही गरौला , केही गरौला ! मनभरि चित्त बुझ्दो उडान भरौला  !’ भन्दाभन्दै युवा उमेर बितेर जान्छ । मन अमिलो–नमीठो भएर आउँछ  तापनि युवा काललाई बिदाइ गर्नैपर्ने हुन्छ । ‘बिदाइ युवा काल ! बिदाइ युवा मनको उडान तिमीलाई ! बिदाइ ! बिदाइ !!”— स्वाभिमान भाव विव्हल हुन्छ ।
प्रौढावस्था मनमोहक भएर आएको छ । प्रौढले खेल्ने भूमिका युवाको भन्दा फरक  छ तर त्यो भूमिका पनि मान्छेकै हो । अझ बढी अनुभव बटुलेर परिपक्व भूमिका निर्वाह गर्न ऊ आफूलाई तयार पार्छ  । दिपेश, कलाकमलावती, सिम्मारानी र हाङ्गमा पनि तयार भएका छन् ।
हेरौँ , कसरी प्रौढावस्थाको भूमिका निर्वाह गर्छन् ?
क्षणिक–क्षणभङ्गुर–छोटो भएकैले जीवन दुरुह कष्टकर बोध हुन्छ । जीवन सकिँदैछ, तुरिन लागेको छ भन्ने आभाष प्रौढावस्थामा जब हुन थाल्छ— पीडाबोध हुन थाल्छ, आफैँप्रति करुणाभाव स्वतः जागृत हुन्छ । त्यसबाट उन्मुक्त हुन कल्पना चाहिन्छ । कल्पनामा जता पनि जसरी पनि मनको उडान भर्न सकिन्छ, स्वैर–कल्पनामा झन् बढि । त्यसैले कल्पना गर्न थालौँ , कल्पनामा जीवन....

विघटन घोषणा सभा

स्वाभिमान त्यो दलको अध्यक्ष भएपछि बारम्बार उसको मनमा लाग्न थालेको छ— मुलुकमा त्यो दलको आवश्यकता समाप्त भएको छ । त्यसको कुनै सकारात्मक भूमिका हुने छैन । तसर्थ त्यो दल विघटन गर्ने बेला आएको छ । विघटनको छलफल गर्न  उसले स्थायी समितिको बैठक बोलाउँछ ।  तीन पटक पनि गणपूरक संख्या पुग्दैन । केन्द्रीय समितिको बैठक पनि गणपूरक संख्या नपुगेर बस्न सक्तैन । ऊ अब एकल निर्णय गर्न अधिकार सम्पन्न छ ।  ‘त्यो दल विघटन गर्ने निर्णयमा असहमति भए तीन महिनाभित्र लिखित असहमति जनाउने’ परिपत्र जिल्ला समितिहरूलाई पठाउँछ । कुनैले जवाफ दिएनन् ।
ऊ ‘अब तीन महिनापछि त्यो दल विधिवत विघटन हुने भएकोले त्यो दलसित लेनदेन कारोवार हुने सबैले हिसाब फस्र्यौट गरिसक्नु पर्ने’ सार्वजनिक सूचना  पत्रपत्रिकामार्फत गर्छ । विधिवत विघटन महाधिवेशन प्रतिनिधि पठाउन जिल्ला समितिहरूलाई परिपत्र गर्छ । फेरि पनि कुनै जवाफ आउँदैन । विघटन धोषणा महाधिवेशनमा कोही प्रतिनिधि नभएपनि  आम मान्छे र पत्रकारहरूको उपस्थितिले सभा ठूलै देखिन्छ । सभाको सभापति, उद्घोषक र वक्ता ऊ आफैँ एक्लै हुन्छ । ऊ दल विघटनको घोषणा यसरी गर्छ— “यो दल एउटा महŒवपूर्ण ऐतिहासिक दल थियो तर बेइमान र भ्रष्ट थियो । यसले निर्वाह गर्ने दायित्व वहन गरिसकेको छ अथवा जति बेइमानी र भ्रष्टाचार गर्न सक्थ्यो गरिसकेको छ । यो अब जनताको ऑखामा नाङ्गेझार भइसकेको छ । हिलोमा जन्मेको यो हिले बिरुवा हिलो सुक्नासाथ हिलोमै समाप्त भएको छ ।  मान्छेजस्तै दलहरू पनि जन्मन्छन्, मर्छन् । केही वर्ष अगाडि यो ठूलो दल थियो, यसका धेरैजना मन्त्री पनि भए । यसले देशवासीहरूको जीवनमा आमूल अग्रगामी परिवर्तन  ल्याउन सक्नु पथ्र्यो तर  संस्थागत भ्रष्टाचारको दलदलमा फसेर यो दल आज विघटनको अवस्थामा पुगेको छ । यो दलको औचित्य समाप्त भएको छ । यो दलको फोहोरी राजनैतिक नीति भएकैले यस दलको नेताहरूले अवैध फोहोर किसिमले करोडौँ  कमाए । मैले पनि करोडौँ  कमाएको छु । त्यो अवैध ढङ्गले कमाएको मेरो सम्पत्ति मेरो सारा दुःखको स्रोत बनेको छ । मेरो पत्नी र छोराछोरीहरू विलासी र विनोदी भएका छन् । परिवारमा अनुशासन छैन, माया–मोह, प्रेम, सदभाव वा परिवारमा चाहिने कुनै पारिवारीक अवयवहरू मौजुद छ्रैनन् । असल संस्कृति र आचरणविहीन मेरो परिवार नरक–कुण्ड समान भएको छ । यस्तो हुनाको कारण अवैध प्रकारले कमाएको धन हो भन्ने मेरो निष्कर्ष छ । त्यो धन मसँग भएसम्म म सन्तोषले मर्न पनि सक्तिनँ  । तसर्थ त्यो अवैध ढङ्गले कमाएको मेरो सारा सम्पत्ति ‘मानव संसार’ मा रहेको वृद्धाश्रम, बालआश्रम र वृद्धअस्पताललाई  दान दिन्छु साथै म पनि यो दल विघटन गरेर फोहोरी राजनीतिबाट सधैंका लागि सन्यास लिनेछु । अझै पनि यो दललाई जीवित राख्नु भनेको पाखण्ड, बेइमानी, भ्रष्टाचार, धोकाधडी, षड्यन्त्र, विश्वासघात र प्रतिगमनलाई स्वीकृती दिनु हुन्छ । आउ“दो पि“ढीको राजनीति ठीक असल होस्, ठीक असल राजनीतिको प्रारम्भ होस् भन्ना खातिर र बेइमान दललाई जनताले बहिस्कार गरेर विघटनको अवस्थामा पनि पु¥याउ“छन् भन्ने सन्देश दिन अहिलेदेखि नै यो दल विघटन भएको घोषणा गर्छु ।”
 सभा तालीले गुन्जाएमान हुन्छ र नारा घन्कन्छ— ‘पाखण्डमुक्त स्वच्छ  पवित्र राजनीति— जिन्दावाद ! जिन्दावाद !!’
‘ठीक असल राजनीति— जिन्दावाद ! जिन्दावाद !!’
....विश्व इतिहासकै अपूर्व घटना ! पार्टीको अध्यक्षले आफ्नो  पार्टी विघटन घोषणा गरेको अनौठो घटना यो मुलुकमा घटेको छ ।


अन्तिम बिसौनीमा वृद्धहरू

लहरै गोलो घेरामा वृद्धहरू बसेका छन् । वृद्धहरू एक एकजना बसेर नै पालैपालो आफ्नो आफ्नो  संस्मरण संक्षेपमा सुनाउँदै जान्छन्, यसरी......
.... म आलोक, कतिपयले मलाई चिन्न पनि सक्नु भएन होला । कारण म दीर्घरोगी भएकोले निकै वृद्ध देखिन्छु । वृद्ध देखिनु अब गौरवको कुरा हो, होइन बॉचिरहनु चाहिँ  गौरवको कुरा हो । धेरथोर यो जगत् देख्न पाइयो, देखियो, भोगियो ।  म निष्कर्षमा पुगेको छु  जति नै भोगे पनि चाहेजस्तो र रोजेजस्तो नहुँदा–नपाउँदा हाम्रो भोगाइ अधुरो हुन्छ, अपूरो हुन्छ । पूर्णताको अभावमा जीवन अन्ततोगत्वा करुणामय हुन्छ । करुणामै जीविन तुरिएर जान्छ ।
.... म सहदेव, मेरो पनि आफ्नो  थुप्रै प्रतिबद्धता, गन्तव्य र योजनाहरू थिए । जीवन यात्रामा लड्दै, उठदै, मर्दै, जन्मदै, कॉचुली फेर्दै म अहिले मान्छेको प्रतिरूपजस्तो मात्र भएको छु । मान्छे कस्तो हुन्छ ? यस्तो नै हुन्छ भन्न नसके पनि म मान्छे हुने प्रयत्नमा मान्छेको आकृतिको मान्छेको प्रतिरूपजस्तो मात्र भएको छु .... मान्छेको प्रतिरूप मान्छे होइन तर मान्छे भएकैले मान्छेको प्रतिरूप तयार हुन्छ ।
....म पुष्पलता, म हुन सकिनँ  । तर मेरो कुनै गुनासो छैन किनकि कोही पनि कोही हुन सकेका छैनन् र हुन पनि सक्तैनन् । मानव चोलाको यो सत्य हो । सत्य व्याख्या गरिरहनु पर्दैन ।
म महबुल,  हराएँ  सांसारिक समुद्रमा । पौडेर पार तरौलाँ  भन्ने थियो तर आफैँभित्र हराएँ  । आफैँमा हराउनु तर नपाउनु आफैँलाई, यही खेलमा  आफैँलाई हराएर खोज्दाखोज्दै आफैँलाई केही भोगेँ  .... उपलब्धि मान्छु यसलाई ।
 .... म हाङ्गमा, बग्रेल्ती कॉडा माझ फुल्न चाहन्थे तर कॉडा भएर उम्रे । उम्रिन सक्नु पनि जीवनको प्रस्फुटन हो । त्यो अनुभव पाएँ  । म अमर भएँ  आफ्ना  लागि । म झ्याङ्गिन पुगेँ  आफ्ना  ऑखामा कॉडा नै भएपनि ...जुन मेरा लागि, यो जुनीका लागि पर्याप्त छ ।
 म कलाकमलावती, समाजले निर्माण गरेको पापको शृङ्खलाको एउटा कडी म भएँ  । त्यो पापको निरन्तर क्रमिकतामा सरिक पार्दै जाँदा आफूलाई एउटा निर्जन टापुमा अवतरित भएको पाएँ  । जहॉबाट फर्कनै सकिनँ  । त्यही नै मेरो अन्तरआत्माको प्राणान्त भयो ...सायद मेरो पनि ।
म सिम्मारानी, एउटा घाम पाउन पाउन लागेको बेला घामलाई राहुले निल्यो, चारैतिर अँन्धकार छायो । अँन्धकारमा म जुनकिरी भएँ  आफैँ  मक्ख परेँ । चम्किरहेकी छु तर चम्किरहेकी छैन । अँन्धकारमा कालो निर्लिप्त भएझैँ  तुरिइरहेकी थिएँ  । अँन्धकारमा कालो र अरू रङ्गहरू नदेखिनुमा म थिएँ । अदृश्य म, अदृश्य भई विलीन–लीन छु कालोमा ... ब्लाक होलमा ।
...म स्वाभिमान, म जहॉ  जे थियो, त्यही भएँ । म छुट्टै केही भइनँ  । हुन सकिनँ  र भएको केहीलाई नष्ट गर्ने कोसिस गरिरहेँ  तर फेरि म त्यसैमा समाहित हुन पुगेँ  । सबैभन्दा तुच्छ वस्तुलाई अनमोल सम्झेर त्यसैको पछाडि लागेर युवाकाल गुजारेँ  । म हुन सकिनँ , हुन नसकेकोमा भएकोलाई नष्ट गर्न तम्सिएँ  । असफल भए“ तर फेरि भ्रमित भएँ  कतै म थिइनँ कि !?
...म दीपेश, भाव समेटिदैन । रङ्ग देखिदैन । सङ्गीत सुनिँदैन । गीत गाइदैँन । नसमेटिएको भाव, नदेखिएको रङ्ग, नसुनिएको सङ्गीत र नगाइएको गीत मेरो जीवन थियो । तापनि म आफ्नै पुकार अन्तरमनको अनवरत अनुयायी भई रहेँ , भई रहेँ  । त्यसैले नसमेटिएको  भाव समेट्ने, नसुनिएको सङ्गीत सुन्ने, नगाइएको गीत गाउने र नदेखिएको रङ्ग देख्ने धुनमा म एउटा अदृश्य मौन धुनमा रूपान्तरित भएँ ।
म नायुमा, पल्पसा, हसिना, मधुरिमा, डोल्मा, पारुहाङ्ग अथवा अनुपस्थितहरूको प्रतिनिधि आवाज हुँ ....
अनन्त यात्राका यात्री हामीहरू
आउनै पथ्र्यो र हामी आयौँ  !
यात्रा क्रममा अनेक बेअर्थहरूका अर्थ खोज्दै
खायौँ , पियौँ , निधायौँ .....फुस्सा
मृत्यु आउनेछ, हामी जानेछौँ  .... फुस्सा
सब फासफुस, फासफुस....फुस्सा
अन्तिम बिसौनीमा भेला भएका हामीहरू...
फेरि पनि फासफुस, फासफुस.... फुस्सा !!
फुस्सा... फुस्सा  !  फोस्सा अभिव्यक्ति, स्मरण, अनुभव र रमाइलो वनभोजपछिको अन्तिम बिसौनीमा जमघट–भेला भएका हामीहरू.... फासफुस, फासफुस.... फुस्सा ! फुस्सा !!


अमर निर्वाण

केही वर्षपछिं.....
दीपेशले नेतृत्व गरेको दलमा युवाहरू समेटिन्छन् । असल मानिसहरू त्यो दलको झण्डामुनि गोलबद्ध हुन्छन् । ठीक असल राजनीतिको थालनी हुन्छ । पुराना भ्रष्ट दलहरू समाप्त हुने अवस्थामा पुगेका छन् । चुनावमा प्रचण्ड बहुमत ल्याएर त्यो दलले सरकार बनाउछ । जनताको अपेक्षा अनुसार राम्रा कामहरू हुन थालेका छन् । अब फोहोरी राजनीति समाप्त भएको छ र राजनीति कञ्चन, स्वच्छ, पवित्र र मुलुक निर्माण गर्ने जनप्रिय सशक्त साधन–माध्यम बनेको छ । मुलुक सुन्दर, शान्त, समुन्नत, समृद्ध र सफल भएको छ । समृद्धिसँ गै चारैतिर सदभाव, विश्वास, उत्साह, उमङ्ग र शान्ति छाएको छ । जीवन सहज भएको छ । दीपेशलाई सरकारको नेतृत्व गर्न युवाहरू आग्रह गरिरहेका हुन्छन् । तर ऊ मुलुक र सरकार युवाहरूलाई सुम्पेर कैलाशतर्फ लाग्छ । मन बुझाउ“न वा मनको शान्ति प्राप्त गर्न एकान्तवासमा जान्छ ।
 धेरै वर्षपछि....
दीपेशलाई खोज्न, भेट्न कलाकमलावती केही नलिई फगत आफ्नो  काया मात्र लिएर बढिरहन्छिन् । तिनी हावालाई सोध्छिन्—“मेरो प्रिय दीपेश कहॉ  छन् ?”
“त्यहॉ , त्यहॉ  छन् ।” सिर्सिर् बतास भएर कानमा सुस्तरी हावा भन्छ ।
निकै बेर अगाडि हिँडेर थकित कलाकमलावती रूखलाई सोध्छिन्— “मेरो प्रिय दीपेश कहॉ  छन् ?”
“त्यहॉ , त्यहॉ  छन् ।” रूख पातहरूस“ग सुसेल्दै भन्छ ।
अगाडि हिँड्दा हिँड्दा थकित कलाकमलावती धरतीलाई सोध्छिन्— “मेरो प्रिय दीपेश कहॉ  छन् ?”
“त्यहॉ , त्यहॉ  छन् ।” धरती अलिअलि कम्पायमान भएर जवाफ दिन्छिन् ।
तिनी हिँडिरहन्छिन्, हिँडिरहन्छिन् । जति नै थाके पनि हिडिरहन्छिन् ..‘चरैवेति–चरैवेति !’
अरफियसजस्तै दीपेश तिनैले दिएको बासुरीमा अनौठो धुन बजाइरहेको हुन्छ । त्यस्तो धुन न आजसम्म कसैले बजाएका थिए न भविष्यमा पनि कसैले बजाउनेछन् । त्यो सुन्दा  न रुन नै सकिन्छ न हॉस्न नै । धुनको तरङ्गसँगै मनले उडान भर्छ न हर्षको न विस्मातको । न त उडान आकाशतर्फ हुन्छ न पातालतर्फ... उडान मनको  कता कता कहॉ  कहॉ  ...कस्तो कस्तो अद्भुत उडान मनको ... ।
अन्त नहुने जीवन नभएझैँ  यात्रा पनि अन्तहीन हुन सक्तैन । अन्तिम बिसौनीमा पुगेकी कलाकमलावती दीपेशलाई भेटेर गद गद् हुन्छिन् । कलाकमलावती दीपेशको अङ्गालोमा ऑखा चिम्लिदै स्वर्गिय आनन्दमा डुब्छिन् । दीपेशको पनि  आँखा चिम हुदै जान्छ । दुवै अमर निर्वाणमा लीन हुन्छन्..... मोक्ष, मुक्ति, उत्कर्षको चरम बिन्दुभन्दा पर....पारि पुग्छन् । त्यहॉ  केही छैन, केही हुँदैन । दीपेशद्वारा कलाकमलावतीको सम्झनामा  लेखिएको कविता, बॉसुरी र डॉडाकॉडा चुचुराहरूमा ठोक्किएर प्रतिध्वनित भइरहेको बॉसुरीको धुन मात्र त्यहॉ  छोडिएको हुन्छ ।


विस्मृत संस्मरण

सिम्मारानी लेख्छिन्, लेखिरहन्छिन् । लेखिरहन्छिन्— संस्मरण, जीवनका आरोह, अवरोह, अनेकन घुम्ती र मोडहरूमा पाएको–भोगेको मनका तरङ्गहरू, अप्राप्य पे्रमको कल्पनातीत आनन्द, मिलन, वेदना र नलेखिएका कविताहरू ! सिम्मारानी आज दशकौँदेखि लेखिरहेकी आफ्नो संस्मरणको अन्तिम लेखोट लेख्न तल्लिन छिन् । आज तिनी सबै लेखेर सक्छिन् रे । लेखिरहेकी छिन्, लेखिरहेकी छिन्.... लेख्तालेख्तै कलम हातबाट खस्छ, लेखनी समाप्त हुन्छ । संस्मरण पूरा हुन्छ । सिम्मारानी उन्मुक्त, स्वतन्त्र र भावविहीन हुन्छिन् । स्वतन्त्र उन्मुक्त उडान भर्न थाल्छिन्..... अधुरो, अपूरो मनको उडान !
....न त उडान आकाशतर्फ हुन्छ न पातालतर्फ... उडान मनको  कता कता कहॉ  कहॉ  ...कस्तो कस्तो अद्भुत उडान मनको ... ।
मनको उडानमा.....
सम्देन चखेवा भएर आउँछ ।
सिम्मारानी — चखेवी !
जोडी चखेवा र चखेवीको  उडान !
सिम्मारानीको मनको उडान !.... उडान...उडान मनको !!


क्रमिकता जीवनको : जुलुस नवयुवाहरूका

सहरभरि चारैतिर युद्धकालको सम्झना दिलाउने गरी लाठीधारी पुलिस र सशस्त्र सेनाहरू अत्यधिक मात्रामा तैनाथ गरिएको छ । त्यो वातावरणले पक्कै डरलाग्दो त्रासदीपूर्ण झडप हुनेछ भन्ने संकेत दिइरहेको छ । मानिसहरूको मनमा त्रास, भय र डर भएता पनि व्यापक उत्सुकता, जिज्ञासा, उत्साह र समर्थन छ युवा जुलुसप्रति । स्वाभिमान पनि सहरमा निस्केको युवाहरूको जुलुस हेर्न सडकको किनारामा उभिन्छ । छक्क पर्छ ऊ । मक्ख पर्दै हेरिरहन्छ जुलुसमा सामेल युवाहरूको भीडलाई ।
यति धेरै युवाहरू !
यति धेरै युवाहरू जुलुसमा कसरी सहभागी भइरहेका छन् ? कुन विचारले प्रेरित गरीरहेको होला ? यिनीहरूको उद्देश्य के होला ? अनुशासित पङ्क्तिबद्ध युवाहरू नारा लगाइरहेका छन् ....
युवा समुद्रको जुलुस अजिङ्गरझैँ  अनवरत बढिरहेछ, बढिरहेछ । शिर पुच्छर केही देखिँदैन ।
सायद यो जुलुसको मध्य भाग होला । मादल, सारङ्गी, टुङ्गना, ढोलक , ढोल, झ्याम्टा, यलम्बर बाजा, बासुरीआदि अनेकौ  बाजागाजाको तालमा ताली बजाउदै, गाउँदै र नाच्दै अगाडि बढिरहेका हँसिला, उज्याला र जोसिला युवाहरूको  भव्य, आकर्षक र प्रभावकारी जुलुस... युवाहरू गाइरहेका छन् युग बदल्ने युगको गीत.....
दायित्ववोध गरेर युवाहरू सिंह गर्जनाजस्तो गीतकै लयमा नारा सोधिरहेका हुन्छन् र जवाफ पनि नारा नै दिइरहेका हुन्छन् ...छन्द नमिलेका नाराहरूलाई पनि लय हालेर लयवद्ध कर्णप्रिय पार्दै गाइरहेका छन् ....

हो कि होइन ? — हो, हो, हो !
हो कि होइन ? — हो, हो, हो !
होइन भन्ने को ? होइन भन्ने को ?
हो कि होइन ? — हो, हो, हो !
सुरिलो मीठो गीत गाइरहेका छन् जुलुसका सहभागी युवाहरू...

ल्याउनैपर्छ, ल्याउनैपर्छ .....नयॉ  बिहान , नयॉ  युग !
ल्याउनैपर्छ, ल्याउनैपर्छ.....सुन्दर, शान्त,  समृद्ध र सफल
.....नयॉ  बिहान , नयॉ  युग !
हो कि होइन ? — हो, हो, हो !
हो कि होइन ? — हो, हो, हो !

मानवताको गीत गाउँने हामी युवाहरू
बढ्छौँ  बढ्छौँ  अब ल्याउँछौँ ... ल्याउँछौँ ...
ल्याउछौँ , ल्याउछौँ ... शान्ति, सदभाव  र समृद्धिका  युगहरू !
विश्व बन्धुत्वको गीत गाउने
 शान्ति, सदभाव  र समृद्धिको  युग ल्याउने
हामी युवाहरू — !
हो कि होइन ? — हो, हो, हो !
होइन भन्ने को ? 
हो कि होइन ? — हो, हो, हो !
स्वाभिमान पनि एक्कासि चिच्याउँछ (थाहै नपाई) स्वरमा स्वर मिलाएर ...."हो, हो, हो " ! उसलाई आफ्नो  यो अनौठो हर्कतप्रति शरम लागेर वरिपरि उभिएका अरू रमितेहरूलाई हेर्छ । तर उनीहरू पनि ताली बजाउदै लयबद्ध कराउन थालेका हुन्छन्— “हो, हो, हो  !”
हो कि होइन ? — हो, हो, हो !
जुलुसमा दीपेश, हाङ्गमा, जयेन्द्र, नायुमा, पल्पसाआदि उसका समकालीन दौतेरीहरूका छोराछोरीहरूसित उसकै छोराछोरी पनि  हिँडिरहेका छन् । त्यो देखेर आफ्नो  जीवनमा पोतिएको कालो अँध्यारो अकस्मात मेटिएको भान उसलाई हुन्छ । भावी उज्यालो युगको कल्पनाले उसको अनुहारमा प्रसन्नता आउछ । शरीरमा स्फुर्ति आउँछ । अचानक आफ्नो  युवाकाल आफ्ना  छोराछोरीको रूपमा अवतरित भएझैँ  उसलाई लाग्छ । हृदयमा प्रसन्नता, असीम आनन्द र तृप्ति महसुस हुन थाल्दा आनन्दातिरेक उसको ऑखाबाट थाहै नपाई हर्षाश्रु  बहन्छ ।
आफ्नो  जीवन व्यर्थै गयो भन्ने सोचाइले पिरोलिएको ऊ  सन्तोषको दिर्घ निःश्वास छोडछ । उसको पिँढीले आफ्नो  दायित्व पूरा गरेको रहेछ र भावी पिँढीलाई स्वर्णिम युगको सपना हस्तान्तरण गरेको छ । जीवन अगाडि बढिरहेकै छ ....
युवा जुलुस जारी छ ...
.... अग्रगमनको निरन्तर क्रमिकता जारी छ !
.... उज्यालो जीवनको निरन्तर क्रमिकता पनि जारी छ ... !!

र,
जारी छ ...
जारी छ उडान मनको पनि ....







२०६६।७।१०,  धरान